सम्पर्क

ब्रेकिङ न्युज २

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन

ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
काठमाडौँ, ८ वैशाख :गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सार्वजनिक जग्गा फिर्ता ल्याउन शुक्रबार पुनः निर्देशन दिनुभएको हो । मुलुकी अपराध संहिता २०७४ को दफा १४७ र १४८ को व्यवस्था र स्थानीय प्रशासन ऐन २०२८ को दफा १० (क) को प्रबन्ध स्मरण गराउँदै सबै स्थानीय प्रशासनलाई हालसम्म भएका कामको विवरण मन्त्रालयमा पठाउन र अबदेखि दैनिक प्रगति प्रतिवेदन मन्त्रालयलसमक्ष प्रस्तुत गर्न उहाँले निर्देशन दिनुभएको छ । मन्त्रालयले जिल्ला प्रशासनलाई मुलुकी अपराध संहिता २०७४ को दफा १४७ र १४८ मा सरकारी तथा सार्वजनिक र सङ्घ संस्थाका नामको जग्गा कुनै किसिमले कब्जा, आवाद वा अतिक्रमण गर्न नहुने र अतिक्रमण वा कब्जा गरेमा त्यसो गर्नेलाई कानुनबमोजिम जरिवाना र सजाय हुने तथ...

नेपाल मेडिकल कलेजका विद्यार्थीलाई अभिमुखीकरण

ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौं नेपाल मेडि  कल कलेजले नयाँ शैक्षिक सत्रमा स्नातकोत्तर तहमा भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम गरेको छ । अभिमुखीकरण कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष डा. भोला रिजालले स्नातकोत्तर कार्यक्रममा भर्ना हुन आएका विद्यार्थीहरुलाई स्वागत गर्दै मेहनत गरेर अध्ययन गर्न सुझाउनुभयो । डा. रिजालले आफुले मेडिकल शिक्षा अध्ययन गर्दाको समयमा स्नातकोत्तर तह अध्ययन गर्न ४० वर्ष पुरा भएको हुनुपर्ने मान्यता अहिले हटेको बताए । ‘आज २८ वर्ष उमेरका विद्यार्थीहरु पोस्ट ग्राजुएट गर्न आएको देख्दा मलाई गर्व लागेको छ । हाम्रो पालामा ४० नकटी पोस्ट ग्राजुएट गर्न हुँदैन भन्ने मान्यता राखिन्थ्यो भने, अहिले आएर एमविविएस पास गरिसकेपछि जसले इन्र्टनशिप पुरा गर्छ त्यसलाई पोस्ट ग्राजुएट गर्न रोक्नुहुँदैन भन्ने लडाईमा हामी छौं ।’ नेपाल मेडिकल एशोसिएसन मातहतमा लडिरहेको लडाईले विद्यार्थीहरुलाई ठूलै उपलब्धी ...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति

ब्रेकिङ न्युज २, समाचार
चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख जनाले श्रम स्वीकृति लिएका छन् । चैतमा मात्रै ७० हजार नौ सय ३३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमा ६४ हजार दुई सय ४१ जना पुरुष र छ हजार छ सय ९२ महिला रहेको वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “श्रम स्वीकृति लिनेमध्ये १३ हजार तीन सय ७३ जना अदक्ष अर्थात सीप नभएका, ५१ हजार तीन सय २८ जना सीप भएका, पाँच हजार छ सय ८४ जना अर्धदक्ष, चार सय ८२ जना व्यवसायिक दक्षता र ६६ जना उच्च दक्ष भएका छन् ।” यसैगरी चालु आवको साउनमा ५५ हजार पाँच सय ७५, भदौमा ५० हजार आठ सय ८४, असोजमा ५६ हजार दुई सय ३५, कात्तिकमा ४३ हजार छ सय २२, मङ्सिरमा ७१ हजार दुई सय ७६, पुसमा ६५ हजार आठ सय १३, माघमा ६२ हजार एक सय ४७ र फागुनमा ६५ हजार छ सय ५८ जनाले श्रम ...

