सिन्धुपाल्चोक जिल्लाको चौतारा अस्पतालमा डाइलासिस (रगत शुद्धीकरण) सेवा सुरु भएको छ । सिन्धुपाल्चोक जिल्ला २ नं. क्षेत्रका संघीय सांसद पूर्व स्वास्थ्य मन्त्री माननीय मोहन बहादुर बस्नेतले एक समारोहका बिच डाइलासिस सेवाको उद्घाटन गर्नु भएपछी अस्पतालले सो सेवा सुरु गरेको छ । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ गैरिगाउँका ५१ बर्षीय शर्मीला तामाङबाट सो सेवा सूरुवात गरिएको छ । डाइलासिस सेवाका लागि डा. सरोज श्रेष्ठको नेतृत्वमा तिन जना नर्स समेत परिचालित हुने भएका छन् ।
अस्पतालमा ५ वटा मेशीन रहेको छ भने दैनिक १० जना बिरामीले सेवा लिने अस्पताल मेडीकल सुपरिटेन्डेन्ट डा. रुद्रमणी भण्डारीले जानकारी दिनुभयो । सेवाको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी बस्नेतले अस्पताललाई आबश्यक पर्ने सामाग्रीहरु आफुले उपलब्ध गराउँने तर दक्ष जनशक्तिको पनि व्यवस्था गर्न पर्ने भएकाले त्यस तर्फ ध्यान दिन जरुरी रहेको बताउँनु भयो । पुर्व मन्त्री बस्नेतले सिन्धुपाल्चोकका थुप्रै मिर्गौला फेल भएका विरामीले डायलाईसिसकै लागि काठमाडौं जानु पर्ने र त्यहाँका अस्पतालहरुमा पनि पालो कुर्नु पर्ने बाध्यता रहेको स्मरण गर्दै आफु स्वास्थ्य मन्त्री हुँदा चौतारा अस्पतालमै यो सेवा उपलब्ध गराउन ५ वटा डायलाइसिस मेसिन अस्पताललाई प्रदान गर्ने निर्णय गरेको बताउँनु भयो ।
उहाँले ‘मिर्गौला फेल भएका विरामीका लागि उत्तम उपाय भनेकै प्रत्यारोपण हो डायलाईसिस विकल्प मात्र हो । त्यसैले प्रत्यारोपणमा विशेष जोड दिनुपर्छ भन्नुभयो । उहाँले अस्पतालको भौतिक संरचना, जनशक्ति र उपकरणका लागि पनि आफुले बारम्बार सहयोग गर्दै आइरहेको र भविष्यमा पनि जारी राख्ने प्रतिबद्वता व्यक्त गर्दै बस्नेतले अस्पताललाई ईसिजी मेसिन लगायतका उपकरण सहयोग स्वरुप हस्तान्तरण गर्नूभयो । उहाँले आफु सत्तामा रहँदा होस या नरहँदा होस् हरेक कामका लागि सक्षम रहेको बताउँदै स्वास्थ्य शिक्षा नै मुख्य सम्पति भएकाले यसका लागि आफुले हरेक सहयोग गर्ने बताँउनु भयो ।
बिशेष अतिथी बागमती प्रदेशसभा सदस्य कुष्ण कुमार तामाङ (समिर) ले सिन्धुपाल्चोक जिल्ला भौगलिक कारणले पनि ठुलो भएकोले मेलम्चीलाई पनि प्रादेशिक अस्पताल बनाउँन लागेको जानकारी दिनुभयो । यसैगरी अर्का बिशेष अतिथी जिल्ला सम्मन्वय समिती सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठले चौतारा अस्पतालले यो सेवा सुरु गरेकोमा बिशेष धन्यबाद दिंदै मृगौला रोगीहरुको उपचारका समस्यामा परेका सिन्धुबासीलाई सहज भएको बताउँनु भयो । चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले नगरपालिकामा रहेको प्रदेश स्तरिय अस्पताललमा फिजीयो थेरापीका लागी मेशीन भएको तर जनशक्ति नभएकाले नगरबाट जनशक्ति ब्यबस्था गरेको बताउँनु भयो । प्रमुख जिल्ला अधिकारी किरण थापाले भवनसँगै स्वास्थ्य सेवामा उपलब्धी हुनपर्ने बताउँनु हुँदै डायलाईसिस सेवा सुरु हुनु खुशीको कुरा हो तर जनशक्ति अभावमा भोलिका दिनमा सेवा बन्द हुनु पर्ने अवस्था आउन नदिन सबै लागि पर्नुपर्ने बताउँनु भयो । कार्यक्रममा नगर उपप्रमुख सिता थापाले चौतारा अस्पातलले जति गुणस्तरीय सेवा दिन्छ त्यती नै नगरपालिकाको पनि इज्जत बढ्ने भएकाले भबना निर्माण गरी अस्पताललाई प्रदेस स्तरमा बिकास गर्न सबैको सहयोग रहेको बताउँनु भयो । यसैगरी अस्पतालका अध्यक्ष टंक कार्कीले अस्पतालको बिकासका लागि आफुहरुले ठुलै योगदान गरेको र यसका लागि मोहन बस्नेतको मुख्य भुमिका रहेको बताउँनु भयो । कार्कीले पुर्व मन्त्री बस्नेत पदमा भएको बेला होस् नभएको बेला सधै जिल्लाको विकासका लागि सधै नथाक्ने नेता भएको दावी गर्दै चौतारा अस्पतालमा डायलाईसिस सेवा सञ्चालनमा बस्नेतले ठुलो सहयोग गर्नु भएको बताउँनु भयो ।
कार्यक्रमको समापन गर्दै मेडीकल सुपरिटेन्डेन्ट डा. रुद्रमणी भण्डारी ले डायलासिस गर्नका लागि महँङ्गो अस्पताल जानुपर्ने बाध्यता हटेको अस्पतालमा हाललाई सो सेवा निःशुल्क प्रदान गरिएको बताउँनु भयो । डा. भण्डारीले बस्नेत स्वास्थ्य मन्त्री भएको समयमा ५ वटा डाइलोसिस गर्ने मेशिन अस्पताललाई उपलब्ध गराउनुभएको थियो । जनशक्ति र ठाउँ अभावका कारण समयमै सो सेवा विस्तार गर्न नसकेकोे बताउनुहँुदै अब सेवा निरन्तर हुने बिश्वास दिलाउँनु भयो । डा. भण्डारीले ५० शैयाबाट अस्पतालले सेवा दिइरहेको जानकारी दिदै आजबाट सञ्चालनमा आएको डायलाईसिस सेवाका लागि एक जना तालिम प्राप्त चिकित्सक डा.सरोज श्रेष्ठ र ३ जना स्टाप नर्स स्वस्तीका थापा, अस्मीता भुषाल र अनमिका कुँवरलाई खटाइएको जानकारी दिनुभयो । कार्यक्रममा अस्पतालमा उत्कृष्ठ सेवा प्रदान गर्नु भएका डा.रोसन चौधरी र कार्यालय सहयोगी जित बहादुर तामाङलाई सम्मान गरिएको थियो भने अस्पतालले प्रमुख अतिथी बस्नेतलाई माँयोको चिनोले स्वागत गरेको थियो । लेखा अधिकृत खडानन्द घिमिरेले उपस्थितीलाई मन्तब्यद्धारा स्वागत गर्नुभएको थियो भने चण्डीका श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।