सम्पर्क

समाचार

बिपदजोखिम न्युनिकरण तथा व्यवस्थापनका सम्बन्धमा सञ्चारकर्मि अन्तरक्रिया

बिपदजोखिम न्युनिकरण तथा व्यवस्थापनका सम्बन्धमा सञ्चारकर्मि अन्तरक्रिया

खानेपानी, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
बिपद जोखिम न्युनिकरण तथा व्यवस्थापन का सम्बन्धमा सञ्चारकर्मि हरु सँग प्रतिबद्द नेपालको अन्तरक्रिया कार्यक्रम नेपाल पत्रकार महासघको सभाहलमा आइतबार भएको छ । सभाहलमा भएको कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष ध्रुब दङ्गालले बिपदमा सिन्धुपाल्चोकको पत्रकरहरु जोखिमम रहेका बताउनु भयो । उहाले पत्रकरहरुलाई तालिमको व्यवसथा गर्न पर्नेमा जोड दिनु भयो। नेपाल पत्रकार महासंघ जिल्ल शाखा सिन्धुुपाल्चोकको शाखा कार्यलयको आयोजना र सामुदायिक आत्मनिर्भर सेवाकेन्द्र प्रतिवद्व ३ परियोजनाको सहयोगमा विपद व्यवस्थापन सम्बन्धमा सञ्चारकर्मीहरुसंग कार्यशाला गोष्ठी गरिएको हो । विपदको पूर्व तयारी, पूर्व कार्य प्रति कार्य, पुननिर्माण तथा पुर्नस्थापनाका क्षेत्रमा सञ्चार माध्यमबाट भएका कार्यहरुका बारेमा नेपाल पत्रकार महासघका उपाध्यक्ष कमला पाख्रीनले बिपदका समयमा आफुलाइ परेको समस्याका बारेमा जानकार...
राष्ट्रिय सभा निर्वाचनमा काँग्रेस एमाले र लोसपाको बिजय काँग्रेस पहीलो

राष्ट्रिय सभा निर्वाचनमा काँग्रेस एमाले र लोसपाको बिजय काँग्रेस पहीलो

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
  आइतबार भएको राष्ट्रिय सभा निर्वाचनमा नेपाली काँग्रेस पहीलो दल भएको छ । राष्ट्रिय सभामा सबैभन्दा धेरै सिट ल्याएर कांग्रेस पहिलो दल बनेको हो। आगामी फागुन २० मा कार्यकाल सकिन लागेका १९ मध्ये १८ पदका लागि आइतबार निर्वाचन भएको थियो । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले तालमेल गरेको थियो । राष्ट्रिय सभामा अब कांग्रेसका २४, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का १७, एमालको ११, जसपाका दुई र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका एकजना गरी ५४ जना रहनु भएको छ । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख एवं पदाधिकारी मतदाता हुन्छन् । सात वटै प्रदेशमा ५५० प्रदेश सभा सदस्य छन् । ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी स्थानीय तहका पदाधिकारीतर्फ मात्रै एक हजार ५०६ मतदाता रहन्छन् । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको कार्यकाल...
गरिबि निवारण सहकारी संस्था  पाँचपोखरी थाङपाल -१ को छैठौं औं बार्षिक साधारणसभा सम्पन्न

गरिबि निवारण सहकारी संस्था पाँचपोखरी थाङपाल -१ को छैठौं औं बार्षिक साधारणसभा सम्पन्न

बिजनेस, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
बाँसखर्क गरिबि निवारण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पाँचपोखरी थाङपाल -१ को छैठौं औं बार्षिक साधारणसभा सम्पन्न तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट बुद्धनारायण श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय सन्चालक समिति चयन गरिएको छ । समितिको मनिष ग्राङदेन उपाध्यक्ष प्रदीप दोङ सचिव ,आइति तामाङ ,कोषाध्यक्ष सदस्यहरुमा शेरबहादुर ब्लोन न्हेमा स्याङ्बो न्हेमा थिङ विद्या बि क सम्झना श्रेष्ठ रहनुभएको छ । कार्यक्रममा २७ जना जेष्ठ नागरिकलाई हर्लिक्स वितरण गरिएको साथै २ जना असल बचतकर्ता २ जना असल कारोबारीलाई सम्मान गरिएको सहकारीका व्यवस्थापक गणेश विकले जानकारी दिनुभयो। कार्यक्रमको उद्घाटन गर्नुहुँदै वडा अध्यक्ष आलोककुमार स्याङबोले यस वडाको समाजिक, राजनीतिक र स्थानीयको जीवनस्तर सुधार्न सहकारीले महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभयो । उहाँले सहकारीको विकासको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्य...

