सम्पर्क

समाचार

क्षमादेबीमाबीमा निशुल्क छात्रबास, बिहान ५बजेदेखी राती १०बजे सम्म निशुल्क पढ्न पाइने

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिकाले १२ कक्षासम्म निःशुल्क गरेर निःशुल्क शिक्षा लागु गरेसँगै क्षमादेवी माविबाट छात्र बासको समेत व्यवस्था गर्न सुरु गरेको छ । बाह्रबिसे नगरपालिका वडा नं. ३ मा रहेको क्षमादेवी माध्यमिक विद्यालयमा बिद्यार्थीहरुलाई शिक्षा सिकाइमा सहजता गर्नका लागी छात्र बासको व्यवस्था गरेको हो । मङ्गलवार नगर प्रमुख बालकृष्ण बस्नेतले उक्त छात्र बासको एक समारोहका बिच उद्घाटन गर्नु भएपछि नगरपालिकाले निःशुल्क शिक्षासँगै बिद्यार्थीहरुलाइ छात्र बासको व्यवस्था गरेको हो । सुरुमा उक्त विद्यालयका कक्षा १० मा अध्ययन गर्ने ३० जना विद्यार्थी र २ जना शिक्षक २ जना शिक्षिका गरी ४ जना शिक्षकलाई बस्ने व्यवस्था मिलाइएको छ । यसरी ३० जना विद्यार्थीलाई ४ जना शिक्षकले विद्यालय समय भन्दा अघिपछि पनि विद्यार्थीलाई अध्यापन गराउने गरी शिक्षा सिकाइको व्यवस्था गरिएको छ । छात्र बासको उद्घाटन गर्दै नगर...

साङ्गीतिक प्रस्तुति दिन कतार पुगेकी दोहोरी गायिका सम्मानित

ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार /लोकप्रिय दैनिक, कतार कतारमा आफ्नो सांगीतिक प्रस्तुति दिन पुगेकी कलाकार सम्मानित हुनुभएको छ । मगरहरुको प्रमुख राष्ट्रिय साँस्कृतिक चाड “माघ्या सकराटी“(मिनाम ल्हेस् ५०१८)– २०२५ को अवसर पारेर नेपाल मगर संघ शाखा कतारले आयोजना गरेको बिविध साँस्कृतिक तथा बनभोज कार्यक्रमको लागी आफ्नो प्रस्तुति दिन कतार पुगेकी गायिका सम्झना लामिछाने मगर सम्मानित हुनुभएको हो । उहाँलाई नेपाल मगर संघ शाखा कतारले एक कार्यक्रमको आयोजना गर्दै सम्मान तथा बिदाई गरेको हो । आईतबार बेलुका नज्मा स्थित गोरखा रेष्टुरेन्टको सभाहलमा संघका अध्यक्ष रेशम आले मगरको सभापतित्व तथा अतिथी कलाकार सम्झना लामिछाने मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सम्मान तथा बिदाई कार्यक्रममा संघका अध्यक्ष रेशम आले मगर,आदिवासी जनजातीका अध्यक्ष डिएन मगर संघका पुर्व अध्यक्ष बिवेक पुलामी मगर,संघका सल्लाहकार लगायत अन्य ब्यक्तित्...

बिभिन्न ब्यक्तिलाई सम्मान सहित ज्ञानमन्दीर माविको ४९आंै बार्षिकोत्सव सम्पन्न

#, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी वडा नं. ७ मा रहेको ज्ञान मन्दिर नमुना माध्यमिक बिद्यालयले बिभिन्न ब्यक्तिहरुलाई सम्मान गर्दै आफ्नो ४९औं बार्षिकोत्सव मनाएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले विद्यालयबाट वार्षिक रुपमा प्रकाशित हुने ज्ञानवाटिका नामक स्मारिका विमोचन गर्नुुभएको हो । उक्त स्मृतिमा विद्यालयका गतिविधि र शिक्षक तथा विद्यार्थीको संरचनालाई समेटिएको छ । चौतारा साँगाचोकगढी नगरपालिका र स्थानीय समाजसेवीको सहकार्यमा निर्माण भएको सरस्वती मन्दिरको नगर प्रमुख सापकोटाको बाहुलीबाट उद्घाटन गरिएको थियो । शिक्षाका विभिन्न क्षेत्रमा योगदान पु¥याउने तथा सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो । सोही अवसरमा विद्यालयका पूर्व विद्यार्थी तथा नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष धुर्व दङ्गाल, बिव्यास अध्यक्ष रामकृष्ण दङ्गाल, वडा नं ८ का अध्यक्ष अमृत दङ्गाल, स...

