सम्पर्क

चौतारामा सङ्गीत कक्षा सुरु

किशोर किशोरीहरुलाई सिर्जनशील तथा क्षमता अभिवृद्धिको लागि १५ (पन्ध्र) दिने सङ्गीत कक्षा सुरु गरेको छ । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ को आर्थिक सहयोग, ज्योती किशोर किशोरी समुह र प्रशंसा किशोर किशोरी समुहको समन्वय तथा आदिवासी जनजाति महिला उत्थान केन्द्र सिन्धुपाल्चोको आयोजनामा किशोर किशोरीहरुलाई सङ्गीत कक्षा सञ्चालन गरेको हो । सङ्गीत कक्षाले नेपाली गीतसङ्गीतको संरक्षण हुनुका साथै किशोर किशोरीहरुमा भएको अतिरिक्त क्षमता वृद्धिमा सहयोग पुग्ने आशा गरिएको प्रमुख अतिथि तथा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष शिव श्रेष्ठले बताउनुभयो ।   बिहिबार आदिवासी जनजाति महिला उत्थान केन्द्र सिन्धुपाल्चोको अध्यक्ष पानमायाँ तामाङको सभाध्यक्षमा भएको कार्यक्रममा वडा नं. ५ का सदस्य राम बहादुर घले, चौतारा नगरको कार्यपालिका सदस्य सानुमायाँ गुरुङ पत्रकार लगायतको उपस्थिती रहेको थियो । सङ्गीत कक्षामा ३० जना किशोर किशोरीहरुको सहभागि रहेका छन् ।