सम्पर्क

ब्रेकिङ न्युज २

भोटसिपामा प्रथम ऐतिहासिक बुढिचौर नयाँ बर्ष मेला सम्पन्न

ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं ९ र १० को सिमानामा पर्ने बुढिचौरमा पहिलो पटक ऐतिहासिक बुढिचौर नयाँ बर्ष मेला २०८०÷०८१ सम्पन्न भएको छ । “दिगो बिकास र पर्यटन प्रवर्द्वनका लागि उत्सवको बेला, ऐतिहासिक प्रथम बुढिचौर नयाँ बर्ष मेला“ भन्ने मुल नारा सहित कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो । चैत्र ३० गते देखि बैशाख १ गते सम्म २ दिने प्रथम ऐतिहासिक बुढिचौर नयाँ बर्ष मेला गरिएको आयोजकले जनाएको छ । मेलाको चैत्र ३० गते गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले उद्वाटन गर्नुभएको थियो । कार्यक्रमको उद्वाटन गर्दै अध्यक्ष नेपालले बुढीचौर लाई पर्यटकिय क्षेत्रको रूपमा बिकास गरिने बताउनुभयो । कार्यक्रममा इन्द्रावती ९ का अध्यक्ष बाबुराम लामा र १० का अध्यक्ष रामचन्द्र घिमिरेले बुढीचौरको ऐतिहाँसिक महत्वको बारेमा जानकारी गराउनुभएको थियो । यस ठाउँको व्यापार ब्यबसायको प्रवद्र्वन गर्नु पनि कार्...

वर्षान्त २०८०ः विद्यालय शिक्षा विधेयकले तताएको वर्ष

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार
काठमाडौँ, ३० चैतः संसदीय इतिहासमै सम्भवतः सबैभन्दा बढी संशोधन परेको ‘विद्यालय शिक्षा विधेयक, २०८०’ ले यो वर्ष संसद्बाहिर पनि निकै चर्चा पायो । विधेयक संसदीय समितिमा छलफलमै रहेकाले यसको चर्चा र चासो नयाँ वर्षमा पनि कायमै रहने देखिएको छ । नेपालको संविधान जारीपछि हरेकजसो सरकारका शिक्षामन्त्रीको पहल र प्रतिबद्धता भए पनि हालसम्म संसद्मा पुग्न नसकेको सो विधेयकमाथि अनेक कोणबाट बहस चलिरहेकै छन् तर विधेयक संसद्मा पुग्नुलाई नै एक उपलब्धि मानिएको छ । आमचासोको विषय बनेको सो विधेयक हाल प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति विचारधीन छ । सो विधेयकमा एक सय ६३ धारा रहेकामा एक सय ५२ सांसदले एक हजार सात सय ८५ संशोधन प्रस्ताव दर्ता गरेका छन् । एक सय ६३ दफा रहेको सो विधेयकमाथि समितिका संशोधनकर्ता सांसदसँग छलफल हुन थालेको छ । विद्यालय शिक्षासम्बन्धी कानुनलाई एकीकरण र संशोधनका लागि तत्कालीन शि...

टोलटोल बस्तीबस्तीमा नगरका कार्यक्रमहरु पुगोस् ः उपप्रमुख थापा

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
प्रमिला बि.क/ चौतारा चौतारा साँगाचोकगढी नगरपालिकाभित्रका टोलटोल बस्तीबस्तीमा आर्थिक बृद्धि हुने सिपमुलक कार्यक्रमहरु पु¥याउने उदेश्य राखेको नगरको उपप्रमुख सिता थापाले बताउनुभयो । उहाँले शुक्रबार ६५ दिने गलैँचा बुनाई तथा वातावरा मैत्री झोल सिलाइ तालिम समापत तथा झोला बितरण कार्यक्रम र नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रममा यस्तो बताउनुभएको हो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएको थापाले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै, उहाँले पछिल्लो समयमा तल्लो वडा वडामा, टोलटोलमा, बस्ती बस्तीमा प्रत्येक आर्थिक रुपमा पछि परेकाहरुको माझमा सिपमूलक कार्यक्रम समाबेशात्मक ढंगले व्यवस्थापन गर्न नसक्दा प्रभावकारी हुन नसकेको बताउदै अगामि दिनमा यस्ता कार्यक्रमहरु सबैको पहुँचमा सहजै संचालन गर्नको लागि आफुले नगरपालिकामा, नगरमहिला संजालसगँ, कार्यपालिकाको सदस्यहरुसँग धेरै पटक छल फल गरेको र कार्यन्वयको अवस्थाम...

