सम्पर्क

भोटसिपामा प्रथम ऐतिहासिक बुढिचौर नयाँ बर्ष मेला सम्पन्न

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं ९ र १० को सिमानामा पर्ने बुढिचौरमा पहिलो पटक ऐतिहासिक बुढिचौर नयाँ बर्ष मेला २०८०÷०८१ सम्पन्न भएको छ ।
“दिगो बिकास र पर्यटन प्रवर्द्वनका लागि उत्सवको बेला, ऐतिहासिक प्रथम बुढिचौर नयाँ बर्ष मेला“ भन्ने मुल नारा सहित कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो ।
चैत्र ३० गते देखि बैशाख १ गते सम्म २ दिने प्रथम ऐतिहासिक बुढिचौर नयाँ बर्ष मेला गरिएको आयोजकले जनाएको छ । मेलाको चैत्र ३० गते गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले उद्वाटन गर्नुभएको थियो । कार्यक्रमको उद्वाटन गर्दै अध्यक्ष नेपालले बुढीचौर लाई पर्यटकिय क्षेत्रको रूपमा बिकास गरिने बताउनुभयो ।
कार्यक्रममा इन्द्रावती ९ का अध्यक्ष बाबुराम लामा र १० का अध्यक्ष रामचन्द्र घिमिरेले बुढीचौरको ऐतिहाँसिक महत्वको बारेमा जानकारी गराउनुभएको थियो । यस ठाउँको व्यापार ब्यबसायको प्रवद्र्वन गर्नु पनि कार्यक्रमको उद्वेश्य रहेको इन्द्रावती १० का निवर्तमान वडा अध्यक्ष जिवन कुमार थापामगरले जानकारी दिनुभयो । यस्तो कार्यक्रम गर्दा स्थानिय उत्पादन बिक्रि हुनुका साथै स्थानियलाई आर्थिक लाभ हुने थापामगरले विश्वास व्यक्त गर्नुभयो । बुढीचौरलाई पर्यटकको आकर्षकको केन्द्र बनाउन यस्ता कार्यक्रमले योगदान दिने उहाँले बताउनुभयो । पर्यटनलाई सार्थक बनाउन निजि जग्गामा प्लटिङ भइरहेको छ । अनुमानित २५० रोपनी जमिन प्लटिङ गरेर एकीकृत बस्ती बनाउने योजना रहेको थापामगरको भनाई छ । पर्यटन बिकासको लागि होटल, रिसोर्टहरूको बिकास गर्ने, खेलकुदको बिकास समेत गर्ने उहाँले बताउनुभयो ।
मेलामा सांस्कृतिक कार्यक्रम गरिएको थियो । सो कार्यक्रममा व्यापार प्रवद्र्वन गर्नको लागी, ९ वटा स्टल राखिएको थियो । ४ वटा ठुला रहेको थियो भने अन्य साना स्टल थिए । यस्तो कार्यक्रमले जनप्रतिनिधिलाई पनि झम्झकाएको थापामगरले बताउनुभयो । ‘यश ठाउँलाई शून्य बजेट थियो र आगामी बर्ष स्थानिय तहले बजेट छुटाएर कार्यक्रम गर्ने विश्वास लिएको छु’, उहाँले भन्नुभयो ।
बुढिचौरमा किराँती राजा आएर बसेको ईतिहास छ । रानी ओडार भएको हिसावले पनि यस ठाउँ ऐतिहाँसिक छ । बनभोज स्थल मात्र नभई खुल्ला सँग्रहालयको रूपमा यस क्षेत्रलाई बिकास गर्न आफु लागीपरेको पुर्व वडा अध्यक्ष थापामगरको भनाई छ । ‘ऐतिहासिक कुराहरूलाई प्राथमिकता दिनेछौँ । देवताको नाम सुनिएकाले धार्मीक पर्यटन गर्ने होकी भनेर लागीपरेका छौँ’, उहाँले भन्नुभयो ।
ऐतिहाँसिक महत्व बोकेको क्षेत्रलाई सरकारले प्रथमिकता दिएर पर्यटकिय क्षेत्र बनाउन र यसको संरक्षण गर्न सहयोग गर्नुपर्ने इन्द्रावती १० का स्थानिय मदन कुमार भट्टराईले बताउनुभयो । यस ठाउँमा ऐतिहाँसिक रानी पोखरी रहेको उहाँले बताउनुभयो । किराँत बस्ती भएको बेला यश क्षेत्रमा रानीले नुहाउने गरेको बताइएको छ । रानी पोखरीको सम्झनामा यस स्थानमा अर्काे पोखरी बनाउन लागिएको छ । यश क्षेत्रमा खानेपानीको निकै नै अभाव थियो । जापनिज बिकास साजेदार संस्था (JAFS) मार्फत खानेपानी लगायत अन्य पर्यटकिय पुर्वाधारको लागि काम भएको थियो थियो । गत बर्ष झ्याँडी खोला देखि लिफ्ट मार्फत खानेपानी उपलब्ध गराएको थियो । हाल बुढिचौरमा खानेपानी, सडक र बिजुली बत्तीको ब्यबस्था भइसकेको छ । प्रदेशको करिब २ करोड ५० लाख लगानीमा भ्यु टेक, पार्क पिकनिक स्पट र सिँडि निर्माण भएको थियो । सो संरचना निर्माण पश्चात् यश क्षेत्रमा आन्तरिक पर्यटक बृद्वि भएको भट्टराईले जानकारी दिनुभयो । बुढिचौरलाई आवास क्षेत्र बनाउने तयारी भइरहेको छ । अब बुढिचौरमा बार्षिक रूपमा कार्यक्रम गर्ने उद्देश्य रहेको आयोजकले बताएको छ ।