हिरा खड्का,सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा निर्माणाधीन कालिका हाइड्रोपावर क.लिमिटेड विरुद्ध बाह्रबिसे आसपासका स्थानीय तथा युवाहरूले अनौठो शैलीमा विरोध जनाएका छन्। बाह्रबिसेको खुर्सानीबारी देखि भंगेरी सम्म भोटेकोसी नदीमा र्याफ्टिङ गर्दै नदीबाटै “खबरदारी कार्यक्रम” यहि बैशाख २२ गते सप्पन्न गरेको छ। कार्यक्रममा सहभागीहरूले लाइफ ज्याकेट र हेल्मेट लगाएर (र्याफ्ट) मार्फत नदी यात्रा गर्दै ब्यानर प्रदर्शन गर्दै हाइड्रोपावर विरुद्ध नदीमा र्यफ्टिङमा यात्रा गर्दै नाराबाजी गरेका थिए। “Go Back Kalika” लेखिएको प्लेकार्ड सहित उनीहरूले आयोजना तत्काल रोक्न र स्थानीय सरोकारलाई सम्बोधन गर्न माग गरेको स्थानिय प्रभावित क्षेत्रका युवा स्याङ्बो तामाङले बताउनु भयो । स्थानीयहरूको आरोप अनुसार हाइड्रोपावर निर्माणका कारण वातावरणीय असर,नदीको प्राकृतिक बहावमा परिवर्तन तथा पर्यटन व्यवसायमा नकारात्मक प्रभाव पर्नुका साथै प्रभाबित क्षेत्र आसपासका केही घरहरु सुरुङ मार्ग ब्लास्ट गर्दाको आवजले चर्किएको र ब्लास्टका आवजले बालबच्चा,बृद्ध, केहि पशु चौपाय समेत तर्सिने गरेको स्थानियले बताए ।
विशेषगरी भोटेकोसी नदी र्याफ्टिङका लागि चर्चित क्षेत्र भएकाले यसले स्थानीय रोजगारी र पर्यटनमा समेत प्रत्यक्ष असर पार्ने उनीहरूको भनाइ छ। प्रदर्शनमा सहभागीहरूले नदीमै यात्रा गर्दै नाराबाजी गरेका थिए भने सम्बन्धित निकायलाई समयमै ध्यान दिन र निर्माण कार्य रोक्न आग्रह गरेका छन्। उनीहरूले विकासका नाममा स्थानीयको आवाज बेवास्ता नगर्न चेतावनी दिएका छन्।