सम्पर्क

डडुवाका कृषकलाई अनुदानमा मकैको बिउँ वितरण

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ ले आफ्ना वडाका नागरिकहरुलाई अनुदानमा मकैको बिउ बितरण गरेको छ । वडा कार्यालयले वडाभरीका कुषकहरुलाई प्रति पकेट ३०० का दरले अनुदान दिने गरी रु. दुई लाख रुपैयाँको व्यवस्था गरेको छ । बैशाख २ गते जनहित दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष बद्री प्रसाद नेपालले वडा अध्यक्ष उद्धब नेपालको प्रमुख अतिथ्यतामा बिउ बितरण गर्नुभएको हो । बिउ बितरणमा सहभागी कृषकहरुलाई सम्बोधन गर्दै वडा अध्यक्ष नेपालले वडामा रहेका कुनै पनी कृषकको जग्गा बाँझैं नरहोस् र स्थानीय स्तरमा उत्पादन हुने रैथाने वालिकाको उत्पादनमा बृद्धि होस र स्थानीय रोजगारलाई प्रोत्साहन होस भन्नका लागी बिउ वितरण गरेको संस्थाका अध्यक्ष नेपालले बताउनुभयो ।

उत्पादनमा आधारित तरकारीमा अनुदानको ब्यवस्था गरेको र आगामी दिनदेखी वडा कार्यलयले कृषकलाइ प्रोत्साहन हुने खालका काम गर्नका लागी सहयोग गर्ने उहाँले बताउँनु भयो । वडा कार्यालयले मकैको बिउमा ३०० अनुदान दिएपछी रु. २१०० मा मकैको बिउ पाउँदा कृषकहरुलाई धेरै राहत मिलेको स्थानीय कृषक राम बहादुर खातीले बताउँनु भयो । उहाँले १ पोका मकैको बिउ लिनका लागि चौतारा तथा बनेपा जान पर्दा गाडी भाडा मात्र चार/पाँच सय भन्दा बढी खर्च हुन्छ खाना दिनभरीको समय खर्च हुन्छ यसरी समय पनी बचत पैसा पनी बचत हुँदा आफुलाई खुशी लागेको बताउँनुभयो ।यसैगरी वडा कार्यालय १४ ले स्थानीय कृषकहरुको राहातका लागी उत्पादनमा आधारित तरकारीमा अनुदानको व्यवस्था गरेको छ । यसका साथै तरकारी सङ्कलन केन्द्रको समेत निर्माण गरिरहेको छ । मगर गाउँ दलित बस्तीमा मात्र गत बर्षको बिनियोजित रक पाँच लाखबाट तरकारी संकलन केन्द्र बन्दै गरेको छ । सङ्कलन केन्द्र निर्माण उपभोक्ता समितीका अध्यक्ष लक्ष्मण नेपालीले यस ठाउँमा केन्द्रको आबश्यक रहेकाले निर्माण गर्न लागीयको र यस केन्द्रबाट ९५ घर धुरीले सेवा पाउँने बताउँनु भयो ।