मुडुलाकार्की को कुल पुजा र देवाली
कठमाण्डौं,जेठ ११
वैशाखे पुर्णिमा अर्थात उभौली पुर्णिमाका अवसरमा क्षेत्री जातीमा पर्ने मुडुला कार्कीहरुको देशका विभिन्न स्थानहरुमा सामुहिक कुलपुजा र देवाली सम्पन्न भएका छन् ।
ललितपुर जिल्लाको बज्रबाराही मन्दिर चापागाउमा आयोजित मुडुला कार्की कुलायन व्यवस्था समिति केन्द्रीय समितिको वार्षिक साधारण सभा तथा कुलपूजा सो सस्थाका अध्यक्ष कैलाश कार्कीको अध्यक्षता सम्पन्न भएको छ ।
सो कार्यक्रममा प्रमुख अतिथि सो सस्थाका सल्लाहकार तथा नेपाल सरकारका पूर्व महान्यायाधिवक्ता बद्री बहादुर कार्कीको आतिथ्यमा सम्पन्न जनाईएको छ ।
सो कार्यक्रममा बिशिस्ट अतिथिहरु मनहरा कागेश्वरी नगरपालिकाका मेयर उपेन्द्रकुमार कार्की पूर्व साम्सद सुरेश कार्की पूर्व अमेरिकी राजदूत अर्जुन कार्की नेपाल सरकारका पूर्व सचिव तथा लुम्बिनी प्रदेश संयोजक भक्त बहादुर कार्की , पूर्व सचिव मोहन बहादुर कार्की , क्षेत्री समाजका केन्द्रीय उपाध्...
