सम्पर्क

स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्ययोजना तर्जमा सम्बन्धी कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोक– नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा सथानीय विपद् तथा जलवायु उत्थानशील कार्ययोजना (LDCRF) तर्जुमा सम्बन्धी एकदिने सूचना सङ्कलन तथा क्षमता अविवृद्धि कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नगरपालिकाको सभाहलमा बुधबार आयोजना गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख तामाङले विपद् व्यवस्थापन कार्यमा स्थानीय सरकार नागरिकसँग सबैभन्दा नजिकको तह भएकाले वडा तहको भूमिका अत्यन्त्र महत्वपूर्ण रहने बतायनुभयो । उहाँले स्थानीय स्तरमा विपद् जोखिम न्यूनीकरण तथा जलवायु उत्थानशील योजना निर्माणका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्दै प्राप्त सुझाव, अनुभव तथा सूचनालाई व्यवहारिक कार्यान्वयनमा जोडिने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागीहरुले विपद् जोखिम न्यूनीकरण, जलवायु परिर्वतनका असर तथा स्थानीय तहमा अपनाउनुपर्ने पूर्वतयारीका विषयमा छलफल गरेका थिए । साथै स्थानीय आवश्यक्ता अनुसार कार्ययोजना निर्माण गर्न तथ्यगत सूचना सङ्कलन र समन्वयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिन्धुपाल्चोकको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा उपप्रमुख उमा प्र्धान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, विभिन्न वडाअध्यक्षहरु नगेन्द्र प्रसाद खतिवडा, पासाङ दोङ, र चन्द्र बहादुर तामाङ लगायत सरोकारवालाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।