सम्पर्क

ब्रेकिङ न्युज २

धुलिखेल–खावा सडकः कामले गति नलिएपछि ठेक्का तोडिँदै

ब्रेकिङ न्युज २, समाचार
काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा सडकखण्ड विस्तारको काम सुस्त भएको छ । चार किलोमिटर उक्त सडकखण्ड विस्तारकार्य सम्झौताको करिब दुई महिना बाँकी रहँदा सरकारले निर्माण कम्पनीसँगको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवा प्रालिबीच २२ महिनामा यस सडकखण्ड विस्तार एवं स्तरोन्नतिको काम सक्ने गरी २०७९ जेठ २० गते सम्झौता भएको थियो । कार्यालयले सोमबार सूचना जारी गर्दै उक्त सडकखण्डमा कम्पनीले सम्झौताअनुसार काम नगरेर अलपत्र पारेपछि ठेक्का तोड्न लागिएको जनाएको छ । सूचनामा ठेक्का नतोड्नुपर्ने कुनै पनि कारण भए सात दिनभित्र स्पष्टीकरण पेस गर्न कार्यालयले निर्माण कम्पनीलाई समय दिएको छ । पटक–पटक लिखित तथा मौखिक ताकेता गर्दा पनि निर्माणको काम बीचमा छाडेर कम्पनी सम्पर्कविहीन भएकोसमेत सूचनामा उल्लेख गरिएको छ । कम्पनील...

५ दिने व्यवसायिक किवि खेती तालिम सम्पन्न

#, ब्रेकिङ न्युज २, समाचार
 सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिकाको कृषि शाखाद्वारा आयोजना गरेको व्यवसायिक किवि खेती तालिम सम्पन्न भएको छ । गाउँपालिका भित्रका कृषि पेशामा आवद्ध स्थानीयहरुलाई माघ १९ शुक्रबारदेखी दिइएको व्यवसायिक किवि खेती तालिम मंगलबार सकिएको हो । तालिम समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष राजु लामाको प्रमुख आतिथ्यता, विशेष अतिथि गाउँपालिका उपाध्यक्ष मिठुदेवी लामा, प्रमुख प्रशासकीय अधिकृत दिल कृष्ण श्रेष्ठ, ४ नं. वडा अध्यक्ष भक्तलाल शाक्य र ५ दिने किवि खेति तालिममा प्रशिक्षकको रुपमा रहनु हुने वागवानी अधिकृत गुणराज पौडेल तथा कृषि शाखा प्रमुख सन्तोष नेपाललगायतको उपस्थिति रहेको थियो । पाँच दिने व्यवसायिक तालिमले किवि खेती गर्नमा सहयोग गर्ने गाउँपालिका अध्यक्ष राजु लामाले बताउनुभयो । तालिममा सहभागी हुनु भएका कृषकहरुलाई प्रमाणपत्र तथा किवि छाटकाटको लागी आवश्यक सामाग्रीहरु समेत वितरण गरेको थियो ।...

सोनाम ल्होसारको अवसरमा लिसंखुपाखरमा तीन दिन बिदा

ब्रेकिङ न्युज २, समाचार
तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होछारको अवसरमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघ १५ गते सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले २८६०औँं (डुक ल्हो) सोनाम ल्होछारको अवसरमा गाउँपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत दिल कृष्ण श्रेष्ठले जानकारी दिनुभयो । सांस्कृति र पहिचानलाई विशेष रुपमा मनाउन माघ २६ गतेबाट २८ गतेसम्म बिदा दिएको गाउँपालिकाका अध्यक्ष राजु लामाले बताउनुभयो । उहाँका अनुसार पालिकाभरका सबै सरकारी कार्यालय, बैंक, वित्तीय संस्था, सार्वजनिक निकायलाई तीन दिन बिदा दिएको छ । तामाङ समुदायले पुरानो वर्षलाई विदाई गरेर नयाँ वर्षको स्वागत गर्दै ल्होछार पर्व मनाउने गर्दछन् ।  ...

