सम्पर्क

पाँचपोखरी थाङ्पालमा तीनदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा महिलाहरूको प्रजनन स्वास्थ्य, नसर्ने रोग तथा क्षयरोग पहिचान लक्षित तीनदिने वृहत् निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन गरिएको उक्त शिविरबाट कुल ३५३ जना स्थानीय नागरिक लाभान्वित भएका छन्। शिविर वैशाख १८ गते वडा नं। ५ स्थित गुन्सा स्वास्थ्य चौकीबाट सुरु भएको थियो, जहाँ ७६ जनाले सेवा लिएका थिए। त्यसैगरी, वैशाख १९ गते वडा नं। ३ को भोताङ स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा १५० जनाले सेवा प्राप्त गरे भने अन्तिम दिन वैशाख २० गते पाँचपोखरी प्राथमिक अस्पतालमा आयोजना गरिएको कार्यक्रममा १२७ जनाले सेवा लिएका थिए। शिविरबाट सेवा लिएकी स्थानीय देवकी खड्काले यसपटकको कार्यक्रम अघिल्ला शिविरहरूको तुलनामा अझ व्यवस्थित, प्रभावकारी र सेवामुखी भएको प्रतिक्रिया दिएकी छिन्। स्वास्थ्य शाखा प्रमुख आत्माराम धितालका अनुसार शिविर केवल बिरामीहरूको उपचारमा सीमित नभई स्वस्थ व्यक्तिहरूको समेत नियमित स्वास्थ्य परीक्षण गरी भविष्यमा देखिन सक्ने जोखिमहरू समयमै पहिचान गर्ने उद्देश्यले सञ्चालन गरिएको हो। शिविरमा ३० वर्षमाथिका महिलाहरूको प्रजनन स्वास्थ्य परीक्षण, पाठेघरको मुखको क्यान्सर ९ज्एख्(म्ल्ब्० परीक्षण तथा स्तन क्यान्सर परीक्षण गरिएको थियो। साथै, पाठेघर खस्ने, आङ खस्ने तथा पिसाब चुहिने समस्याको पहिचान र परामर्श सेवा प्रदान गरिएको थियो। त्यसैगरी, ३० वर्षमाथिका व्यक्तिहरूका लागि नसर्ने रोगहरूको परीक्षण तथा उपचार, गर्भवती महिलाहरूका लागि भिडियो एक्सरे ९च्इग्क्न्० सेवा, परिवार नियोजन अन्तर्गत दीर्घकालीन अस्थायी साधन ‘इम्प्लान्ट’ सेवा तथा सम्भावित क्षयरोगका बिरामीहरूको खकार नमुना संकलन गरी आवश्यक परामर्श प्रदान गरिएको थियो। साथै, सामान्य बिरामीहरूको परीक्षण, परामर्श तथा उपचार सेवा समेत निःशुल्क उपलब्ध गराइएको थियो। पाँचपोखरी प्राथमिक अस्पतालका प्रशासन प्रमुख सरोज धितालले ग्रामीण भेगका नागरिकहरूलाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यस्ता शिविरहरू अत्यन्त प्रभावकारी बन्दै गएको बताउनुभयो। स्थानीय तहमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने लक्ष्यसहित सञ्चालन गरिएको यस शिविरले समुदायस्तरमै रोगको समयमै पहिचान, उपचार तथा जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको विश्वास गरिएको छ।