समाचार
दारेगौडा भिरबाट मोटरसाईकल खस्यो, दुईको अवस्था गम्भीर
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका नजिकै पर्ने दारेगौडा भिरबाट बा.५३ प ८२५६ नं. को मोटरसाईकल खसेको समाचार प्राप्त भएको छ ।
मोटरसाईकल दुर्घटना हुँदा दुईजना गम्भीर घाईते भएका छन् । चौताराबाट १ किलोमिटर माथी दारेगौडा भिरबाट अन्दाजी ३ सय मिटर तल बाईक झर्दा बाईकमा सवार सोही नगरपालिका अन्तर्गत मेलचौर कल्लेरीका वर्ष १६ का रवि दंगाल र बर्ष १७ का निरोज श्रेष्ठ गम्भीर घाईते भएका छन । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी टोलीले घाईतेलाई तत्काल उद्दार गरी चौतारा अस्पतालमा लगिएको छ ।...
बाह्रबिसे ३ मा जीवन भण्डारी विजयी
बाह्रबिसे नगरपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसका जीवन भण्डारीको प्यानल विजयी भएको छ ।
चौतारा साँगाचोकगढी ४ मा कुमार शर्मा विजयी
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका –४ को अन्तिम मत परिणाम सार्वजनीक भएको छ । नेकपा माओबादी केन्द्रको तर्फबाट १२०७ मत ल्याएर कुमार शर्माको प्यानलनै विजयी भएको छ ।
ईन्द्रावती ३ मा भिमसेन थापा विजयी
ईन्द्रावती गाउँपालिका वडा नं. ३ मा नेकपा एमाले तर्फबाट भिमसेन थापाले विजय हात पारेको छ । उहाँले ४०३ मत ल्याएर विजयी हुनुभयो भने उहाँको प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवारले ३४९ मत प्राप्त गरेका थिए । त्यस्तै माओवादी केन्द्रका उम्मेदवारले २१२ मत प्राप्त गरेका छन । नेकपा एमाले थापाको प्यानलनै विजयी भएको छ ।...
