बालविवाह न्युनिकरण र रोकथामका लागि जिल्ला स्तरीय छलफल
दिपक खत्री
बिहे गर्ने उमेर नपुगी अर्थात् शारीरिक र मानसिक रूपमा सबल हुन नपाई कम उमेरमा समाजमा अझै बालविवाह गर्ने क्रम नरोकिएको तथ्य उजागर भएको छ । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा मंगलबार जिल्ला स्तरीय सरोकारवालाहरु सँग बालविवाह न्युनिकरण तथा रोकथाम सम्बन्धी गरीएको अन्तरक्रियामा सरोकारवालाले कानुनले मात्रै बालविवाह हटाउन नसक्ने बताउदै सचेतना अझ बढाउनुपर्ने तर्क गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको समन्वयमा ग्रामीण महिला सिर्जनशील परिवार र आदिवासी जनजाती महिला उत्थान केन्द्र सिन्धुपाल्चोकको आयोजनामा भएको जिल्ला स्तरको छलफल कार्यक्रममा समाजमा विद्यमान रुढीवादी परम्परा, अशिक्षा, बेरोजगारी, प्रविधिको दुरुपयोग लगायतका कारण बाल विवाह हुने क्रम जारी रहेको निस्कर्ष निकालिएको हो ।
कार्यक्रमको सहजिकरण गर्दै सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक उमा शंकर यादवले ७४ स्थानमा भएको प्रहरी...
