सम्पर्क

वडाअध्यक्ष नेपाल र वडा सचिब भण्डारी सेवा दिदै कारागारमा

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४का वडा अध्यक्ष उद्धब नेपाल र वडा सचिब पुनम भण्डारी वडा बासीहरुलाइ सेवा दिने क्रममा काभे्रपलाञ्चोक जिल्लाको कारागारमा थुनामा रहेका ब्यक्तीको बालबालीकालाइ सेवा दिन काभ्रे कारागार पुग्नू भएको छ । मानीसले जन्म लिए पछी जन्म दर्ता गरि नागरिकता लिनु मानीसको जन्मदा सँगै लिएर आएको अधिकार हो भन्दै वडा कार्यलय बाट प्रदान गरिने जन्म दर्तालाइ कारागारमा गएर दिने व्यवस्था गरे पछी दुइ बालबालीकाले जन्म दर्ता पाएका छन । यसरी जन्म दर्ता पाउँनुहुनेमा जेनीष माझी र जीवन माझी रहनु भएको छ । उाहाहरको अभिभाबक हिरालाल माझीले २०८२माघ २८ गते आफु कारागारमा रहेको भन्दै कारागारबाटै निबेदन दिए पछी वडा कार्यलयले जन्म दर्ता गरिदिएको वडा अध्यक्ष उद्धब नेपालले बताउँनु भयो । उँहाका अनुसार हिरामाझी जबरजस्ती करणी मुद्धामा काभे्रपलाञ्चोक जिल्लाको कारागारमा थुनामा रहनुभएको र जिल्ला कारागारले वडा कार्यलयलाइ पत्र प्राप्त भएकाले नियम अनुसार प्रकृया पुरा गरी जन्म दर्ता बनाइदिएको वडा अध्यक्ष नेपालले जानकारी दिनु भयो । यस अबस्थामा नागरिकले पाउँने सुबिधाका लागी जिल्ला प्रशासन कार्यलय धुलिखेलले गरेको सहयोग प्रति बिशेष धन्यबाद दिदै वडा अध्यक्ष नेपालले अब ती अभिभावाक बिहीन जस्तै बनेका बालकहरुको उद्धारका लागी यो ठुलो सहयोग भएको बताउनु भयो ।