बजार अनुगमनमा म्याद गुज्रिएका सामग्री फेला, १ व्यापारी परे जरिवानामा

बिजनेस, ब्रेकिङ न्युज २, समाचार
निर्मल बस्नेत/सुकुटे जिल्ला बजार अनुगमन समिति सिन्धुपाल्चोकले बिहिबार छड्के अनुगमन गरेको छ । बजार अनुगमनको क्रममा बजारको कारोवार स्थलमा बिक्रि गर्न राखिएको म्याद गुज्रिएका सामग्री फेला पारी जफत गरेको छ भने १ जना जरिवानामा परेका छन् । जरिवानामा पर्ने व्यापारीवाट अनुगमन टोलीले रु.५ हजार जरिवाना असुल गरेको छ । अनुगमन समितिका संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी जीत बहादुर भण्डारीको नेतृत्वमा उद्योग तथा वाणिज्य कार्यालय, उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय मातहत बलेफी चौकी,सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ, नेपाल पत्रकार महासंघ, नेपाल उपभोक्ता अधिकार मञ्च र नागरिक अधिकारकर्मीको संयुक्त टोलीको सहभागिता रहेको थियो । अनुगमन समितिले चौतारा सँगाचोकगढी नगरपालिका वडा नम्त्रर ९ को बलेफी बजार, भैँसे र सुकुटे र वडा नम्बर १० को सुकुटे वजार र सुनकोशी गाउँपालिकाको खाद्यन्न, हार्डवयर ,होटल तथा रिस...

चौतारामा २ दिने आत्मरक्षा तालिम सुरु

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
बागमती प्रदेश युवा परिषदको आर्थिक सहयोग र जिल्ला युवा समिति सिन्धुपाल्चोक आयोजनामा किशोरीहरुलाई २ दिने आत्मरक्षा तालिम चौतारामा सुरु भएको छ । तालिममा हिंसाका प्रकार, आत्मरक्षाको महत्व, आत्म जागरण र हिंसा न्यूनीकरण गर्न कानुनी प्रावधानलगायतका विषयमा सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिइनेछ । बिहिबार र शुक्रबार २ दिन हुने तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाको उप–प्रमुख सीता थापाले हरेक क्षेत्रमा हुने सबैखाले हिंसाको प्रतिकार प्रतिरक्षाको लागि मानसिक एव शारिरिक हिसाबले तयार रहनका लागि तालिम महत्वपूर्ण हुने बताउनुभयो । बागमती प्रदेश युवा स्वयंसेवक रुपक दुलालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाको उप–प्रमुख सीता थापा, अतिथि नगर महिला सञ्जालका सचिव तारादेवी राना, नगरकार्यपालिका सदस्य सानुमाया गुरुङ,  प्रशिक्षक सीता माया बुलुन र निर्...

वैशाख २ गतेदेखि भर्ना अभियान : सबै जिल्लामा पाठ्यपुस्तक पुर्याइयो

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार, साहित्य
काठमाडौँ, २९ चैत : नयाँ शैक्षिकसत्र सुरु हुनु तीन दिन अगावै जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लामा पाठ्यपुस्तक पु¥याएको छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले देशका विभिन्न भागमा रहेका नौ वटा बिक्री केन्द्रमा शैक्षिकसत्र–२०८१ का लागि सबै विषयका पुस्तक छापेर पु¥याइएको राससलाई बताउनुभयो । केन्द्रले प्रकाशन गरेको कार्यतालिकाअनुसार विराटनगर, जनकपुर, सानोठिमीस्थित केन्द्रीय कार्यालय, भरतपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट यही चैत १३ देखि २८ गतेसम्म पाठ्यपुस्तक बिक्री भएका छन् । केन्द्रले चालु शैक्षिकसत्रमा पनि समयमा नै किताब पु¥याएको थियो । प्रबन्ध सञ्चालक झाका अनुसार आउँदो शैक्षिकसत्रका लागि जिम्मेवारी दिइएको कक्षा ५ देखि १२ सम्मका एक करोड ७५ लाख थान किताब छापेर फागुनदेखि नै बिक्री सुरु गरेको थियो । केन्द्रले २४ सैँ घण्टा पुस्तक छापेको थियो । “हामीले भरमग्दुर प्रयास गर...