बागमती प्रदेशसभाको पाँचौँ अधिवेशन माघ १० गतेदेखि

ब्रेकिङ न्युज २, समाचार
बागमती प्रदेशसभा सचिवालयले यही माघ १० गतेदेखि पाँचौँ अधिवेशन बस्ने तयारी गरेको छ । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको पाँचौँ अधिवेशन माघ १० गतेदेखि सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । “प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने व्यवस्था छ”, सभामुख पाठकले भन्नुभयो, “प्रदेश सरकारले माघ १० गतेलाई अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने भन्ने कुरा भएको छ, त्यहीअनुसार हामी अधिवेशन सञ्चालनको तयारीमा जुटेका छौँ । सम्भवतः आइतबार वा सोमबारसम्ममा प्रदेश सरकारबाट यसको जानकारी आउँछ होला”, उहाँले भन्नुभयो । गत २०८१ वैशाख ३१ गतेदेखि सञ्चालन भएको बागमती प्रदेशसभाको चौथो अधिवेशन असोज ७ गते सकिएको थियो । सो अवधिमा बसेका ३८ बैठकले चारवटा विधेयक पारित गरेको थियोभने पाँचवटा विधेयक समितिमा पठाएको थियो । रासस...

कतारमा भब्य रुपमा मनाईयो माघ्या सकराटी गायिका लामिछानेलाई कतारमा दर्शकले दिए भरपुर्ण साथ

ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक, कतार मगरहरुको प्रमुख राष्ट्रिय साँस्कृतिक चाड “माघ्या सकराटी“ कतारमा भब्य रुपमा मनाईएको छ । नयाँ बर्षको अवसर पारेर (मिनाम ल्हेस् ५०१८)– २०२५ को अवसरमा नेपाल मगर संघ शाखा कतारको आयोजनामा शुक्रबार ईन्डियन आईडियल स्कुलको सभाहलमा बनभोज तथा बिविध साँस्कृतिक कार्यक्रमको साथमा मनाईएको हो । विभिन्न भेषभुषामा सजिएका करिब एक हजार दर्शकहरुको उपस्तिथिमा कार्यक्रमको मुख्य आकर्षकको रुपमा रहेकी अतिथि कलाकार सम्झना लामिछाने मगर चम्फा चमेली,गित गाउदै जब स्टेज चढ्नुभयो, हलको माहोल तात्यो दर्शकको हुटिङले मन जित्यो । कौडा गित रुमाल धोएर घरमा पराल,देउना रुमाल बैना,फुल फुलेर पहेलै, यसै त डल्ली, जस्ता आफ्ना करिब एक दर्जन गित प्रस्तुत गर्नुभएको थियो । लामिछानेको प्रस्तुतिमा हलमा उपस्थित छमछ्मी नाचिरहे। कार्यक्रमको रुप रेखा अनुसार दुई चरण स्टेज चढेकी गायिका लामिछानेको प्रस्तुतिमा साझँ ...

राष्ट्रिय विच भलिबल प्रतियोगिता प्रहरी क्लबको कब्जामा

खेलकुद, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिकाको सुकुटेमा आयोजित सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय विच भलिबल प्रतियोगिताको दुवै विधाको उपाधि नेपाल पुलिस क्लबले हाता पारेको छ । सुकुटेको सुनकोसी नदी बगरमा माघ १गते देखी सुरु भइ ५ गते समापन भएको फाइनल खेल जित्दै पुलिसका महिला तथा पुरुष जोडीले उपाधि हात पार्न सफल भएको हो । महिलातर्फ पुलिसका कमला पुन र मनिषा चौधरीको जोडीले फाइनलमा पुलिसकै पुनम चन्द र कामना बिष्टको जोडीलाई २१–१९ र २१–१० को सोझो सेटले पराजित गरेको थियो भने एपिएफका निरुता ठगुन्ना र नेविका चौधरीको जोडी तेस्रो बन्दा एपिएफकै रस्मिता दुरा र जस्ना महतोको जोडीले सान्त्वना स्थान हासिल गरेको छ । पुरुषतर्फ फाइनलमा पहिलो सेट गुमाएको पुलिसका चन्द्र कुँवर र सफल बिकको जोडीले एपिएफविरुद्ध पुनरागमन जित निकाल्दै उपाधिहात पारेको यिो । एपिएफएका रमेश बिक र बलिराम चौधरीको जोडीलाई पुलिसका यो जोड...

मेलम्चीमा राष्ट्रिय खुल्ला कराँते प्रतियोगिता सुरू

बिजनेस, ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार
राष्ट्रिय खुल्ला कराँते प्रतियाेगिता २०८१, समुदघाटन भएकाे छ । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले प्रतियाेगिताकाे उद्घाटन गर्नुभयाे । नेपाल गोजु–रियो कराँते–दो संघ शाखा डोजो मेलम्चीको आयोजनामा राष्ट्रिय खुल्ला कराँते प्रतियोगिता शुरू गरिएकाे हाे । प्रतियोगिता माघ ४ र ५ गते हुनेछ । खेलकूदको क्षेत्रको माध्यमबाट मेलम्ची नगरपालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र युवा पुस्तालाई खेल क्षेत्रमा आकर्षित गराउने मुख्य उद्देश्यले प्रतियोगिता आयोजना गरिएकाे प्रतियोगिता आयोजक समितिका संयोजक एवम् नेपाल गोजु–रियो कराँते–दो सघंका केन्द्रिय सचिव सानुबाबु गिरीले जानकारी दिनुभयो । कराँते खेललाई मेलम्ची नगरपालिका र सिन्धुपाल्चोक जिल्लामा विकास र विस्तार गर्ने, खेलकुदको क्षेत्रबाट मेलम्ची नगरपालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने, मेलम्ची नगरपालि...

