दर्शन सुनार/ लोकप्रिय दैनिक, कतार
सांझको ५ बज्न लागेको थियो । हलमा उपस्थित दर्शकहरुको नजर स्टेज तिरै पलको प्रखाईमा रहेको थियो । जब सुपरस्टार तथा नायक पलशाहको हलमा ईन्ट्री भयो,एकाएक कोहाहल मच्चियो, हुटिङ्ले मन जित्यो,जब जब शाह स्टेज चढेर सामुहिक नृत्यमा प्रस्तुति दिन सुरु गरे,वाह,वाह र तालीले तहल्का पिट्यो,नेपालमा हुने मेला महोत्सवको भन्दा कम थिएन पलको शानदार प्रस्तुति झन्डै आधा घन्टा भन्दा बढी पछिल्लो समय सर्वाधिक चर्चामा रहेका विभिन्न गितहरुमा सामुहिक नृत्यमा आफ्नो प्रस्तुति दिनुभयो ।
पछिल्लो समय युवापुस्ता माझ लोकप्रिय बनेका बिशेष गरि लोक गित,लोक पप र देउडा गित गाउने युवा पुस्तादेखी बृद्धसम्म सबैको रोजाईमा पर्ने भर्षटायल गायक टकं तिमिल्सिना स्टेज चढेर कतार सम्म आउन बाताबरण तय गर्ने कार्यक्रम संयोजक तिलु शर्मा पौडेल तथा आयोजक टिम प्रति हार्दिक आभार व्यक्त गर्दै आफ्नो प्रस्तुति राख्नुभयो । उहाँले स्वर्गकीअप्सरा, मनमाया, कुवाको पानी घैलामा,पैसा पैसा चिरिम्म,यो मुटु खाईरहने,परे माया जालैमा,दुई दुना चार,चल्यो बतास,चमक्क चमक्क,जस्ता एक दर्जन आफ्ना गितहरुमा झन्डै एक घन्टा आफ्नो प्रस्तुति राख्नुभयो । उहाँको प्रस्तुतिमा दर्शक मज्जैले झुमे,वान्च मोर पाईरहे,दर्शकहरु झुमिरहे ।
पहिलो पटक सांगीतिक यात्रामा कतारको स्टेज चढेकी नृत्यङ्गना तथा मोडल स्मारिका ढकालको एकल नृत्यले सबैको मन जित्यो,दुई चरणमा आफ्मो नृत्य पेश गरेकी थिइन् । ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद उल फितरको अवसर पारेर द गोर्खाज ईन्टरटेन्मेन्ट हाउस कतारको आयोजना तथा नेपाली फिटनेस टिम कतारको सह आयोजनामा कतारको अल लक्तामा रहेको टयुनिसियन स्कुलको सभाहलमा कार्यक्रमका ईभेन्ट म्यानेजर राकेश श्रेष्ठको सभापतित्व तथा नेपाली राजदूतावास कतारका प्रथम सचिब कृष्ण कुमार सुवेदीको प्रमुख आतिथ्यतामा “नेपाली ईद धमका,भब्य रुपमा सम्पन्न भएको हो ।
बिधिगत उदंघाटन सहित दिप प्रज्वलन गरेर अगाडी बढेको कार्यक्रममा कोरियोग्राफर तथा नृत्यङ्गना सृष्टि श्रेष्ठले (नेवारी) भेषभुषामा सजिएर मौलिक कुमारी स्वागत नृत्य राख्नुभएको थियो । खादा माला तथा भाषण रहित कार्यक्रममा गैर आवासिय नेपाली संघ एनसिसी कतारका अध्यक्ष रमेश भट्टले आफनो मन्तव्य बोल्दै पछिल्लो समय कतारमा हुने हरेक कार्यक्रममा आसन र भाषणले धेरै समय खर्चिने आफुले पाएको बताउदै यस कार्यक्रमबाट नेपाली समाजले शिक्न पर्ने बताउनु भयो ।
नेपाली फिटनेस टिमका सल्लाहकार कृष्ण ढकालले स्वागत मन्तव्य राखेको कार्यक्रममा कतारमा रहेका आधा डेढ दर्जन कलाकारहरुले गायन तथा सामुहिक नृत्य बिधामा आफ्नो सांगीतिक प्रस्तुति राख्नुभएको थियो । ईद धमका कार्यक्रमलाई सफल बनाउन विभिन्न माध्यमबाट सहयोग गरेका स्पोन्सर,सहयोगी संस्थाहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा सागितिंक प्रस्तुति दिएका स्थानीय कलाकार,कार्यक्रमको सुरुवाती समय देखी नै विभिन्न अन्लाईन मिडियाहरुले सुचना प्रचार–प्रचार तथा समाचार संकलन गरेर सहयोग गरेका सञ्चारकर्मीहरुलाई पारिश्रमिक सहित सम्मान गरिएको थियो ।
कार्यक्रमका सभापति श्रेष्ठले मानव सेवा आश्रम नेपालको लागी गरिएको कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्न साथ सहयोग सबैलाई एकमुष्ठमा धन्यवाद ब्यक्त गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथी तथा अतिथि कलाकारहरुलाई स्टेजमै मायाको चिनो सहित सम्मान गरिएको थियो भने कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक तिलु शर्मा पौडेलले गर्नु भएको थियो ।