सम्पर्क

जुगलबाट काठमाण्डांै जाँदै गरेको ढुङ्गा सहित ट्रक नियन्त्रणमा

सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिकाबाट काठमाण्डांै तर्फ जाँदै गरेका २० वटा ट्रकमा लोड गरिएको ढुङ्गा प्रहरिले नियन्त्रणमा लिएको छ ।
जुगल गाउँपालिकाबाट पटक पटक ढुङ्गा बिक्री गरिरहेको अबस्थामा यस पटक चेक जाँचको क्रममा आबश्यक कागजात नभएपछी प्रहरीले अनुसन्धानका लागि ढुङ्गा सहित गाडि नियन्त्रणनमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक राजकुमार श्रेष्ठले सवारी चेक जाँचका क्रममा ढुङ्गा खरिद बिक्रीको लागी खानी बिभागको इजाजत नदेखीएकोले नियन्त्रणमा लिएर खानि बिभागमा पठाउँन लागेको बताउँनु भयो । यता जगुल गाउँपालिकाका अध्यक्ष रेशम स्याङबोले अनुमति दिएको बताउँनु भयो । उहाँले प्रदेश कानुन अनुसार स्थानिय सरकार गाउँपालिकाले प्रती स्क्वायेर फुट रु ९ रुपैयाँ राजस्व १३% भ्याट काटेर पठाएको बताउँनु भयो ।
उहाँले स्थानीय सरकार सञ्चालन ऐन अनुसार कार्यपालिकाको बैठकबाट निर्णय गरेर बिगतदेखी गर्दै आएको कारोबारलाई आबश्यक कर लिएर अनुमती दिएको बताउँनुभयो ।