कतारमा भब्य रुपमा मनाईयो माघ्या सकराटी गायिका लामिछानेलाई कतारमा दर्शकले दिए भरपुर्ण साथ
दर्शन सुनार/लोकप्रिय दैनिक, कतार
मगरहरुको प्रमुख राष्ट्रिय साँस्कृतिक चाड “माघ्या सकराटी“ कतारमा भब्य रुपमा मनाईएको छ । नयाँ बर्षको अवसर पारेर (मिनाम ल्हेस् ५०१८)– २०२५ को अवसरमा नेपाल मगर संघ शाखा कतारको आयोजनामा शुक्रबार ईन्डियन आईडियल स्कुलको सभाहलमा बनभोज तथा बिविध साँस्कृतिक कार्यक्रमको साथमा मनाईएको हो । विभिन्न भेषभुषामा सजिएका करिब एक हजार दर्शकहरुको उपस्तिथिमा कार्यक्रमको मुख्य आकर्षकको रुपमा रहेकी अतिथि कलाकार सम्झना लामिछाने मगर चम्फा चमेली,गित गाउदै जब स्टेज चढ्नुभयो, हलको माहोल तात्यो दर्शकको हुटिङले मन जित्यो । कौडा गित रुमाल धोएर घरमा पराल,देउना रुमाल बैना,फुल फुलेर पहेलै, यसै त डल्ली, जस्ता आफ्ना करिब एक दर्जन गित प्रस्तुत गर्नुभएको थियो । लामिछानेको प्रस्तुतिमा हलमा उपस्थित छमछ्मी नाचिरहे। कार्यक्रमको रुप रेखा अनुसार दुई चरण स्टेज चढेकी गायिका लामिछानेको प्रस्तुतिमा साझँ ...
