सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढीनगरपालिका ७निवासी ७५ बर्र्षीय जेष्ठ नागरिक जमुना घोरासैनीले आफ्नो ७५ औ जन्म दिनको विशेष अवसरमा ज्ञान मन्दीर नमुना माध्यमिक लयमा अक्षयकोषका लागी नगद सहयोग गर्नू भएको छ । उँहाले विद्यालयमै गएर अक्षय कोष खोलिदिनु भन्दै रू २०००००।– (अक्षरेपी रू दुई लाख) प्रधानध्यापकलाइ दिनुभएको हो ।२००५सालमा जन्मनु भएकी घोरासौनी ले २०१७सालमा मेघनाथ घोरासैनी सँग बिबाह गर्नु भएको थियो । बिवाह भएको १६बर्ष पछी २०३१सालमा उँहाको श्रीमानको निधन भएको थियो । उँहाले एकल परिबारकारुपमा काम गरेर पनी यसरी सहयोग गर्नु भएकोमा बिद्यालय परिबारले उँहा प्रती आभार समेत ब्यक्त गरेको छ। बिद्यालयका प्र. अ. पुन्य प्रसाद गजुरेलले व्यक्तिगत तर्फवाट सबैभन्दा ठुलो सहयोग गर्नुहुने मनकारी, पवित्र मनको धनी जमुना घोरासैनी भएको आफुलाइ लागेको बताउँदै उँहाप्रती बिशेष धन्यबाद दिन चाहान्छु भन्नु भयो । उँहाले विद्यालयप्रतिको अगाध विश्वास र शिक्षाबाट बन्चित हुने बालबालिकालाई बर्षेनी छात्रवृत्ति उपलब्ध गराउन जुन अविश्वसनीय कार्यको थालनी गर्नुभएको छ ,जसको विद्यालयले सदैव सम्झने छ। यो सहयोगको वास्तविक सदुपयोग हुनेछ भन्दै यहाँको यस पुण्य कर्मप्रति विशेष आभार प्रकट गर्दै जन्मदिनको शुभकामना सहित बाँकी जीवनको थप उन्नति र प्रगतिको कामना गर्दछौ भन्नु भयो ।
