हिरा खड्का
सिन्धुपाल्चोक, बाह्रबिसे ।
अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–तातोपानी सडक खण्डको सिरिसे क्षेत्रमा सडक मर्मत कार्य भइरहेका कारण कार्यालय समयमै लामो जाम हुने गरेको छ । जामका कारण दैनिक यात्रा गर्ने कर्मचारी, विद्यार्थी, व्यापारी तथा सर्वसाधारणले ठूलो सास्ती भोग्नुपरेको छ ।
स्थानीयका अनुसार बिहान र दिउँसोको व्यस्त समयमा सडक मर्मतका लागि सडक अवरुद्ध हुँदा घण्टौँसम्म सवारी साधन रोकिएर बस्नुपर्ने अवस्था बनेको छ । विशेषगरी साना गाडी, मालवाहक सवारी तथा यात्रुबाहक सवारीहरू लामो लाइनमा अड्किँदा यात्रुहरू समस्यामा परेका छन् ।
कार्यालय समयमै सडक बन्द हुँदा समस्या
कार्यालय जाने समयमै जाम लाग्दा कर्मचारीहरू समयमा कार्यालय पुग्न नसकेको, विद्यार्थीहरू विद्यालय ढिलो पुगेको तथा बिरामी बोकेका सवारीलाई समेत समस्या परेको स्थानीयले बताएका छन् ।
एक यात्रु शान्ता रोक्काले भने, “काम गर्न हिँडेको मान्छे, स्कुल जाने बच्चा, बिरामी सबैलाई असर पर्छ । सडक मर्मत र निर्माण कार्य राम्रो हो तर समय मिलाएर गर्नुपर्छ । अर्का सवारी चालक चेत बहादुर श्रेष्ठले पनि जाम हुन्छ भन्ने सुचना नपाउदा समयमा नै गन्तब्यमा यात्रुलाई पुर्याउन नसकिएको दुखेसो पोख्नु भयो । धुलो,हिलो र ओरालो सडक भएको हुँदा जोखिम र दुर्घटनाको डर सडक मर्मत भइरहेका कारण बाटो निकै धुलाम्मे हिलाम्मे भएको छ । साथै, साँघुरो र उकालो–ओरालो सडकमा गाडी जाम हुँदा दुर्घटनाको जोखिम पनि बढेको छ । सडक किनारामा ढुंगा र माटो थुपारिएको हुँदा पैदल हिँड्न समेत कठिन भएको छ । स्थानीयवासी र यात्रुहरूले सम्बन्धित निकायसँग कार्यालय समय बाहिर मर्मत कार्य गर्ने,वैकल्पिक सवारी सञ्चालन गर्ने व्यवस्था मिलाउने,ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने,जोखिमयुक्त स्थानमा संकेत बोर्ड राख्ने जस्ता सुझाब दिएका छन् ।
अरनिको राजमार्ग नेपाल–चीन व्यापार र दैनिक यात्राको महत्वपूर्ण मार्ग भएकाले सडक मर्मत आवश्यक भए पनि त्यसको व्यवस्थापन प्रभावकारी नहुँदा जनजीवन प्रभावित बनेको छ । यात्रु तथा स्थानीयले समय व्यवस्थापन गरेर छिटो काम सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।