सम्पर्क

समाचार

चौथो भोटेकोशीकोउपाधि सुनखानीलाई , स्वास्थ्य धन हो धन स्वास्थ्य होइन,अध्यक्ष पासाङ नुर्पु शेर्पा

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकाले चौथो भोटेकोशी कप प्रतियोगिता सम्पन्न गरेको छ । ११११११ रुपैयाँ राशीको पुरस्कार राखेर गरिएको प्रतियोगिता सुनखानी युवा क्लबले जितेको हो । भोटेकोशी गाउँपालिका वडा नं. ४ सुनखानीस्थित खेल मैदानमा बिहिबारदेखी सुरु भएको फाइनल खेलमा सुनखानी युवा क्लब र बाक्चेनFC बिच भिडन्त भएको थियो । बाक्चेनFC लाई १ गोलले हराउँदै सुनखानी युवा क्लब च्याम्पियन बनेको बिकास प्रधानले जानकारी दिनु भयो । । खेलमा सुनखानी युवाक्लबले २ गोल हानेको थियो भने बाक्चेनFC ले १ गोल मात्रै हानेको थियो । यसैगरी प्रतियोगितामा सुनखानी युवा क्लबका उत्कृष्ट खेलाडी भिम गुरुङ, शीर्ष स्कोरर सागर तामाङ, उत्कृष्ट गोलकिपर नविन सिलवाल, स्थानीय उत्कृष्ट खेलाडि छिरिङ शेर्पाले अवार्ड हात पार्न सफल भएको छ ।सम्बृद्धिको लागि फुटबल दक्ष र अनुसाशित खेलाडि उल्पादन गर्ने हाम्रो अभियान भन्ने मुल नाराका साथ भोटे...

प्रेस स्वतन्त्रता हननका १९ घटना

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, १४ कात्तिक : पछिल्लो तीन महिनामा देशभरमा प्रेस स्वतन्त्रता हननका १९ घटना भएका छन् । प्रेस काउन्सिल नेपालमा आएका उजुरी र नियमितरूपमा हुँदै आइरहेको मिडिया अनुगमनका आधारमा यी घटना अभिलेखन गरिएको हो ।पछिल्लो तीन महिनामा भएका यी घटनामध्ये धम्कीका घटनाहरू सबैभन्दा बढी ११ वटा रहेका छन् । यस्तै आक्रमण/कुटपिटका घटना चार, पेसागत असुरक्षा दुई, कब्जा/अवरोध र गिरफ्तारीे प्रयासको घटना एक/एक रहेका छन् । प्रदेशअनुसार, सबैभन्दा बढी बागमती प्रदेशमा नौ घटना भएको छ । यस्तै मधेस प्रदेशमा पाँच, गण्डकीमा दुई तथा कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक/एक घटना भएका छन् । यो अवधिमा भएका घटनामा १७ पुरुष र दुई महिला पीडित भएको पाइएको छ ।काउन्सिलले नियमितरूपमा प्रेस स्वतन्त्रताको अवस्थाबारे मिडिया अनुगमन गर्दै आएको छ र प्रेस स्वतन्त्रता अनुगमन कार्यविधि, २०८० अनुसार तीन–तीन महिनामा सार्वजनिक गर्दै आएको छ । ...

ग्रामीण क्षेत्रमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना कार्यक्रम

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
जिल्ला ट्राफिक प्रहरी कार्यालय अधेरी सिन्धुपाल्चोक ले ग्रामीण क्षेत्रमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना कार्यक्रम गरेको छ ।  बिहिबार सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नम्बर १ मा ग्रामीण क्षेत्रमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय अधेरी सिन्धुपाल्चोकको आयोजनामा इलाका प्रहरी कार्यालय जलबिरे, स्थानीय जनप्रतिनिधि, समाजसेवी,पत्रकार एवं सवारीचालक र यात्रु हरु समेतलाई ट्राफिक नियम सम्बन्धी सचेतनामूलक प्रशिक्षण प्रदान गर्नुका साथै सचेतनामूलक प्रचा पम्प्लेट वितरण गर्नुका साथै स्टिकरहरू टाँस गरिएको थियो।उक्त सचेतनामूलक कार्यक्रममा यात्रु लगायत उपस्थित सम्पूर्णलाई ट्राफिक नियम र सडक सुरक्षाका सम्बन्धमा प्रशिक्षण प्रदान गर्दै ट्राफिक प्रहरी कार्यालय अधेरी सिन्धुपाल्चोकका प्रमुख गोपीराम भण्डारीले सवारी दुर्घटना न्यूनीकरणमा प्रहरीको मात्र ...

