सम्पर्क

टोलटोल बस्तीबस्तीमा नगरका कार्यक्रमहरु पुगोस् ः उपप्रमुख थापा

प्रमिला बि.क/ चौतारा
चौतारा साँगाचोकगढी नगरपालिकाभित्रका टोलटोल बस्तीबस्तीमा आर्थिक बृद्धि हुने सिपमुलक कार्यक्रमहरु पु¥याउने उदेश्य राखेको नगरको उपप्रमुख सिता थापाले बताउनुभयो । उहाँले शुक्रबार ६५ दिने गलैँचा बुनाई तथा वातावरा मैत्री झोल सिलाइ तालिम समापत तथा झोला बितरण कार्यक्रम र नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रममा यस्तो बताउनुभएको हो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएको थापाले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै, उहाँले पछिल्लो समयमा तल्लो वडा वडामा, टोलटोलमा, बस्ती बस्तीमा प्रत्येक आर्थिक रुपमा पछि परेकाहरुको माझमा सिपमूलक कार्यक्रम समाबेशात्मक ढंगले व्यवस्थापन गर्न नसक्दा प्रभावकारी हुन नसकेको बताउदै अगामि दिनमा यस्ता कार्यक्रमहरु सबैको पहुँचमा सहजै संचालन गर्नको लागि आफुले नगरपालिकामा, नगरमहिला संजालसगँ, कार्यपालिकाको सदस्यहरुसँग धेरै पटक छल फल गरेको र कार्यन्वयको अवस्थामा पुगेको बताउनुभयो । वडा स्तरीय महिला संजाल चौतारा साँगाचोकगढी नगरपालिका– ५ र उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकको संयुक्त आयोजनामा भएको उक्त ६५ दिने गलैँचा बुनाई तालिम २० जनाले लिएका थिए भने चौतारा नगरलाई प्लाष्टिक झोला मुक्त नगर बनाउने उदेश्यले संचालन गरिएको झोला सिलाई तालिम १० जनाले लिएका थिए ।
उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख बिश्वनाथ काफलेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमामा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष शिव श्रेष्ठको बिशेष आतिथ्यता रहेको थियो ।