तेर्से माध्यमिक विद्यालयले भव्य रुपमा मनायो ३५औं वार्षिकोत्सब
श्री तेर्से माध्यमिक विद्यालयले आफ्नो ३५औं वार्षिकोत्सब समारोह भब्य कार्यक्रमका बीच सम्पन्न गरेको छ । बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइ मन्त्री कृष्णकुमार तामाङ (समिर)को प्रमुख आतिथ्यमा बिद्यालयले आफ्नो वार्षिकोत्सब मनाएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले तेर्से माध्यमिक विद्यालय जिल्लाकै नमुना समुदायीक विद्यालयको रुपमा स्थापित भएकोमा खुशी व्यक्त गर्नुभयो । विद्याललाई सधैं प्राथमिकता दिने उल्लेख गर्दै मन्त्री तामाङले सामुदायिक विद्यालयको शिक्षामा सुधार ल्याउन र गुणस्तरीय शिक्षा प्रदान गर्नका लागी तेर्से माध्यमिक विद्यालयबाट धेरैकुरा सिक्न सक्ने बताउनुभयो । अब एक वडा एक विद्यालय,एक वडा एक छात्रावासको अवधारणा अनुसार अगाडि बढ्ने हो भने शिक्षामा केहि सुधार गर्न सकिने बताउनुभयो । कतै दरबन्दी थुप्रीने र कतै अभाव हुने समस्याको समाधान हुने उल्लेख गर्नुभयो । मन्त्री तामाङले ...







