हेलम्बु गाउँपालिका वडा नम्बर ५ च्योमथलिमामा आयोजित “सिन्धुपाल्चोक जिल्ला अन्तर पालिका स्तरीय प्रथम राम बहादुर तामाङ स्मृति कप २०८२” भलिबल प्रतियोगिताको उपाधी मेलम्ची नगरपालिकाले उचालेको छ । आज भएको फाइनल खेलमा मेलम्ची नगरपालिकाले मेलम्ची –७ को नमुना एक्टिभ युथ क्लबलाई हराउँदै उपाधी उचालेको हो । यो सँगै नमुना एक्टिभ युथ क्लब दोश्रो भएको छ तेस्रो स्थान भने जुगल गाउँपालिकाले हात पारेको छ मेलम्ची ७कै सृजनसिल लाई हराउँदै जुगल तेस्रो भएको हो ।तागाङ च्योम्थली चित्रे गोम्देन टोल विकास समितिको आयोजना तथा हेलम्बु गाउँपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगिताको बिजेताले नगद १ लाख, दोस्रो हुनेले ७५ हजार र तेस्रोले ५० हजार सहित ट्रफि मेडल र प्रमाणपत्र पाएका छन् ।
खेलाडिहरुलाई कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका खानेपानी उर्जा मन्त्री कृष्णकुमार तामाङ समिरले पुरस्कार वितरण गर्नुभएको आयोजकका डेन्डुप शेर्पाले जानकारी दिनुभयो ।यसैबिच खेलाडिहरुले मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङलाई ट्रफि हस्तान्तरण गरेको छ । टिम कोच रामचन्द्र सापकोटाको नेतृत्वमा नगर प्रमुखलाई ट्रफि हस्तान्तरण गरेको हो । नगर प्रमुख तामाङले बधाई तथा शुभकामना ब्यक्त गर्दै आगामी दिनमा समेत नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले छिट्टै मेयरकप आयोजना गर्ने भएकाले तयार गर्न समेत सुझाव दिनुभयो ।
