सम्पर्क

समाचार

नेपाल पत्रकार महासङ्घद्वारा अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणका अवरोध हटाउन आग्रह

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, १२ भदौ : नेपाल पत्रकार महासङ्घले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारसमक्ष अनुरोध गरेको छ । महासङ्घका अध्यक्ष निर्मला शर्मा नेतृत्वको प्रतिनिधि मण्डलले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष ज्ञापनपत्र बुझाउँदै नवीकरणको काम तत्काल खुलाउन अनुरोध गरेको हो । महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा अवरूद्ध दर्ता, नवीकरण सुरू नभए महासङ्घ आन्दोलनमा उत्रने उल्लेख छ । ज्ञापनपत्र बुझ्दै मन्त्री गुरूङले अनलाइन सञ्चारमाध्यमलाई परेको असहजता अन्त्य गर्न सङ्क्रमणकालीन व्यवस्था गरिने र तत्काल नयाँ नियमावली पनि ल्याउने आश्वासन दिनुभयो । मन्त्रालयका सचिव राधिका अर्यालले सञ्चारमाध्यम दर्ता र नवीकरण सहज बनाउन पहल गरिने बताउनुभयो । छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ संशोधन गरी अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण स्थानीय प्रशासनमा...

टोलटोलमा वडाको सुबिधा दिदै १० नं वडा कार्यलय

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
नगरिककलाइ सेवा दिनका लागी चौतारा सॉंगाचोकगढी नगरपालिका वडा नं. १० को वडा कार्यलयले घरघरमा गएरसामाजिक सुरक्षा भत्ता बितरणका साथै परिचय पत्र नबीकरण गर्दे आइरहेकोमा अहीले वडा कार्यलयबाट हुने सबै काम टोलटोलमा गएर गरिदिन थालेको छ । १०÷२०,रुपैया बुझाउँन पनी २÷३शय खर्च गरेर दिनभरीको काम माँया मारेर वडा कार्यलयमा आइरहन पर्ने समस्याबाट मुक्त दिनका लागी यो अभियान चालेको वडा अध्यक्ष निल बहादुर तामाङ (सुमन)ले बताउँनुभयो ।  उँहाका अनुसार स्यान्डी बिज रिसोर्ट सुकुटेमा भएको वडा शिविर कार्यक्रममा सम्पन्न भइ सकेको छ । उक्त कार्यक्रममा स्थानीयहरुको सेवाको निमित्त स्यान्डी बिज रिसोर्ट सुकुटेमा व्यवसाय नवीकरण जग्गाको तिरो वडाबाट हुने सबै पञ्जीकरणको कामहरु पनि भएको थियो । उक्त दिन मात्र ४९ हजार ६ सय १२ रुपैया राजस्व सङ्कलन भएको थियो । र्भिारि कार्यक्रम अनुसार १३गते साठीमुरे १७गते कार्कीटार पिपलबोट,१९गते खत्र...

अण्डा उत्पादन घट्यो, मूल्य बढ्यो

ब्रेकिङ न्युज २, समाचार
चाडपर्व सुरु भएसँगै अण्डा खपत बढेको छ । उत्पादन घटेको र माग बढेपछि अण्डाको मूल्यसमेत बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन मूल्य बढेको जनाएको छ । विभिन्न फार्महरूको दररेटका आधारमा समर्थन मूल्य तय गरिएको हो । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार आगामी बिहीबारदेखि लागू हुने गरी ठूलो अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) रु ५४५ र मझौला अण्डाको रु ५३० कायम गरिएको छ । यससँगै खुद्रा बजार मूल्य प्रतिगोटा रु २३ कायम गरिएको छ । नेपालमा हाल अण्डाको औसत लागत मूल्य प्रतिगोटा १६.५६ रुपैयाँ रहेको छभने नयाँ मूल्यअनुसार किसानले ठूलो अण्डाको प्रतिगोटा १८.१६ रुपैयाँमा पाउने भएका छन् । लामो समयदेखि लागत मूल्यसमेत नपाएका किसानले राहत महसुस गरेका छन् । यसवर्ष साउन महिनामासमेत माग नघटेको र क्रमशः अण्डाको मूल्य बढ्दै जाने अध्यक्ष पोखरेलले बताउनुभयो । अहिले लागत मूल्य पाए पनि धेरै किसान विस्थापित भइ...