निर्माणाधीन बाह्रबिसे सबस्टेसन अन्तिम चरणमा

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा निर्माणाधीन उच्च क्षमताको सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । दुई महिनाभित्र पूरा गर्ने लक्ष्यसहित २२०÷१३२ केभी क्षमताको सबस्टेसन निर्माण सक्ने गरी काम अघि बढाइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सबस्टेसनमा राखिने २२०÷१३२ केभी, १६० एमभीए र १३२÷११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मरहरु जडान भइसकेका छन् । ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सबस्टेसनका उपकरणहरु जडान अन्तिम चरणमा छ । नियन्त्रण कक्षमा रहने सम्पूर्ण उपकरणहरु निर्माणस्थलमा आपूर्ति भइसकेका छन् । “उपकरणहरुको जडान धमाधम भइरहेको छ । २२०÷१३२ केभी सबस्टेसन निर्माणको समग्र प्रगति करिब ९५ प्रतिशत छ । बाह्रबिसेमै चार सय केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ”, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भन्नुभयो । विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे ज...

राप्रपा निकट युवा संगठन देशको वैकल्पिक शक्ति हो ः लिङ्देन

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेपाल सरकार पूर्व उपप्रधानमन्त्री एवं उर्जामन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टी निकट युवा संगठन नै देशको वैकल्पिक शक्ति भएको बताउनुभएको छ । शनिबार राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन सिन्धुपाल्चोक जिल्ला अधिवेशनको उद्धघाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै देशको नेतृत्व गर्ने असल नेतृत्व नहुँदा देश र जनताले दुःख पाएको बताउनुभयो । उहाँले राष्ट्रबादी शक्ति राप्रपा भएकाले अवको युवाहरुले राप्रपाको नेतृत्वलाई विश्वास गर्न आग्रह समेत गर्नुभयो । उहाँले स्थानीय चुनावमा आफ्ना पार्टीका जनप्रतिनिधिहरुलाई भ्रष्ट्राचार गर्नु आमाको रगत खानु सरह हो भनि कसम खुवाउन एजेण्डा बोकेर अघि बढ्नुभएको थियो । कार्यक्रममा केन्द्रिय सदस्य दईन्द्र बहादुर ठकुरीले पाटी भित्र कुनै बिबाद नभएको पाटीमा लागेर बिभिन्न समयमा असन...

चौतारा बहुमुखी क्याम्पसलाई क्युएए प्राप्त

ब्रेकिङ न्युज २, समाचार
विपना तामाङ गोले सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका–५ चौतारा सदरमुकाम स्थित रहेको चौतारा बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको छ । विश्वविद्यालय अनुदान आयोग गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रक्रियामा सहभागी भई सबै चरण पार गरी शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को सिफारिसअनुसार क्याम्पसलाई क्युएए प्राप्त भएको क्याम्पस प्रमुख नगेन्द्र प्रसाद दंगालले बताउनुभयो । लामो समयको अथक प्रयासपछि क्याम्पसले क्युएए प्राप्त गर्न सफल भएको हो । यो सफलता सानो मिहेनेतले प्राप्त नभएको, सिङ्गोे क्याम्पस परिवारको कठोर मिहेनत र परिश्रमको परिणाम भएको क्याम्पस प्रमुख दंगालले बताउनुभयो । गरे के हुँदैन, मिहिनेत गर्ने हो भने जस्तो सुकै चट्टान फोरेर भएपनि सफलताको शिखरमा पुग्न समय लाग्दैन । चौतारा बहुमुखी क्याम्पसलाई पनि यस्तै सफलता मिलेको...

जुम्लामा हिमपात, किसान खुसी

ब्रेकिङ न्युज २, समाचार
जुम्लामा आज बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो । सदरमुका खलङ्गामसहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ । ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएको जिल्लाको तिला गाउँपालिमा–१ का स्थानीय बासिन्दा पार्वती बुढाले जानकारी दिनुभयो  । यसवर्षको हिउँदेयामको पहिलो हिमपात हो । अहिले हिमपात भइरहेको छ । माघको महिना लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने हो कि भन्ने किसान चिन्तामा थिए । जौ र गहुँबाली लगाएका किसान भने यो हिउँले निकै राहत भएको कृषि विकास कार्यालयले जनाएको छ । स्याउ र ओखरका बिरुवा रोप्ने याम आएकाले हिउँले सहज हुने कृषि उद्यमी गोपाल रोकायाको भनाइ छ । जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएसँगै हवाई सेवा अवरुद्ध भएको छ । रासस...