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछः मन्त्री भण्डारी

ब्रेकिङ न्युज २, समाचार
चितवन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका लागि सरकारले चाँडै नयाँ नीति ल्याउने बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ र कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ, चितवनले भरतपुर महानगरपालिका–१० मा आयोजना गरेको पाँच दिने औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेलाको उद्घाटन कार्यक्रममा उहाँले विभिन्न समयमा बन्द भएका र रुग्ण उद्योग सञ्चालन कसरी गर्न सकिन्छ भने मिहीन ढङ्गले छलफल गरी नीति ल्याइने बताउनुभयो । मन्त्री भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबाट प्रत्येक प्रदेशमा कम्तीमा पनि एउटा औद्योगिक क्षेत्र बिस्तारको कार्यक्रम ल्याइने जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “उद्योगी व्यवसायीले निराश हुनुपर्ने स्थिती आउन नदिन सरकार लागिपरेको छ, हामी अहिले देखिएको निराशालाई आशामा बदल्छौँ ।” अहिले सरकार मुख्यतः लगान...

चौतारामा सङ्गीत कक्षा सुरु

जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार
किशोर किशोरीहरुलाई सिर्जनशील तथा क्षमता अभिवृद्धिको लागि १५ (पन्ध्र) दिने सङ्गीत कक्षा सुरु गरेको छ । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ को आर्थिक सहयोग, ज्योती किशोर किशोरी समुह र प्रशंसा किशोर किशोरी समुहको समन्वय तथा आदिवासी जनजाति महिला उत्थान केन्द्र सिन्धुपाल्चोको आयोजनामा किशोर किशोरीहरुलाई सङ्गीत कक्षा सञ्चालन गरेको हो । सङ्गीत कक्षाले नेपाली गीतसङ्गीतको संरक्षण हुनुका साथै किशोर किशोरीहरुमा भएको अतिरिक्त क्षमता वृद्धिमा सहयोग पुग्ने आशा गरिएको प्रमुख अतिथि तथा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष शिव श्रेष्ठले बताउनुभयो ।   बिहिबार आदिवासी जनजाति महिला उत्थान केन्द्र सिन्धुपाल्चोको अध्यक्ष पानमायाँ तामाङको सभाध्यक्षमा भएको कार्यक्रममा वडा नं. ५ का सदस्य राम बहादुर घले, चौतारा नगरको कार्यपालिका सदस्य सानुमायाँ गुरुङ पत्रकार लगायतको उपस्थिती रहेको थि...

अर्थतन्त्रमा सुधार आउन थालेको छः मन्त्री भण्डारी

ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौँ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेकोे बताउनुभएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको ‘सस्टेनेवल अकाउन्टिङ प्राक्टिसेस’ विषयक तेस्रो राष्ट्रिय लेखाव्यवसायी सम्मेलनको उद्घाटन समारोहमा उहाँले अर्थतन्त्रका केही परिसूचक सुधारोन्मुख रहेको वर्तमान अवस्थामा व्यापार व्यवसाय तथा स्वदेशी उद्योग धन्दा विकासको माध्यमबाट अर्थतन्त्रलाई अझ चलायमान बनाउन आवश्यक देखिएको बताउनुभयो । मन्त्री भण्डारीले भन्नुभयो, “सक्षम अर्थतन्त्रको विकासका लागि उद्योगी व्यवसायीहरुको आत्मबल बढाउँदै नयाँ आर्थिक अवसरको सिर्जना गर्न आवश्यक देखिएको छ, यसले एकातिर अर्थतन्त्रमा सकारात्मक सन्देश प्रवाह गर्छ भने अर्कोतिर देशभित्रै रोजगारीका अवसर सिर्जना हुन्छ, यस कार्यमा लेखा व्यवसायी त्यसमा पनि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था...

२९औँ वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
नारायणगढ (चितवन), ६ वैशाख : चितवनमा जारीे २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत बुधबार रत्ननगरको सौराहस्थित बूढीराप्ती नदी क्षेत्र सरसफाइ गरिएको छ । बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा नदीको चित्रसारी पुलदेखि डुङ्गाघाटसम्म सरसफाइ गरिएको हो । नदी सफा गरेपछि बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जीतु तामाङले नदीमा मानवीय चाप घटाउनुपर्ने बताउनुभयो । वातावरण र प्रकृति संरक्षण हामी सबैको दायित्व हो भन्दै उहाँले नदी प्रदूषण रोक्न एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले संरक्षणका दृष्टिले महत्वपूर्ण मानिएको वन्यजन्तु सप्ताहमा सरोकारवालाको उल्लेख्य सहभागिता नहुनु दुःखद भएको बताउनुभयो । वर्ड एजुकेसन सोसाइटीका अध्यक्ष टीकाराम गिरीले निकुञ्ज आसपासका नदीमा मानव बस्ती वृद्धिका कारण जलचर सङ्कटमा परेका बताउनुभयो । स...

