सम्पर्क

समाचार

एमालेको राष्ट्रिय स्वयंसेवक फोर्स केन्द्रीय ‘कमाण्ड’ घोषणा

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
काठमाडौँ, ५ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ) केन्द्रीय ‘कमाण्ड’ घोषणा गरिएको छ । एमाले जनसङ्गठन समन्वय संयन्त्रद्वारा आज यहाँ आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेता तथा कार्यकर्ताको उपस्थितिमा सातै प्रदेशका प्रतिनिधित्व रहने गरी ‘कमाण्ड’ घोषणा गरिएको हो । पुष्पराज श्रेष्ठको संयोजकत्वमा एघार सदस्यीय टोली रहेको छ । संयन्त्रका संयोजक भानुभक्त ढकालले फोर्सको केन्द्रीय सचिवालय र केन्द्रीय कमिटी सदस्यको नाम घोषणा गर्नुभयो । टोलीमा सहसंयोजकसहित केशव रोका, लव अधिकारी यादव, जयराम लामा, विदुर शर्मा, सागर भट्ट, सञ्जीव धिताल, विनिता काफ्ले रहनुभएको छ । टोलीलाई पार्टीका अध्यक्ष ओलीले बधाई दिँदै सपथसमेत गराउनुभयो । फोर्समा पार्टीका विभिन्न जनसङ्गठनबाट प्रतिनिधित्व हुने र ती सङ्गठनबाट जिम्मेवारी लिइसकेका व्यक्तिलाई पनि समावेश गरिने नेता ढकालल...
डडुवामा अचार बनाउँने तालिम सुरु

डडुवामा अचार बनाउँने तालिम सुरु

#, कृषि, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धु पाल्चोकजिल्ला चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४ डडुवामा गोलभेडा लगाएत बिभिन्न प्रकारका अचार बनाउँने तालिम सुरु भएको छ । बागमती प्रदेस सरकारको सशर्त अनुदान अन्तरगत चौतारा साँगाचोकगढी नगरपालिकाको आथीृक सहयोगमा नेत्र ज्योती कृषी सहकारी सस्थाको आयोजनामा माझी तथा पिपन्न परिबारका लागी आयआर्जन कार्यक्रम अन्तरगत स्थानीय स्तरमा उत्पादीत सामाग्रीहरुलाइ प्रयोग गरेर बजारी करण गर्नका लागी अचार निर्माण गर्ने कार्यको तालिम सुरु गरिएको हो । चौतारासाँगाचोकगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा र नगर पालिकाका लेखा समितीका संयोजक एवम वडा नं १४का वडाअध्यक्ष उद्धब नेपालको बिशेष अतिथ्तामा तालिमको सुरुवात गरिएको हो । स्थानीय स्तरमा उत्पादन हुने गोलभेडा, लप्सी, काउली, अमला, स्कुस लगाएतका सामाग्रीहरुको अचार निर्मााण गरि बजारमा बिक्री गर्ने उद्धेश्यक...

शिक्षा,खेलकुद,सङ्गित लगायत क्षेत्रमा नगरपालिका सहयोग गर्न तयार ,प्रमुख आइतमान तामाङले

खानेपानी, खेलकुद, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले शिक्षाबाट कोहि पनि विद्यार्थी बन्चित हुन नपर्ने बताउनुभएको छ । नगरपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य लगानी गरिरहेको उल्लेख गर्दै नगर प्रमुख तामाङले कोहि पनि ब्यक्ति आर्थिक अभावले शिक्षा बाट बन्चित हुन नपर्ने बताउनुभएको हो । इन्द्रेश्वरी माध्यमिक विद्यालयको कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख तामाङले शिक्षालाई हल्का रुपमा नलिन सुझाव दिदै शिक्षक गुरुले देखाएको बाटोमा लाग्न आग्रह गर्नुभयो । उहाँले भविष्यको रेखाकोर्ने समय अहिलेनै भएकाले मिहिनेती बन्न सुझाउनुभयो । प्रमुख तामाङले शिक्षा,खेलकुद,सङ्गित लगायत क्षेत्रमा नगरपालिका सहयोग गर्न तयार रहेको बताउनुभयो । विशेष अतिथि मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले विद्यार्थीको गहना भनेकै अनुशासन भएकाले अनुशासित भएर अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले यसै विद्यालयमा अध्ययन ग...

