नेकपा एमाले सिन्धुपाल्चोक द्धारा वर्षेनी हुने विपदजन्य घटनाबाट सिन्धुपाल्चोक जिल्ला आक्रान्तरहेको जनाएको छ । पाटीले एक बिज्ञप्ती जारी गर्देै यस्तो बताएको हो । पाटी अध्यक्ष होमनारायण श्रेष्ठले बिज्ञेप्ती प्रकाशन गर्दै विपदको यस घडीमा पार्टी केन्द्र समेतको निर्देशन बमोजिम पालिका कमिटी तथा वडा कमिटीहरुले तय गरेका दशैं अगाडीका शुभकामना आदनप्रदान तथा चियापान लगायतका निर्धारित सम्पुर्ण कार्यक्रम स्थगन गरी खोज, उद्धार र राहतका काममा केन्द्रित हुन सम्पुर्ण पार्टीपंक्तीलाई निर्देशन गरिएको छ । बिज्ञेप्तीमा वर्षेनी हुने विपदजन्य घटनाबाट सिन्धुपाल्चोक जिल्ला आक्रान्त छ । यस वर्षको मनसुनको उत्तरार्द्धमा परेको अप्रत्यासित अविरल वर्षाले जिल्लामा ठुलो जनधनको क्षती भएको छ । यस सन्दर्भमा जिल्लाबाट माथिल्लो कमिटीमा प्रतिनिधित्व गर्ने नेता कमरेडहरु समेतको उपस्थितिमा मिति २०८१ आश्विन १३ गते जिल्ला कमिटिका उपलव्ध सदस्यहरुको आकस्मिक भर्चुअल बैठक बसी विपद प्रतिकार्य सन्दर्भमा पार्टीको सम्पुर्ण ध्यान केन्द्रित गर्ने निर्णय भएको छ ।विहिवारदेखि परेको अविरल वर्षाका कारण सिर्जित विपदबाट हाल जुगल गाउँपालिकामा २ जना, लिसंखुपाखर गाउँपालिकामा ५ जना, सिन्धु वीच रिसोर्टमा बास बसेका, दोलखाका १, कोरियन नागरिक २ सहित ३ जना गरी हालसम्म १० जनाको निधन भइसकेको छ भने जुगल गाउँपालिका वडा नं १ सेलाङका २ जना वेपत्ता हुनुहुन्छ । भोटेकोशी, ब्रम्हायणी, इन्द्रावती, मेलम्ची लगायतका नदीमा आएको बाढीले तटीय क्षेत्र कटान तथा डुवानबाट धेरै नै क्षती पुगेको छ । थुप्रै ठाउँमा सडक भासिने, भत्किने भई आवागमन रोकिएको छ । लार्चा बेलिब्रिज, लिपिङ बजारको मोटरेवल पुल बाढीले बगाएको छ । भोटेकोशी गाउँपालिका, जुगल गाउँपालिका, पाँचपोखरी गाउँपालिकाका मूख्य सम्पर्क सडकहरुमा अवरोध छन् । विद्यालय भवन, व्यक्तीको घर गोठ, होटल, प्रहरी चौकी भवन लगायतका दर्जनौं संरचनामा पूर्ण तथा आंशिक क्षती पुगेको छ । विपदका कारणले महिला, वालवालिका, ज्येष्ठनागरिक, अशक्त, गर्भवती, सुत्केरी तथा दिर्घरोघीहरुको जनजीवन कष्टकर बनेको छ । विपदको यस दुःखद् घडीमा मृतकहरुप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं । वेपत्ता भएका व्यक्तीहरुको अविलम्व खोजी गर्न, घाइतेहरुको निःशुल्क औषधोपचारको व्यवस्था मिलाउन र घरवारविहिनहरुको खोज, उद्धार, राहत तथा सुरक्षित आवासको व्यवस्थापन मिलाउन सम्वन्धित निकायको गम्भिर ध्यानाकर्षण गराउदछौं ।प्रतिकुल मौसमका बाबजुद खोज, उद्धार, राहतमा खटिने तथा सहि सूचना संप्रेषणका लागी नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारको आपतकालिन पहल, जिल्ला विपद व्यवस्थापन समिति, नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी, सामाजिक संघसंस्था, संचारकर्मीहरु, नेकपा (एमाले) लगायत राजनीतिक दलका स्थानीय कमिटी एवं सम्पुर्ण जनसंगठन प्रति हार्दिक आभार प्रकट गर्दछौं ।
नजिकिदै गरेको दशैंको सम्मुखमा व्यहोर्नु परेको यस विपदलाई प्रभावकारी ढंगले सामाना गर्नुको विकल्प छैन । भत्किएका पुलको अस्थायी विकल्प अविलम्व तयार गर्ने तथा अवरुद्व सडकमार्ग खुलाई आवागमन सुचारु बनाउने एवं विद्युत लाइन, खानेपानी लाईन निर्माण गरी जनजीवन सहज बनाउन सम्वन्धित निकाय समक्ष अनुरोध गर्दछौं । विपदको यस घडीमा पार्टी केन्द्र समेतको निर्देशन बमोजिम पालिका कमिटी तथा वडा कमिटीहरुले तय गरेका दशैं अगाडीका शुभकामना आदनप्रदान तथा चियापान लगायतका निर्धारित सम्पुर्ण कार्यक्रम स्थगन गरी खोज, उद्धार र राहतका काममा केन्द्रित हुन सम्पुर्ण पार्टीपंक्तीलाई निर्देशित गरिन्छ । भनीएको छ ।