विजेता भइएन भन्दैमा दुःख नमानौँ : प्रधानमन्त्री

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, १५ कात्तिकः प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीलाई सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज राष्ट्रिय टोलीका महिला फुटबल खेलाडीसँगको भेटघाटका क्रममा उहाँले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याई नगर्ने स्पष्ट गर्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने जानकारी गराउनुभएको हो । उक्त खेलमा दोस्रो भएको नेपाली टोलीका खेलाडीले जनही रु तीन लाखका दरले पुरस्कार पाउनेछन् । विगतका कतिपय खेलका पुरस्कार अझै प्राप्त नभएको गुनासो आइरहेका बेला प्रधामन्त्री ओलीको निर्देशनमा पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक पाउने खेलाडीलाई सक्दो छिटो पुरस्कार दिन थालिएको छ र पुरस्कारमा कर लाग्ने व्यवस्था हटाइएको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, क...

नेपाली रक्तदाता संघ कतारको आयोजनामा शुक्रबार बृहत् रक्तदान कार्यक्रम हुने

ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक, दोहा/कतार नेपाली रक्तदाता संघ कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुने भएको छ । “हाम्रो बिश्वब्यापी अभियान, जहाँ नेपाली त्यहाँ रक्तदान” भन्ने मूल नाराका साथ नेपालीहरुको राष्ट्रिय चाडहरु वडा दशैँ,शुभ दिपावली,नेपाल संवत् र छठ पर्वको अवसर पारेर रक्तदाता संघ कतारले बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको हो । रगत अभावका कारण तड्पिएका व्यक्तिहरुलाई शुभ दिपावलीको उज्यालो प्रकाश जस्तै रगत उपलब्ध गराई उनीहरुको मुहारमा उज्यालो खुसी ल्याउन सकियोस भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको र उक्त मानविय र परोपकारी कार्यमा सहभागी भई कतारमा स्थापित बिभिन्न संघ–संस्था समाजसेवी,व्यवसायी,लगायत कतारमा रहेका नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई रक्तदान गरिदिन नेपाली रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्रीले अनुरोध समेत गर्नु भएको छ । हमद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा शुक्रबा...

पहिरो पीडितलाई ब्ल्याँकेट र ज्याकेट सहयोग

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ कुनेगाउँका पहिरो पीडित दलित समुदायका १५ घरधुरीलाई ब्ल्याँकेट र २२ जना बालबालिकालाई ज्याकेट बितरण गरिएको छ । फ््युचर अफ होप नामक संस्थाको सहयोगमा अभियान्ता चित्रकुमार मिजार र निरोज तोलांगेको पहलमा कातिक १४ गते उक्त स्थानका पहिरो पीडितहरुलाई सिरक र ज्याकेट बितरण गरिएको हो । उनीहरु बस्दै आएको कुनेगाउँमै पुगेर फ््युचर अफ होप संस्थाकी संस्थापक अध्यक्ष अनिला थापा, बिपद् व्यवस्थापन निर्देशक कवि थापा, अभियान्ताद्धय चित्र मिजार, निरोज तोलांगेले सो सामाग्री बितरण गरेका हुन् । साथै मिजार र तोलांगेको पहलमा चेन्ज फर होप नेपाल र प्रशंसा सामाजिक सेवा नामक संस्थाबाट केही साताअघि सोही बिस्थापित बस्तीका १२ घरधुरीलाई दाल,चामाल,तेल,नुन,चिउरा लगायतका खाद्यन्न बितरण गरिएको थियो । असोज ११ र १२ गतेको अविरल बर्षातका कारण कुनेगाउँको ३ घर पहिरोले बगाएको थियो । साथै त्यसघरमा रहेका...

कात्तिक कृष्ण औँसीः धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मीपूजा

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, १५ कात्तिकः यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्‍याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । यस पर्वलाई दीपमालिका पनि भनिन्छ । लक्ष्मीपूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला...

