सम्पर्क

राष्ट्रिय मानव अधिकार आयोग द्धारा जिल्लाका नागरिक समाज संग अन्र्तक्रिया

 

चौतारा । माघ २७
राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय द्धारा सिन्धुपाल्चोकका नागरिक समाजका प्रतिनिधिहरु संग चौतारामा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
आगामी फागुन २१ गते सम्पन्न हुन लागेको संघिय निर्वाचनको पुर्व सन्ध्यामा मनवअधिकार आयोग बागमती प्रदेश प्रमुख चन्द्रकान्त चापागाइको नेतृत्वमा आएको टोलीले जिल्लाको समग्र मानव अधिकारको अवस्था र निर्वाचन आचार संहिता कार्यान्वयनको अवस्था बारे अनुगमनका लागि सिन्धुपाल्चोक आएका हो । जिल्ला प्रवेश गरेपछि आयोगले याहाँका नागरिक समाजका प्रतिनिधिहरु संग अन्र्तक्रिया गरेको हो ।
अन्र्तक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष ध्रुव दंगाल, गैर सरकारी संस्था महासंघका अध्यक्ष भवानी श्रेष्ठ, नेपाल वार एसोसियसनका अध्यक्ष भूपेन्द्रबहादुर थिङ, निर्वाचन पर्यवेक्षण गर्ने सस्था जियोग का संयोजक ज्ञानेन्द्र तिमल्सीना, मानव अधिकार संगठनका अध्यक्ष यज्ञप्रसाद दंगाल, महिला मानवअधिकार रक्षकहरु, संचारकर्मीहरु लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम लाई इन्सेकका नातिबावु धितालले सहजिकरण गरेका थिए ।

oplus_35
oplus_0

कार्यक्रममा मन्तब्य राख्दै जियोगका संयोजक ज्ञानेन्द्र तिमल्सीनाले आफ्नो संस्थाबाट सात वटा पालिकामा निर्वाचन पर्यवेक्षण गर्ने बताउनुभयो । त्यसैगरी हुन लागेको यस निर्वाचनको क्रममा क्षेत्र नं. १ मा प्रत्यासी बनेका नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार बाट चिन्ह्र सहितको भित्ते लेखन गरेर निर्वाचन आचार संहिता उल्लंघन गरेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष ध्रुव दंगालले यस वर्षको निर्वाचनको क्रममा आज सम्म आइपुग्दा बिगतको तुलनामा कम निर्वाचन आचार संहिता उल्लंघन भएको बताउनु भयो ।
गैर सरकारी संस्था महासंघका अध्यक्ष भवानी श्रेष्ठले विगतका बिभिन्न निर्वाचनहरुमा मानवअधिकार रक्षकहरुकै सुरक्षामा चुनौति आएको घटना बताउदै यस निर्वाचनमा पनि पत्रकार तथा गैसस कर्मीहरु सुरक्षित हुने उपाय अवलम्वन गर्नुपर्ने धारण राख्नुभयो ।
कार्यक्रममा मानव अधिकार कर्मी नातिबावु धितालले जिल्लाको समग्र मानव अधिकारको अवस्था बारे बताउदै जिल्लामा संचार कर्मीहरुले भोग्नु परेको समस्या बारे उल्लेख गर्नुभएको थियो ।