दोलालघाट महोत्सव ५ दिन सम्म चल्ने

जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार, स्वास्थ्य
प्राकृतिक ,सास्कृतिक, कृषि र ब्यापार दोलालघाट पर्यटन बिकासको आधार भन्ने मुल नाराका साथ २९ गते देखी दोलालघाट महोत्सव चौथो संचालन हुन लागेको छ । हाम्रा दोलालघाट स्थित व्यवस्थापक एकराज श्रेष्ठले जाकारी दिनु भयो । उँहाका अनुसार दुलालेश्वर बातावरणिय तथा समाज सेवा क्लव, दोलालघाट उधोग बाणिज्य संघ ,समृद्ध दोलालघाट टोल बिकास समिती र बन्देउ दोलालघाट टोल बिकास समितीको संयुक्त आयोजनामा दोलालघाट महोत्सव ४ संचालन हुन लागेको हो छ÷ २०८०÷चैत्र २९ बाट २०८१÷बैशाख÷३ गते सम्म सञ्चालन हुने महोत्सवको उदघाटन सास्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रि हित मान तामाङ्ग बाट हुने भएकबो छ ।कार्यक्रममा पुर्व मन्त्रि गोकुल बास्कोटा,पुर्वमन्त्रि सुर्यमान दोङ,पुर्व मन्त्रि कंचन बादे रुकु चौलागइ,प्रदेश मन्त्रि तिर्थ लामा पुर्व प्रदेश मन्त्रि रत्न ढकाल , मिना तामाङ को बिशेष उपस्थिती हुने भएको छ।बिविध सास्कृतिक कार्यक्रम,सुनको...

श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा ७ लाख ६१ हजार रमक संकलन

ब्रेकिङ न्युज २, समाचार
सुनकोशी गाँउपालिका वडा नं. ५ बर्थान स्थित रहेको बर्दानेश्वर महादेव मन्दिरमा बर्दानेश्वर महादेव मन्दिर संरक्षण समितिद्वारा मन्दिरको भौतिक संरचना निर्माणार्थ लगाईएको श्रीमत भागवत सप्ताह ज्ञान महायज्ञ धार्मिक महोत्सव २०८० मा ७ लाख ६१ हजार रूपैयाँ संकलन भएको छ । बर्दानेश्वर महादेव मन्दिर भौतिक संरचना निर्माणार्थ नेपालका प्रखर युवा बाचक पण्डित रामचन्द्र तिमल्सिना र १०८ भागवतका अभियान कर्ता हरिचन्द्र तिमल्सिनाको मुखारविन्दबाट साथै राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुबाट देवलीला झाकीको साथमा गत चैत्र १७ गते देखि चैत्र २५ गतेसम्म आयोजना भएको श्रीमद भागवत सप्ताह ज्ञन महायज्ञ धार्मिक महोत्सवमा सुनकोशीका ७ वटै वडा सिन्धुपाल्चोक काभ्रेपलान्चोक, दोलखा, रामेछाप ,काठमाडौं भक्तपुर, ललितपुर, नुवाकोट,गोरखा, धादिङ लगाएतका जिल्लाहरूदेखि भक्त जनहरूको बाक्लो उपस्थिति रहेको उक्त यज्ञ धार्मिक महोत्सवमा देश तथ...

सुनको मूल्य प्रतितोला रु एक सयले बढ्यो

ब्रेकिङ न्युज २, समाचार
स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज सामान्य रुपमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु एक सयले बढेको छ । सोमबार प्रतितोला रु एक लाख ३६ हजार दुई सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने रु एक लाख ३६ हजार तीन सय निर्धारण भएको छ । त्यस्तै, तेजावी सुन सोमबार प्रतितोला रु एक लाख ३५ हजार पाँच सय ५० मा कारोबार भएकोमा महासङ्घले आजका लागि भने रु एक लाख ३५ हजार छ सय ५० निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्यमा भने कुने परिवर्तन भएको छैन । महासङ्घले आज चाँदीको मूल्य तोलामा रु एक हजार सय ८५ निर्धारण भएको जनाएको छ । रासस...

डढेलोका कारण डोल्पामा ४ सेना घाइते बलेफीका लामा पक्राउ

ब्रेकिङ न्युज २, समाचार
डोल्पाको ठुलिभेरि नगरपालिका–४ मा पर्ने मष्टा भवानी सामुदायिक वनमा आइतबार दिउँसो सल्किएर निभाइ सकेको आगो सोमबार पुनः लागेपछि आगो निभाउने क्रममा देवीदत्त गण भदालेका चार सैनिक जवान घाइते भएका छन् । घाइते हुनेमा ३० वर्षीया प्युठ विजय कोइराला, ३८ वर्षीय जमदार केशरबहादुर मगर, २८ वर्षीय जवान हेमन्त रावत र २३ वर्षीय जवान आशिष बुढा रहेको संग्राम सार्दुल गुल्म सुलिगार्डका सेनानी अशोककुमार कार्कीले जानकारी दिनुभयो । यसैबिच सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले वनमा डडेलो लगाउदै गरेको अबस्थामा स्थानीय प्रशासनको सहयोगमा एक जना ब्यक्तीलाई आइताबार प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सेलताप सामुदायिक वनमा आगो लगाउदै गरेको अवस्थामा २६ वर्षिय मिलन लामालाई पक्राउ गरेको हो । प्रमुख जिल्ला अधिकारी झक्क प्रसाद आचार्यले वन डढेलो नियन्त्रणमात्र होइन जानी जानी वन डढेलो लगाउँनेलाई पनि खोजी गरि सप्रमाण सहित कार्वाह...