गण्डकी प्रदेश समन्वय परिषद कतारको “चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा नन्दलाल निर्वाचित
दर्शन सुनार/ लोकप्रिय दैनिक, कतार
गण्डकी प्रदेश समन्वय परिषद कतारले “चौथो अधिवेशन“ शुक्रबार फुलबारी रेष्टुरेन्टको सभाहलमा भब्य रुपमा सम्पन्न गरेको छ ।
गण्डकी प्रदेश समन्वय परिषद कतारका कार्यवाहक अध्यक्ष नन्द्लाल बिक अजयको सभापतित्व तथा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद एनआरएनए आईसीसीका उपमहासचीव प्रवीण गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनको खुल्ला शत्र र बन्द शत्र गरि दुई चरणमा सम्पन्न बन्द शत्रबाट आगामी कार्यकालका लागी अध्यक्षमा नन्द्लाल बिक अजय सर्वसम्मत निर्वाचित हुनुभएको छ । वरिष्ठ उपाध्यक्षमा रोशन अर्याल (स्याङ्जा), उपाध्यक्षद्धय कल्याण थापा (लमजुङ) र अर्जुन सङ्ग्रौला (गोरखा), महासचिवमा मन प्रसाद राना मगर (कास्की), कोषाध्यक्षमा मदन जि सी (बाग्लुङ्) रहनुभएका छन् ।
कार्यसमिति को पदेन सदस्यहरूमा बाबुराम भण्डारी (म्याग्दी), निराजन गौतम (बाग्लुङ्), सन्तोष क्षत्री...
