सम्पर्क

रोल्वालिङ्ग यातायातको बस दुर्घटना ३ बेहोस, ५२ जना घाइते

सिन्धुपाल्चोक जिल्लाको तौथली धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जना गम्भीर बेहोस भएको र ५२ जना घाइते भएको समाचार प्राप्त भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक निरन्जन भट्राइका अनुसार दोलखाबाट सिन्धुपाल्चोक त्रिपुरासुन्दरी –४ पिस्करमा लगभग ५५ जनाजन्ती लिएर जादै गरेको बस तौथली धारावतीमा दुर्घटना हुँदा ३ जना बेहोस अबस्थामा रहेको र ५२ जना घाइते भएको जानकारी दिनुभयो ।
पिस्करको मुलाबारी भन्ने ठाउँमा जन्ती आएको बस बिहान ६ः४५ मा दुर्घटना भएको हो । घटनास्थलमा सुरक्षाकर्मी पुगी सकेको र अस्पताल लैजाने काम भइरहेको बताउँनु भयो । दुर्घटना हुने बस रोल्वालिङ्ग यातायातको बा.४ख ५६१६ नंम्बरको बस रहेको समेत भट्टराईले जानकारी दिनु भयो ।
थप बिबरण आउँन बाँकी रहेको छ । त्रिपुरासुन्दरी गाँउपालिका ४ का वडा अध्यक्ष टेक बहादुर गुभाजुले सुरक्षकर्मी, जलजले पिस्कर तौथलीका युवाहरु सहित स्थाानीयहरु एम्बुलेन्स सहित उद्धारमा लागी रहनु भएको हाम्रा प्रतिनिधी पृथ्बी जङ्ग पाण्डेले जानकारी दिनुभएको छ ।