विद्युत् चुहिएर आगलागी, ५० बाख्रा मरे

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक, ११ भदौः चौतारा साँगाचोकगढी नगरपालिका–१ गुन्सास्थित एक पशुपन्छी फार्ममा करेन्ट सर्ट भई आगलागी हुँदा ५० वटा बाख्रा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी माधवराज खरेलका अनुसार विमला श्रेष्ठको नाममा दर्ता विधान विधि कृषि पशुपन्छी फार्ममा बिहान आगलागी भएको हो । घटनास्थलमा खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो । फार्ममा रहेका जम्मा ८५ वटा बाख्रामध्ये २९ वटा सकुशल रहेका छन्भने छवटा घाइते भएका छन् । आगो निभाउने क्रममा सोही स्थानका ४४ वर्षीय चुडामणि श्रेष्ठ घाइते हुनुभएको छ । उहाँको चौतारा अस्पतालमा उपचार भइरहेको छ ।...

इम्बोस्ड नम्बर प्लेट को जताततै बिरोध

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
रोमन लिपीको इम्बोस्ड नम्बर प्लेट बहिष्कार गर्न जाग नेपाली अभियान सँगै पुर्ब सुरक्षाकर्मी परिषद ,नेपाल यातायातब्यवसायी राष्ट्र्यि महासंघ,सार्वजिनिक यातायात ब्यवसायी महासघं,प्रेटोलियम पदार्थ ढुवानी व्यवसायीहरु लगाएतका यातायात सँग सम्बन्धीत सस्थाहरुले सबै सँग अनुरोध गरेको छ ।देवनागरी लिपीको नेपाली भाषालाई समाप्त पार्ने खेलअन्तर्गत सरकारले इम्बोस्ड नम्बर प्लेट जडानको लागि उर्दी जारी गरेको भन्दै जाग नेपाली अभियानले आपत्ति जनाएको छ । काठकमाण्डौमा पत्रकार सम्मेलन गर्दै जाग नेपालीका संयोजक डा.दिपेश केसीले देवनागरी लिपीलाई मेटाएर जात, जाति, भाषा भाषी समुदायलाई छिन्नभिन्न पार्ने र एकआपसमा लडाएर देशलाई रगतको आहालमा परिणत गर्ने खेल भइरहेको बताउँनु भयो । पत्रकार सम्मेलनमा केसीले ‘देवनागरी लिपी यो देशको एकताको प्रतीक हो । तराईको एउटा मधेशीले पनि यो लिपी बुझ्छ, पहाडको पहाडीले पनि यो लिपी बुझ्छ र हिमालको ...

नेपाली महावाणिज्यदूत निरौला र महानिर्देशक तिङबीच भेटवार्ता

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, विचार, समाचार
ल्हासा, २०८२ भदौ ११ ल्हासा स्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र चीनको सिचाङ स्वायत्त क्षेत्रका वैदेशिक मामिला कार्यालयका महानिर्देशक पाओ तिङबीच आज महावाणिज्यदूतावासमा भेटवार्ता सम्पन्न भयो ।महावाणिज्यदूत निरौलाले महावाणिज्यदूतावासमा महानिर्देशक तिङको स्वागत गर्दै महानिर्देशकको पहिलो पटक भएको महावाणिज्यदूतावास भ्रमणका लागि धन्यवाद ज्ञापन गर्नु भयो । उँहाले नेपाल चीनबीचको ऐतिहासिक संबन्ध बारे प्रकाश पार्दै चीन सरकारका तर्फबाट हालसम्म पु¥याएको साथ र सहयोगका लागि समेत धन्यवाद दिनु भयो । सो अवसरमा उँहाले यो वर्ष नेपाल र चीनबीच कुटनैतिक संबन्ध स्थापना भएको ७० औं वार्षिकोत्सव भएकाले विविध कार्यक्रमहरु आयोजना भइरहेका उल्लेख गर्दै पारस्पारिक सद्भाव, एकअर्काको सार्वभौमिकताको सम्मान र आन्तरिक मामिलामा अहस्तक्षेपमा आधारित भई दुबै देशबाट भइरहेका कार्यले संबन्धमा थप बल ...

गुन्सामा करेन्ट सर्ट भएर आगलागी हुँदा ५० बाख्रा मरे

ब्रेकिङ न्युज २, समाचार
चौतारा साँगाचोकगढी नगरपालिका–१ गुन्सास्थित एक पशुपन्छी फार्ममा करेन्ट सर्ट भई आगलागी हुँदा ५० वटा बाख्रा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी माधवराज खरेलका अनुसार विमला श्रेष्ठको नाममा दर्ता विधान विधि कृषि पशुपन्छी फार्ममा बिहान आगलागी भएको हो । घटनास्थलमा खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो । फार्ममा रहेका जम्मा ८५ वटा बाख्रामध्ये २९ वटा सकुशल रहेका छन्भने छवटा घाइते भएका छन् । आगो निभाउने क्रममा सोही स्थानका ४४ वर्षीय चुडामणि श्रेष्ठ घाइते हुनुभएको छ । उहाँको चौतारा अस्पतालमा उपचार भइरहेको छ ।...