सामाजिक सञ्जालमा भ्रम फैलाउनेविरुद्ध कारबाही गर्न आदेश कुर्नु पर्दैन’

खेलकुद, जिबनशैली, बिजनेस, राजनिती, विचार, समाचार
काठमाडौँ, ११ माघः गृहमन्त्री ओमप्रकाश अर्यालले ‘सामाजिक सञ्जालबाट भ्रम फैलाउनेविरुद्ध कारबाही गर्न आदेश कुर्नु नपर्ने बताउनुभएको छ । भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरोमा पुगेर आज उहाँले त्यहाँ कार्यरत प्रहरी कर्मचारीलाई कानुनविपरीत गतिविधि गर्ने जोसुकैलाई कारबाहीको दायरामा ल्याउन उच्च अधिकारी वा निकायको आदेशको प्रतीक्षा गर्नु नपर्ने बताउनुभयो । गृहमन्त्री अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मर्यादित रूपमा सम्पन्न गर्न साइबर ब्युरोले सामाजिक सञ्जालमार्फत हुनसक्ने अमर्यादित तथा कानुनले वर्जित गरेका तथ्यहीन र भ्रामक समाचार तथा सूचनाको सूक्ष्म ढङ्गले अनुगमन गर्न निर्देशन दिनुभयो । साथै उहाँले मिथ्या सूचना प्रवाह गर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो । निर्वाचनलाई दृष्टिगत गरी ब्युरोलाई अझ सक्रिय हुन गृहमन्त्रीले आग्रह गर्नुभयो । -रासस...
राष्ट्रियसभाको १७ सदस्यका लागि सातै प्रदेशमा मतदान सुरु

राष्ट्रियसभाको १७ सदस्यका लागि सातै प्रदेशमा मतदान सुरु

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, ११ माघ : राष्ट्रियसभामा रिक्त सदस्य चयन गर्न मतदान सुरु भएको छ । २०८२ फागुन २० गतेदेखि राष्ट्रियसभामा १७ सिट (सदस्य) रिक्त रहेको छ । यसका लागि बिहान ९ः०० बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ । मतदान आज दिउँसो ३ः०० बजेसम्म जारी रहने आयोगका प्रवक्ता नरायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । रिक्त हुने १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको थियो । बाँकी १७ पदका लागि आज निर्वाचन हुनलागेको हो । कोशी प्रदेशका खस आर्यतर्पmका उम्मेदवार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको थियो । बाँकी १७ पदको मतदानका लागि सातै प्रदेशका राजधानीस्थित तोकिएको मतदानस्थल तथा मतदान केन्द्रमा मतदान सुरु भएको हो । कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगर...
वरिष्ठ पत्रकार देवकोटालाई सशस्त्र प्रहरी महानिरीक्षक प्रशम्सा सम्मान

वरिष्ठ पत्रकार देवकोटालाई सशस्त्र प्रहरी महानिरीक्षक प्रशम्सा सम्मान

खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य
 काठमाडौं । विगत तीन दशक बढी समयदेखि पत्रकारितामा क्रियाशील वरिष्ठ पत्रकार ताराचन्द्र देवकोटा सशस्त्र प्रहरी महानिरीक्षक प्रशम्सा सम्मानद्वारा सम्मानित हुनुभएको छ ।   प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारलगायत थुप्रै पेशागत पुरस्कार र सम्मान प्राप्त वरिष्ठ पत्रकार देवकोटा २५ औं सशस्त्र प्रहरी दिवस (रजत महोत्सव) का अवसरमा सशस्त्र प्रहरी बल, नेपाल मुख्यालयमा आयोजित विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट सशस्त्र प्रहरी महानिरीक्षक प्रशम्सा सम्मानद्वारा सम्मानित हुनुभएको हो । वरिष्ठ पत्रकार देवकोटालाई प्रदान गरिएको सशस्त्र प्रहरी महानिरीक्षक प्रशम्सा सम्मानमा सशस्त्र प्रहरी बल, नेपालले गरेका काम-कारबाहीबारे पत्रकारिताको माध्यमबाट जनतामा खबर सम्प्रेषण गरी संगठनको छ्वी उच्च बनाउने कार्यमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले भविष्...
हिराहरि तेक्वान्दोको सिनियर ग्रेडिङ कार्यक्रम सम्पन्न