लाइसेन्स विवरणको जानकारी अब फेसबुकबाटै

ब्रेकिङ न्युज २, समाचार
यातायात व्यवस्था विभागले छपाइ गरी वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को विवरण अब फेसबुकमा राख्ने भएको छ । विभागले बिहीबार एक सूचना जारी गरी सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका लागि विभागमा प्राप्त भएका अनुमतिपत्रहरूको विवरण विभागको फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’मा प्रकाशन गरिने जानकारी गराएको छ । विभागले जारी गरेको सूचनामा भनिएको छ, “सवारी चालक अनुमतिपत्र छपाइका लागि अनलाइन फारम भरी ‘एप्रुभ’ भएपश्चात ७२ घण्टाभित्र लाइसेन्स लिन आउनुहोला भन्ने जानकारी यसअघि प्रणाली ध्वस्त हुनुअघि आउने गरेको थियो । अब सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका लागि विभागमा प्राप्त भएका अनुमतिपत्रहरूको विवरण विभागको फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’मा प्रकाशन गरिने छ ।” यसअघि यस्ता लाइसेन्सको जानकारी प्रणालीमार्फत ७२ घण्टाभित्र लाइसेन्स लिन आउनुहोला...

निर्वाचनमा नेपाली सेना परिचालन गर्न सिफारिस

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, ४ मङ्सिरः आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम नेपाली सेना परिचालन गर्न नेपाल सरकार, मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरिएको रक्षा मन्त्रालयका सचिव एवं राष्ट्रिय सुरक्षा परिषद्का सदस्य सचिव सुमनराज अर्यालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । आजको बैठकमा राष्ट्रिय सुरक्षामा आउनसक्ने विविध चुनौतीहरु, राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा देखापरेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्नसक्ने प्रभाव तथा चुनौती र अपनाउनुपर्ने भावी रणनीतिका सम्बन्धमा छलफल भएको थियो । साथै राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवे...

मंसीर १८ गते बाह्र्बिसेमा पौडेलहरुको कुल पुजा हुने

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको बह्र्बिसे नगरपालिका वडा नं८का पौडेल बन्धुहरुको कुल पुजा हुने भएको छ । मंसीर १८गते पुर्णीमाका दिन नगर बाह्र्बिसे नगरपालिका वडा नं ८ साबकि मानेश्वरा घुमाङमा पौडेल बंशको कुल पुजा हुन लागेको वडा अध्यक्ष बिमल पौडेलले जानकारी दिनु भयो । उँहाले उक्त दिन कुल पुजाका लागी पौडेल बंशहरुलाइ उपस्थिती हुन अनुरोध गर्नु भयो । उँहाले बिस्तृत जानकारकिा लागी ९८४११०५३९९४पौडेल सेवा समितीमा सम्पर्क राख्न सकिने समेत बताउँनु भयो ।...

सम्पादक रामचन्द्र खड्कालाई ‘विशेष नागरिक सम्मान–२०८२’ प्रदान

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
 काठमाडौँ । सामाजिक रूपान्तरणका लागि नागरिक समाजले आफ्नो १९औँ वार्षिकोत्सव तथा पाँचौँ विशेष नागरिक अवार्ड समारोह–२०८२ भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख आकर्षणमध्ये पत्रकारिता क्षेत्रबाट निरन्तर सक्रिय रहँदै आएका युनिटी भ्वाइसका सम्पादक रामचन्द्र खड्कालाई प्रदान गरिएको विशेष नागरिक सम्मान–२०८२ रह्यो। सामाजिक उत्तरदायित्व, नागरिक सचेतना तथा वैचारिक रूपान्तरणमा पत्रकारितामार्फत महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका खड्कालाई संस्थाले विशेष व्यक्तित्वको रूपमा पहिचान गरेको हो। कार्यक्रमका प्रमुख अतिथि माननीय उपसभामुख इन्दिरा रानामगर तथा नागरिक समाजका संस्थाका अध्यक्ष याम बहादुर जि.सी ,वरिष्ठ पदाधिकारीहरूले उनलाई दोसल्ला, सम्मानपत्र र अवार्ड हस्तान्तरण गर्दै उनको कामप्रति उच्च सम्मान व्यक्त गरेका थिए। खड्काले लामो समयदेखि समाजका मुद्दा, नागरिक अधिकार, सुशासन, शिक्षा र समुदायस्तरका चुनौत...