जुगलबाट काठमाण्डांै जाँदै गरेको ढुङ्गा सहित ट्रक नियन्त्रणमा

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिकाबाट काठमाण्डांै तर्फ जाँदै गरेका २० वटा ट्रकमा लोड गरिएको ढुङ्गा प्रहरिले नियन्त्रणमा लिएको छ । जुगल गाउँपालिकाबाट पटक पटक ढुङ्गा बिक्री गरिरहेको अबस्थामा यस पटक चेक जाँचको क्रममा आबश्यक कागजात नभएपछी प्रहरीले अनुसन्धानका लागि ढुङ्गा सहित गाडि नियन्त्रणनमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक राजकुमार श्रेष्ठले सवारी चेक जाँचका क्रममा ढुङ्गा खरिद बिक्रीको लागी खानी बिभागको इजाजत नदेखीएकोले नियन्त्रणमा लिएर खानि बिभागमा पठाउँन लागेको बताउँनु भयो । यता जगुल गाउँपालिकाका अध्यक्ष रेशम स्याङबोले अनुमति दिएको बताउँनु भयो । उहाँले प्रदेश कानुन अनुसार स्थानिय सरकार गाउँपालिकाले प्रती स्क्वायेर फुट रु ९ रुपैयाँ राजस्व १३% भ्याट काटेर पठाएको बताउँनु भयो । उहाँले स्थानीय सरकार सञ्चाल...

आज चैते दशै रामनवमी मनाइँदै

#, ब्रेकिङ न्युज २, समाचार
आज रामनवमी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गरिन्छ । हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । भक्तालुजनले नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर रामगीता पाठ गर्ने परम्परा रहेको छ । संस्कृतिविद् रामदयाल राकेशका अनुसार रामचन्द्र भगवान्को जन्मदिन भएकाले यो पर्व हिन्दू धर्मावलम्बीको लागि विशेष धार्मिक पर्व हो । “मिथिला क्षेत्रमा रामनवमीको अझै बढी महत्व छ”, उहाँले भन्नुभयो, “पूजापाठ गरेर, नदीमा स्नान गरेर पून्य आर्जन गर्ने चलन छ ।”...

डडुवाका कृषकलाई अनुदानमा मकैको बिउँ वितरण

कृषि, ब्रेकिङ न्युज २, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ ले आफ्ना वडाका नागरिकहरुलाई अनुदानमा मकैको बिउ बितरण गरेको छ । वडा कार्यालयले वडाभरीका कुषकहरुलाई प्रति पकेट ३०० का दरले अनुदान दिने गरी रु. दुई लाख रुपैयाँको व्यवस्था गरेको छ । बैशाख २ गते जनहित दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष बद्री प्रसाद नेपालले वडा अध्यक्ष उद्धब नेपालको प्रमुख अतिथ्यतामा बिउ बितरण गर्नुभएको हो । बिउ बितरणमा सहभागी कृषकहरुलाई सम्बोधन गर्दै वडा अध्यक्ष नेपालले वडामा रहेका कुनै पनी कृषकको जग्गा बाँझैं नरहोस् र स्थानीय स्तरमा उत्पादन हुने रैथाने वालिकाको उत्पादनमा बृद्धि होस र स्थानीय रोजगारलाई प्रोत्साहन होस भन्नका लागी बिउ वितरण गरेको संस्थाका अध्यक्ष नेपालले बताउनुभयो । उत्पादनमा आधारित तरकारीमा अनुदानको ब्यवस्था गरेको र आगामी दिनदेखी वडा कार्यलयले कृषकलाइ प्रोत्साहन हुने खालका काम गर्नका लागी सहयोग...