पूर्वप्रधानमन्त्री केपी ओलीद्वारा पाँचपोखरीको प्रशासकीय भवन उद्घाटन

ब्रेकिङ न्युज २, समाचार
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाँउपालिकाको नवनिर्मित प्रशासनिक भवनको उदघाटन गर्नुभएको छ । गाउँपालिकाको वडा नं. ६ थाङ्पालधापमा निर्माण गरिएको भवनको उहाँले बुधबार उदघाटन गर्नुभएको हो । भवन उद्घाटन गर्नुहुदैँ पूर्व प्रधानमन्त्री ओलीले पाँचपोखरीले भवन निर्माण सम्पन्न गरेकोमा बधाई ज्ञापन गर्दै नयाँ प्रशासनिक भवनबाट काम सुरु भएपछि पालिकावासीलाई प्रदान गरिने सेवा प्रभावकारी र सेवाग्राहीमैत्री हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले पाँचपोखरीका अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्न सबैलाई आग्रह गर्नुभयो । यहाँका स्थानीय उत्पादनले बजार पाए यहाँका स्थानीयको आय आर्जनमा सहयोग पुग्ने बताउनुभयो । उहाँले उत्पादनलाई बढाउन पालिका बासिलाई आग्रह गर्नुभयो । उहाँले मेलम्ची हुँदै –पाँचपोखरी भोताङ पुग्ने बाटो कालोपत्र गर्न प्रधानमन्त्रीको ध्य...

अन्नपूर्ण पदमार्गमा घट्दै पर्यटक

ब्रेकिङ न्युज २, समाचार
लमजुङ विश्व पर्यटन बजारका महत्वपूर्ण मानिएकामध्ये एक अन्नपूर्ण पदमार्गमा यतिबेला पर्यटक घटेका छन् । दैनिक तीन सयभन्दा बढी पर्यटकको आगमन भइरहने यस पदमार्गमा यतिबेला मुस्किलले दैनिक दुई चार जनाका दरले विदेशी पर्यटक आउने गरेको धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रले जनाएको छ । यतिबेला चिसो बढ्न थालेसँगै पर्यटक ह्वातै घटेको केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङले बताउनुभयो । गर्मीयाम सुरु नभएसम्म यसरी पर्यटक घट्दै जाने र पर्यटन व्यवसायीहरुको आम्दानीसमेत नहुने उहाँको भनाइ थियो । ३५ हजारभन्दा बढी पर्यटन व्यवसायी यस पदमार्गमा छन् । यीमध्ये अधिकांश व्यवसायीको आम्दानीको मुख्य स्रोत पर्यटन क्षेत्र रहेको छ । अत्यधिक चिसोले पर्यटक आगमनमा कमी हुँदा पदमार्गमा आउने पर्यटकलाई लक्ष्य गरेर पदमार्ग आसपासमा दर्जनौँ होटल व्यवसाय सञ्चालन गरेका व्यवसायी यतिबेला मर...

आज शहीद दिवस मनाइँदै

ब्रेकिङ न्युज २, समाचार
देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्नुभएका शहीदप्रति सम्मान गर्दै आज देशभर शहीद दिवस मनाइँदै छ । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी मनाउने गरिएको छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन इतिहासका विभिन्न काल खण्डमा निरङ्कुश र तानाशाही शासन व्यवस्थाविरुद्ध भएका क्रान्ति तथा लोकतान्त्रिक जनआन्दोलनमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गानाहरूप्रति सम्झना गर्दै यो दिवस मनाइँदै आइएको छ । वीर शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा शहीद दिवस मनाइएको हो । निरङ्कुश जहानियाँ राणा शासनविरुद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर शहीदको स्मरणम...