‘द बेटर ड्राइभ इनिसिएटिभ’ कार्यक्रम सम्पन्न
विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिसेस प्लेटफर्म इनड्राइभले चालक साझेदारहरूको सशक्तीकरण र सामुदायिक संलग्नतालाई मजबुत बनाउन ‘द बेटर ड्राइभ इनिसिएटिभ – मनी, माइन्ड, म्यानर’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।
कार्यक्रममा आर्थिक साक्षरता, मानसिक स्वास्थ्य, शिष्ट व्यवहार र व्यावसायिक सेवाको महत्वजस्ता विषयमा ज्ञान र सीप प्रदान गरिएको थियो । यस पहलको उद्देश्य सुरक्षित, पेशागत र मैत्रीपूर्ण सवारी प्रणाली निर्माण गर्न चालकहरूलाई आवश्यक मनोबल र सीप विकास गर्नु रहेको इनड्राइभले जनाएको छ । सहभागी चालकहरूलाई वित्तीय योजना, सडक सुरक्षाका सावधानीहरू, मानसिक स्वास्थ्य व्यवस्थापन र उत्कृष्ट ग्राहक सेवा सम्बन्धी प्रशिक्षण दिइएको थियो । ट्राफिक प्रहरीका प्रतिनिधिहरूद्वारा सञ्चालित सत्रमा सडक सुरक्षा र नियम पालना सम्बन्धी जानकारी प्रदान गरिएको थियो । आर्थिक साक्षरताका लागि आईएमईका चिफ ग्रोथ अफिसर संजीव...
