प्राकृतिक ,सास्कृतिक, कृषि र ब्यापार दोलालघाट पर्यटन बिकासको आधार भन्ने मुल नाराका साथ २९ गते देखी दोलालघाट महोत्सव चौथो संचालन हुन लागेको छ । हाम्रा दोलालघाट स्थित व्यवस्थापक एकराज श्रेष्ठले जाकारी दिनु भयो ।
उँहाका अनुसार दुलालेश्वर बातावरणिय तथा समाज सेवा क्लव, दोलालघाट उधोग बाणिज्य संघ ,समृद्ध दोलालघाट टोल बिकास समिती र बन्देउ दोलालघाट टोल बिकास समितीको संयुक्त आयोजनामा दोलालघाट महोत्सव ४ संचालन हुन लागेको हो छ÷ २०८०÷चैत्र २९ बाट २०८१÷बैशाख÷३ गते सम्म सञ्चालन हुने महोत्सवको उदघाटन सास्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रि हित मान तामाङ्ग बाट हुने भएकबो छ ।कार्यक्रममा पुर्व मन्त्रि गोकुल बास्कोटा,पुर्वमन्त्रि सुर्यमान दोङ,पुर्व मन्त्रि कंचन बादे रुकु चौलागइ,प्रदेश मन्त्रि तिर्थ लामा पुर्व प्रदेश मन्त्रि रत्न ढकाल , मिना तामाङ को बिशेष उपस्थिती हुने भएको छ।बिविध सास्कृतिक कार्यक्रम,सुनकोशी तथा इन्द्रावति नदिका लोक माछा तथा ढुंगे सेकुवाका परिकार, काठे ढुंगा तथा र्याफ्टिङ बोट,,टिकटक जोन,बिच भलिवल, बाल उधान रमाइलो मेला,स्थानिय परिकार सहितको चमेना गृह स्वास्थ सिविर भुम्लु गाउ पालिका भरिका धार्मिक तथा पर्यटकिय स्थलको प्रचार प्रसार,३० गते नया बर्षको बिदाइ कार्यक्रम तथा नया बर्ष २०८१ मा ख्याती प्राप्त कलाकारहरुको बिशेष प्रस्तृति हुने कार्यक्रमका संयोजक अस्ट बहादुर श्रेष्ठले जानकारी गराउनु भयो।बिगतका महोतसवको अनुभव भएको कारण आफु भन्दा अग्रज मान्यजन ब्यक्तिहरु हुदा हुदै पनि आयोजकको रुपमा रहेका संस्थाहरु मध्यबाट प्रमुख जिम्मा सुम्पिएकोले सो कार्यक्रमलाइ सम्पन्न गर्न क्लवका अध्यक्ष अहोरात्र खटिनु भएको छ।
२५ सदस्यिय मुल समारोह समिती रहेको समिती मा सह संयोजक बाणिज्य संघका अध्यक्ष सुरेश कु कक्षपति, सचिव समृद्ध दोलालघाट टोल बिकास समितीका अध्यक्ष धनध्वज तामाङ र कोषाध्यक्षमा बन्देउ दोलालघाट टोल बिकास समितीका अध्यक्ष राजन श्रेष्ठ हुनु हुन्छ। ५ दिन सम्म संचालन हुने सो महोत्सवको समापन कार्यक्रम २०८१÷बैशाख ÷३ गते प्रदेश का श्रम तथा यातायात मन्त्रि लक्षमण लमसाल बाट हुने भएको छ।
