सिन्धुपाल्चोक जिल्लको मेलम्च्ी नगर पालिकाका प्रमुख समेत रहनु भएका आइतमान तामाङ नेपाल वादोकाई कराँते संघको चौथो अधिवेशन बाट राष्ट्रीय अध्यक्षमा निर्बाचित हुनु भएको छ । सोम बार काठमाडौमा सम्पन्न भएको साधारणसभा बाट तामाङको अध्यक्षमा २३ सदस्य कार्य समिति निर्विरोध निर्वाचित हुनु भएको हो । सघको उपाध्यक्षमा काभ्रेका देबवहादुर लामा,बाँकेका कमल बस्नेत,मकवानपुरका शशिकुमार तितुङ, काभ्रेको जेबि अधिकारी( दिपक), बाराको गोवर्धन खड्का( सुमन) सुस्मिता तामाङ,सुदुरपश्चिमका चुडामणी भट्ट ।रहनु भएको छ भने ,महासचिवमा दोलखाका नारायणबहादुर मगर,कोषाध्यक्षमा काठमाडौका सुजेन्द्र केसी,सचीवमा महेश महर्जन, रोदाना घिमिरे, र सदस्यहरुमा देवकुमार कोइराला,मोहन तामाङ,अमिर लामा,सोमबहादुर तामाङ,रामकृष्ण अधिकारी,नारायण सापकोटा,भक्तबहादुर तामाङ,रुपा महर्जन, लगायत २३ जनाको कार्यसमिति निर्विरोध निर्वाचित भएको अध्यक्ष तामाङले जानकारी दिनुभयो ।नेपाली काङ्ग्रेस बागमती प्रदेश सभापति एवम् पुर्व मन्त्री इन्द्र बानियाँको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशेष अतिथि नेपाली काङ्ग्रेस सिन्धु पाद्यचोकका जिल्ला सभापति जंगबहादुर लामा,लोकतान्त्रिक खेलकुद महासघको केन्द्रिय सदस्य गोविन्द शेरचन लगायतको उपस्थिति रहेको थियो । निर्वाचित पदाधिकारीलाई निर्वाचन अधिकृत हरिबहादुर कार्कीले प्रमाणपत्र वितरण गर्नुभयो भने सपथ ग्रहण आगामी कार्यसमिति बैठकमा गर्ने कार्यक्रम तय गरिएको अध्यक्ष तामाङले बताउनुभयो । कार्यक्रम पुर्व अध्यक्ष मुरारी तामाङको अध्यक्षतामा भएको थियो । यस अघिको कार्यकालमा सचीव रहनुभएका आइतमान तामाङ मेलम्ची नगरलालिकाको प्रमुख समेत हुनुहुन्छ ।२८ औं बार्षिक साधारणसभा तथा चौंथो अधिवेशनको अवसरमा दोस्रो स्थानीय तह निर्वाचनमा संघको सदस्य भएर मेलम्ची नगरपालिकाका प्रमुख भएकोमा आइतामान तामाङ,टोखा नगरपालिकाको उपप्रमुख भएकोमा मुरारी तामाङ र नेपाल कराते महासघको उपाध्यक्ष हुँदै विभिन्न अन्तर्राष्ट्रिय पदक विजेता भएकोमा डाक्टर ओमकृष्ण प्रसाइलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथी नेपाली काङ्ग्रेस बागमती प्रदेश सभापति एवम् पुर्व मन्त्री इन्द्र बानियाँले वादोकाई कराँते संघको सबै पदाधिकारीहरुलाइ बधाइ दिनु हुँदै यसले मानीसको स्वास्थ्यको लागी वरदान त सावीत नै गर्छ मानीसको हरेक कृयाकलनपमा पनी यसकले ठुलो संरक्षण गर्ने भएकाले हरेक नागरिकले कराते सिक्न पर्ने बताउँनु भयो ।