सम्पर्क

माननीय मोहनबस्नेतद्धारा डेढलाख सहयोग

अबिरल बर्षाका कारण देशैभरी जनधनको क्षेती भइरहेको छ । यो अबस्थामा हरेक नागरिकले आफ्नो र छर छिमेकमा हुन सक्ने बाढी पहीरोबाट बच्नका लागी सतर्कता अपनाउँन पर्दछ । कसले के भन्छ मलाइ थाहा छैन कोही साथीहरु गफ गर्नु हुन्छ, कोही साथीहरु छलफलमात्र गर्नु हुन्छ मलाइ गफ, कुरा भन्दा बढी नागरिकको सेवाको काम गर्नु पर्छ भन्नु हुँदै पुर्ब मन्त्री नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत यती बेला बाढी पहीरोबाट ज्यान गुमाएका परिबारलाइ सान्त्वोना दिदै पिडीतलाइ राहत सहयोगमा जुट्नु भएको छ । उँहाले बाढी पहिरो प्रकृति बिपदमा परि अकालमै ज्यान गुमाएका मृतकका परिबारलाई थोरै भएपनि सहयोग पुगोस भन्दै सिन्धुपाल्चोकमा ज्यान गुमाएका परिवारका परिवार सदस्यलाई प्रति व्यक्ति ५० हजारका दरले सहयोग दिने घोषणा गनुभएको थियो । त्यसै क्रममा लिसंखु पाखर गाउँपालिका वडा नं–३ गुरुम्राङमा बाढि पहिरोबाट ज्यान गुमाउन पुग्नु भएका बर्ष २६ सिर्जना मोक्तान, बर्ष ९ कि सेमसांंङ लामा योञ्जन र बर्ष ६ का सेमियङ लामा योञ्जन ३ जना मृतकलाई जनही ५० हजारका दरले मृतकका आफन्तलाई १लाख ५० हजार हस्तान्तरण गर्नुभएको छ । त्यसै गरि नेपाली कांग्रेस लिसंखु पाखर गाउँपालिका सभापति जोगलाल तामाङ (जेठा) ले ५० हजार कांग्रेस नेता डुबाछिरिङ लामा २५ हजार सहयोग हस्तान्तरण गर्नु भएको कुमार बस्नेतले जानकारी दिनु भयो । रकम हस्तानन्तरण गर्दे बस्नेतले यस्ता दुखको घटनाका बारेमा समाचार समेत पढ्न र सुन्न नपरोस भन्दा भन्दै आँखाले देख्न पर्यो भन्दै आफुलाइ पनी पिडा भएको बताउँनु भयो । उँहाले पंकृती प्रकोप कसैले रोक्न सक्दैन तर पनी सके सम्म बच्नका लागी हरेक प्रयास गर्नुू पर्छ यसरी प्रयास गर्दा गर्दै पनी कतीले ज्यान गुमाउँन परेको छ भन्नु हँुदै यो समय मा गफ गर्ने भन्दा पनी जे सकेको उद्धार कार्यमा सहयोग गर्न सबैमा अनुरोध गर्नु भयो । यो अबस्थामा यो पाटी त्यो पाटी होइन म नेपाली जनातका साथमा रहन्छु त्यसकारण पाटी भन्दा पनी नागरिकको दुख सुखको साथी हुन पर्छ भन्नु भयो । बाढी र पहिरोका कारण सिन्धुपाल्चोकमा मात्र १३ जनाले ज्यान गुमाएका छन।