रामदेबीको नवर्निमित भवन नगरप्रमुख र सहयोगदाताद्धारा उद्घाटन

ब्रेकिङ न्युज २, समाचार
निर्मल बस्नेत चौतारा साागाचोकगढी नगरपालिका वडा नम्बर १० हर्रे स्थित नवर्निमित ६ कोठे भवनको उद्घाटन गरिएको छ । नगरप्रमुख कृष्णप्रसाद सापकोटा र भवन निर्माण सहयोगी अष्टियन नागरिक थियो फिश्चेद्धारा संयुक्त रुपमा उद्घाटन गरिएको हो । सो भवन अष्टियन नागरिक थियो फिश्चेको ८० लाख सहयोगमा निर्माण गरिएको हो । उहाँ पर्वतारोही समेत रहनुभएको छ । उहाँले कैयन पर्वतहरुको आरोहण गरिसेको सुनाउनुभएको थियो । भवन उद्घाटनको औपचारिक समारोहका प्रमुख अतिथी नगरप्रमुख सापकोटाले भवन र्निर्माणार्थ आवश्यक पहलकदमी गर्ने चौतारा साँगाचोकगढी नगरपालिका १२ निवासी नविन पराजुली र डाक्टर सबिना पराजुलीको भूमिकाको पंशंसा गर्नुभएको थियो । उहाँले बुवा पदम पराजुली र आमा खिकादेबी नेपालको शिक्षित परिवारमा हुर्किएर शिक्षा क्षेत्रको बिकासमा लागि परे    कोमा खुसी व्यक्त गर्दै अझै उनिहरुलाई समाजसेवाप्रतिको भावना जागृत होस् भन्ने कामना गर्...

बङ्गलादेशले जित्यो साफ महिला च्याम्पियनसिपको उपाधि

ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौँ नेपाललाई पराजित गर्दै बङ्गलादेशले साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा आज भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई २–१ गोलअन्तरले हराउँदै उपाधि जितेको हो । यससँगै बङ्गलदेशले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ । घरेलु मैदानमा भएको अघिल्लो संस्करणको खेलमा बङ्गलादेशले नेपाललाई ३–१ गोलअन्तरले हराउँदै उपाधि जितेको थियो । यसपटक पनि नेपालको उपाधि जित्ने सपना पुरा भएन । साफको सातौँ संस्करणसम्म आइपुग्दा नेपाल उपविजेतामै सीमित बन्यो । हालसम्म साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग चार र बङ्गलादेशसँग दुई पटक पराजित भयो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पहिलो अग्रता भने बङ्गलादेशले लियो । खेलको ५२औँ मिनेटमा बङ्गलादेशकी खेलाडी मोनिका चक्माले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएकी थिइन् । खेलको ५६आँै मिनेटमा नेपालले बराबरी गोल फर्काय...

अराजकतालाई मलजल गर्ने कुनै पनि मिडिया कारवाहीमा ः अध्यक्ष बस्नेत

कृषि, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
१३ कार्तिक २०८१ काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अराजकतालाई मलजल गर्ने कुनै पनि मिडियालाई कारवाहीको दायरा ल्याउने दृढता राख्नुभएको छ । सामाजिक सद्भाव बिथोल्ने, जातीय विद्वेश फैलाउने गरी जानीजानी गलत सूचना सम्प्रेषण गर्ने केही मिडियालाई कानुनी कारवाही गरिएको उल्लेख गर्दै अध्यक्ष बस्नेतले भन्नुभयो, ‘समाजमा अन्योल सृजना गरी प्रणालीमाथि धावा बोल्ने काम कहीँ कतैबाट भइरहेको हुन सक्छ । त्यस्ता गलत पात्र र प्रवृत्तिबाट मिडिया हमेशा जोगिनुपर्छ । काउन्सिलले केही मिडियालाई कारवाही गरिसकेको छ । बाँकी पनि छानवीन र कारवाहीको दायरामा आउनेछन् । ’ नयाँ खुलेका अनलाइन सञ्चारमाध्यमका सम्पादक, सञ्चालकहरूलाई मंगलबार काउन्सिलमा राखिएको अभिमुखिकरण कक्षामा बोल्दै उहाँले पत्रकार आचारसंहिता उल्लङ्घन गर्नु प्रेस स्वतन्त्रताको दुरुपयोग हुने भएकाले जिम्मेवारीपूर्ण ढंगले पत्रकारिता गर्न स...