सम्पर्क

निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने घोषणा

सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा निर्माणाधीन ४६ मेगावाट क्षमताको भोटेकोशी–५ जलविद्युत आयोजनाले स्थानीयवासीलाई प्रमोटर सेयरमा सहभागी गराउने घोषणा गरेको छ । आयोजनाका कार्यकारी अध्यक्ष मोहनविक्रम कार्की ले आयोजना प्रभावित नागरिकलाई सहज रुपमा लगानी गर्न सक्ने वातावरण मिलाईने जानकारी दिएका हुन् । उनका अनुसार आयोजनाको ७० प्रतिशत निर्माण कार्य सम्पन्न भएपछि प्रभावित स्थानीयबाट प्रमोटर सेयर वापतको रकम संकलन गरिनेछ । यस व्यवस्थाले स्थानीयवासीलाई आर्थिक रुपमा प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ । आयोजनाबाट बाह्रबिसे नगरपालिकाका वडा नम्वर ३,४,५,८ र ९ प्रत्यक्ष प्रभावित क्षेत्रका रुपमा रहेका छन् । ती वडाका स्थानीयले आयोजनामा लगानी गर्ने अवसर पाउनेछन् भने आयोजना सञ्चालनमा आएपछि लाभांशमार्फत पनि लाभ लिन सक्नेछन् । यद्यपि, आयोजना पक्षले केही बाहिरी व्यक्तिहरुले आयोजनाबारे नकरात्मक प्रचार गरिरहेको भन्दै दुःख व्यक्त गरेको छ । यस्ता गतिविधिका कारण प्रत्यक्ष प्रभावित स्थानीयवासीले भविष्यमा पाउने सेयर तथा रोजगारीका अवसर प्रभावित हुन सक्ने आयोजनाको भनार्य छ । स्थानीयलाई आन्दोलनमा उचाल्ने र भ्रम फैलाउने प्रयास भर्ईरहेका कारण दीर्घकालमा आयोजनाबाट स्थानीयले प्राप्त गर्ने लाभमा अन्योल सिर्जना हुन सक्ने आयोजनाले जनाएको छ ।