भोटेकोशी नदीमा बोलेरो दुर्घटना, चालक र सहचालक बेपत्ता

ब्रेकिङ न्युज १, समाचार
भोटेकोशी गाउँपालिका–४, हिन्दी नजिक मंगलबार दिउँसो बोलेरो गाडी दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार तातोपानीबाट बाह्रबिसेतर्फ गइरहेको बा २१ च ७५४४ नम्बरको बोलेरो करिब ३ः३० बजे अरनिको राजमार्गबाट अनियन्त्रित भएर करिब २० मिटर तल भोटेकोशी नदीमा खसेको हो । सर्लाहीको बरहथवा नगरपालिका–२ का २३ वर्षीय चालक राजेश कुमार कुसहवाले चलाएको उक्त गाडीमा रौतहटको बौधिमाई नगरपालिका–१ का २५ वर्षीय राम प्रवेश महतो सहचालकका रूपमा सवार थिए । दुर्घटनापछि उद्धारका क्रममा नदीले एक पुरुषको शव बगाएको र हाल दुवैजनाको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनास्थलमा प्रहरी चौकी हिन्दीका प्रमुख प्रहरी सहायक निरीक्षक नवराज नेपालको कमाण्डमा खटिएको टोलीसँगै इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षक सुमेस पाण्डेको नेतृत्वमा अर्को टोली पनि उद्धार तथा खोजीकार्यमा संलग्न रहेको प्रहर...

आज हरितालिका तीज, महादेवको पूजा गरी मनाइँदै

ब्रेकिङ न्युज २, समाचार
हिन्दु नारीहरूको महान पर्व हरितालिका (तीज) पर्व आज उमा महेश्वरको पूजाराधना गरी मनाइँदैछ । हिन्दू पात्रोअनुसार प्रत्येक संवत्सरको भाद्रशुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विशेष गरी भगवान् शिवलाई खुसी पार्न व्रत लिने र पार्वतीसहित उनको पूजाआराधना गरिन्छ । अनादि कालमा आद्यशक्ति हिमालयपुत्री पार्वतीले ‘भगवान् शिवलाई पति रूपमा पाऊँ’ भनी व्रत गरेको शिवपुराणमा उल्लेख छ । राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने भएपछि आफूले मन पराएको वर पाउन उनले शवजीको तपस्या गरिन् । लामो समयसम्म तपस्या गर्दा पनि आफ्नो मनोकामना पूर्ण नभएपछि उनले शिवलिंग स्थापना गरी व्रत बसेकी थिइन् । अन्ततः उनले गरेको व्रत यसै दिन पूर्ण भएको र व्रतका प्रभावले शिवपार्वतीको विवाह भएको शास्त्रमा उल्लेख छ । सो अवसरमा महिलाहरू माइत जाने र आफ्ना मन मिल्दा साथीसँगीसँग भेटघाट गर्ने, नाचगान, भजनकीर्तन र जमघट...

इम्बोस्ड नम्बर प्लेट विरुद्ध सार्वजनिक यातायात महासंघको आह्वान

ब्रेकिङ न्युज २, समाचार
काठमाडौं सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले इम्बोस्ड नम्बर प्लेट जडान नगर्न यातायात व्यवसायी र सरोकारवालाहरुलाई आह्वान गरेको छ । सोमबार जारी गरिएको विज्ञप्तिमा महासंघले हालको प्रणालीमा रहेका अव्यावहारिक प्रावधान संशोधन नगरेसम्म नम्बर प्लेट जडान नगर्न आग्रह गरेको हो । विज्ञप्तिमा भनिएको छ,“सरकार र सरोकार पक्षबीच भएको छलफलमा देखिएका अव्यावहारिक बुँदाहरू सच्याइएन भने सार्वजनिक, पर्यटक, ढुवानी तथा निजी क्षेत्रसमेत सबै यातायात साधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगर्न हार्दिक अनुरोध गर्दछौं ।” महासंघले जबर्जस्ती नम्बर प्लेट जडान गराउने प्रयास भएमा त्यसविरुद्ध विरोध र दबाबका कार्यक्रम चलाइने चेतावनी दिएको छ । यस्तै गतिविधिबाट हुने परिणामको जिम्मेवारी यातायात मन्त्रालय अन्तर्गतका निकायले लिनुपर्ने चेतावनी पनि दिइएको छ । महासंघको ठहरअनुसार, नेपाली भाषाको देवनागरी लिपि लोप हुने जोखिम, ...