फर्किएको रैथाने खान्कीको रौनक

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौँ, २ मङ्सिरः एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर खान्थे, अथवा ढिँडो खाएको कुरा खुलेआम भन्न रुचाउँदैथे । गाउँघरमा समेत यस्तै अवस्था थियो । किनभने ढिँडो गरिबको खान्की हो भन्ने मानसिकता थियो । त्यो समयमा चामलको भात धनी अर्थात् सम्पन्नहरुले र कोदो गरिबले खान्छन् भन्ने थियो । यसकारण गाउँघरमा कतैकतै त घरभित्र ढिँडो खाने र बाहिर कुकुरलाई चाहिँ एकगाँस दूधभात दिने गरेको तथ्यहरु पनि सुन्न पाइन्थ्यो । अहिले जमाना बदलिएको, छ, समय फेरिएको छ । मानिस गाउँघरको त के कुरा सहर बजारका ठूलै होटलमा पनि ढिँडो खोज्दै जान थालेका छन् । ढिँडो अब लुकेर र लुकाएर खाने खान्की नभएर मनपर्ने खाना मात्र नभएर रोजाइको खानामा पर्न थालेको छ । त्यसैले मानिसले अहिले ढिँडो खाँदा गर्व गर्छन् र सामाजिक सञ्जालमा आज ढिँडो खाइयो भनेर तस्बिर पोष्ट गर्ने गर्छन् । पहिले दुर्लभ मानिएको भात अहिले विकल्पको खाना भएको छ । घरमा...

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, २ मङ्सिर: प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्र्दै मनाइने पशुपतिनाथ मेला आज लाग्दैछ । पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको लर्को लाग्छ । त्रयोदशीको बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन् । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज छरिन्छ । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् । यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा भक्तजनको भीड लाग्छ । बालाचतुर्दशीको अघिल्लो रात मङ्गलबार दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आएर रातभर जाग्राम बस्छन् । मङ्गलबार रातभर दीपदान गरी बसेका भक्तजनले बुधबार बिहानै पितृको सम्झनामा श...
तीन दशकपछि गाउँ फर्किएर तरकारी खेतीमा रमाउँदै कमलप्रसाद

तीन दशकपछि गाउँ फर्किएर तरकारी खेतीमा रमाउँदै कमलप्रसाद

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार, स्वास्थ्य
म्याग्दी, १ मङसिर : व्यवसायको लागि तीन दशकअघि बजार झरेका पर्वतको जलजला गाउँपालिका–४ मल्लाज भवानीपानीका कमलप्रसाद पौडेल जन्मथलो फर्किएर बाँझिएको बारीलाई तरकारीखेती गरेर हराभरा बनाउनुभएको छ । सुविधा र अवसरको खोजीमा गाउँबाट सहर र सहरबाट विदेश पलायन हुने क्रम बढिरहेका बेला ५५ वर्षीय पौडेलले बजारबाट गाउँ फर्किएर व्यावसायिक तरकारीखेती सुरु गर्नुभएको हो । विसं २०५० मा घर, जग्गा र खेती किसानी छाडेर बेनी बजार झरेका थियौँ,” उहाँले भन्नुभयो “२० वर्ष बेनीमा व्यवसाय गरे । करिब १२ वर्ष भारत र नेपालकै विभिन्न सहरमा नोकरी गरे । सोचेजस्तो सफलता हात नपरेपछि फेरि गाउँ फर्किएर तरकारी खेती गर्न थालेको हो ।” तरकारी खेतीका लागि पौडेलले चार रोपनी पुख्यौली पाखोबारीलाई व्यवस्थापन गर्नुभएको छ । गत वर्षसम्म झाडीले भरिएको बारीमा अहिले बन्दा, काउली र ब्रोकाउली खेती गरेर हराभरा भएको छ । सडक, यातायात, सिँचाइ र बजारको सुव...