हिराहरि तेक्वान्दोको सिनियर ग्रेडिङ कार्यक्रम सम्पन्न

खेलकुद, ब्रेकिङ न्युज २, राजनिती, समाचार, स्वास्थ्य
 हिराहरि तेक्वान्दो डोजाङ , चौतारामा सिनियर तेक्वान्दो खेलाडीहरुको चौतारा रंगशालामा रहेको हिराहरि तेक्वान्दो डोजाङको तालिम हलमा सम्पन्न भएको छ । नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङले सिनियर खेलाडीहरु विजय तामाङ अनमोल कार्की, कुशल ढुंगाना, माधव विक, विजय श्रेष्ठ, निभा श्रेष्ठ अभिभावक तथा खेलाडीहरुको बाक्लो उपस्थितिम प्रथम डान कालो पेटी र दोस्रो डान कालो पेटीको ग्रेडिङ भएको छ । रातो कालो पेटीबाट प्रथम डान कालो पेटीमा समृद्धि खड्का, कृजन दंगाल, रोशन कपाली, साहास तामाङ, तेस्तै गरि सचिन तामाङ, सलिना चुहान, आशिष तामाङ, रेहान श्रेष्ठ र दिप्सन घले भने प्रथम डान कालो पेटीबाट दोस्रो डान कालो पेटीमा उतिर्ण हुन सफल भएको छ । सिनियर ग्रेडिङ परिक्षामा उतिर्ण हुन सफल खेलाडीहरुलाई सिन्धुपाल्चोक जिल्ला तेक्वान्दो कार्य समितिका उपाध्यक्ष, तथा डोजाङ्ग प्रमुख रमेश गुरुङले ब...
शैक्षिक उपलब्धि हासिलका लागि  सबैकाे उत्तिकै दायित्व,नगर प्रमुख  तामाङ

शैक्षिक उपलब्धि हासिलका लागि सबैकाे उत्तिकै दायित्व,नगर प्रमुख तामाङ

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार, साहित्य, स्वास्थ्य
मेलम्ची नगर प्रमुख आईतमान तामाङले शैक्षिक उपलब्धि हासिलका लागि शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय सरकार सबैकाे उत्तिकै दायित्व रहेकाे बताउनुभएकाे छ । मेलम्ची -९ , रातमाटास्थित सातकन्या माविकाे त्रिपन्नाैं वार्षिक उत्सव तथा अभिभावक भेलाकाे उद्घाटन गर्दै विद्यालयकाे स्पष्ट मार्ग चित्रले मात्र शैक्षिक र भाैतिक उपलब्धि हासिल हुन सक्ने बताउनु भएकाे हाे । उहाँले मेलम्ची नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाकाे उन्नयनमा निरन्तर लागिरहेकाे बताउनुभएको हाे । उपप्रमुख उमा प्रधानले समाज विकासकाे मुल आधार शिक्षाको विकास भएकाले नगरले शैक्षिक क्षेत्रमा उल्लेख्य लगानी गरेकाे जानकारी दिनुभयाे । उहाँले संघीयता कार्यान्वयन सँगै शैक्षिक क्षेत्रकाे विकासले फड्काे मारेकाे बताउनुभयाे । कार्यक्रमका विशेष अतिथि नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि विकास तामाङले शिक्षाको उद्देश्य अक्षर जान्ने मात्र नभएर संस...
राष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा

राष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, समाचार, साहित्य
काठमाडौँ, ९ माघ : ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा कटिबद्ध सशस्त्र प्रहरी बल नेपालले आजदेखि आफ्नो गौरवपूर्ण २५ वर्षे यात्रा पूरा गरेको छ । तत्कालीन समयको विषम परिस्थितिमा देशमा शान्ति र सुरक्षा कायम गरी जनताको जीउ, धन र स्वन्त्रताको रक्षा गर्न विसं २०५७ माघ ९ गते सशस्त्र प्रहरी बलको विधिवत रूपमा स्थापना भएको थियो । तत्कालीन गृहसचिव खेमराज रेग्मीको संयोजकत्वमा गठित ‘सशस्त्र प्रहरी सेवा गठन सुझाव कार्यदल–२०५६’ ले दिएको सुझावबमोजिम त्यसबेलाका राजा वीरेन्द्र शाहबाट ‘सशस्त्र प्रहरी अध्यादेश, २०५७’ जारी भएसँगै आजैका दिन सशस्त्र प्रहरी बल गठन भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा आज सशस्त्र प्रहरी मुख्यालय हलचोकमा रजत महोत्सव विशेष समारोहको आयोजना गरिएको छ । सुरुआतमा नेपाली सेना र नेपाल प्रहरीबाट जनशक्ति स्थानान्तरण गरी सशस्त्र प्रहरी बलम...
माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी (वसन्तपञ्चमी) पर्व मनाइँदै

माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी (वसन्तपञ्चमी) पर्व मनाइँदै

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, ९ माघ : प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंशवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सृजनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, ...