बाह्र्बिसे राष्ट्रपति रनिङ्ग शिल्डमा क्षमादेबीले राख्यो इतीहाँसमा पहीलो रेकर्ड

#, कृषि, खेलकुद, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला बाह्र्बिसे नगरपालिकाको क्षमादेवी माध्यमिक बिद्यालयले आफ्नो बिद्यालयलाइ राष्टपती शिल्ड आचफ्नो निजी बनाएर इतीहाँसमा नै पहीलो रेकर्ड राखेको छ । क्षमा देबी माबीले माघ ३ र ४ गते सन्चालित बाह्रबिसे नगरपालिका स्तरिय छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बिभिन्न खेल बिधामा २० स्वर्ण , १६ कास्य र १५ रजत पदक सहित प्रथम स्थान हासिल गर्न सफल हुनुका साथै लागातार तेश्रो पटक प्रथम हुन सफल भै शिल्ड आफ्नो बनाउन सफल भएको हो ।  बिहीबार शुरु भएको खेल सुक्रबार सम्पन्न भएको थियो र बिहीबार खेलको उद्धघाटन समारोहको प्रमुख अतिथी बालकृष्ण बस्नेत रहनु भएको थियो भने बार्यक्रमको सभापतीत्व प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माले गर्नु भएको थियो । बिशेष अतिथी उप पंमुख मन्जु तामाङ्ग रहनु भएको खेलको शुरुवातमा नगर प्रमुख बस्नेतले अनुशासित र व्यवस्थ्ीत खेल खेलेर खेलको बिकासमा सहयोग गर्न आग्रह ...

अशोक पराजुलीको नेतृत्वमा प्रेस सेण्टर

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार
  सिन्धुपाल्चोक जिल्लाको पे्रस सेण्टरले आफ्नो सातौ जिल्ला अधिबेशनबाट अशोक पराजुलीलाइ सेण्टरको नेतृत्वको जिम्मेवारी दिएको छ। प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकको चौतारामा शुक्रबार भएको सातौं जिल्ला अधिवेशनबाट पराजुलीको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्ब सम्मत भएको हो।सातौ अधिबेशनले उपाध्यक्षमा शालिगराम दुलाल र दिलमाया खड्का, सचिवमा निर्मल बस्नेत, सह–सचिवमा युवराज गिरी र कल्पना श्रेष्ठ, कोषाध्यक्षमा केशव अधिकारी चयन हुनु भएको छ।सदस्यहरुमा मिलन तामाङ, निरुता श्रेष्ठ, अर्जुन विश्वकर्मा, रामकृष्ण पराजुली, सुवाष अर्याल प्रेम तामाङ रहनु भएको छ भने केन्द्रीय प्रतिनिधिमा जीवन श्रेष्ठ र दिनेश दुलाल सर्बसम्मत हुनु भएको छ । यसै गरी प्रदेश प्रतिनिधिमा टिका दाहाल, मणिसुन्दर कोइराला, दिपक खत्री र अस्मि स्याङ्तान चयन हुनु भएको छ। अधिवेशनको नेकपा माओवादीका केन्द्रीय सदस्य एवम् चौतारा साँगाचोकगढी नग...

सागिंतिक प्रस्तुतिका लागी चर्चित गायिका सम्झना लामिछाने मगर कतारमा

ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार /लोकप्रिय दैनिक, कतार नेपाल मगर संघ शाखा कतारको आयोजनामा शुक्रबार हुन लागेको मगरहरुको प्रमुख राष्ट्रिय साँस्कृतिक चाड “माघ्या सकराटी” कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिन नेपालबाट आमन्त्रित अतिथि कलाकार कतार आईपुग्नुभएको छ । “सम्पूर्ण मगरहरूको एकता अहिलेको आवश्यकता“ भन्ने मूल नाराका साथ (मिनाम ल्हेस् ५०१८)– २०२५ को अवसरमा आयोजित वनभोज तथा बिविध साँस्कृतिक कार्यक्रमका लागी चर्चित लोक तथा दोहोरी गायिका सम्झना लामिछाने मगर बुधबार राती कतार आईपुगेकी हुन । अतिथि कलाकार लामिछाने मगरलाई भब्य स्वागत गर्नको लागी कार्यक्रम संयोजक,सह संयोजक लगायत अन्य विभिन्न पदाधिकारीहरु हमद अन्तर्राष्ट्रिय विमान स्थलमा पुगेका थिए । संघले हरेक बर्ष मनाउदै आएको आफ्नो साँस्कृतिक चाड बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि नयाँ बर्षको अवसर पारेर आयोजना गरिएको कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कार्यक...