सम्पर्क

विचार

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

#, ब्रेकिङ न्युज २, विचार, समाचार
काठमाडौँ, ३१ जेठः प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी असार १ र २ गते छलफल हुने भएको छ । मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको आगामी असार ३ र ४ गते सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । असार १ गते युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, सूचना तथा सञ्चार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ(्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुनेछ । असार २ गते विज्ञान, प्रविधि तथा नवप्रवर्तन, कानुन न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, परराष्ट्र, अर्थ र रक्षा, प्रधानमन्त्...
मुलखर्कमा कानुनी सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

मुलखर्कमा कानुनी सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

#, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, शिक्षा, समाचार
सिन्धुपाल्चोक– नागरिकमा कानुनी ज्ञान र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका – ८ मुलखर्कस्थित श्री आदर्श विद्या मन्दिर आधारभूत विद्यालयमा कानुनी सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गयिरएको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय समुदायका प्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापा प्रमुख अतिथि तथा वडा नं. ८ का वडा अध्यक्ष अमृत दङ्गाल विशेष अतिथिका रूपमा उपस्थित हुनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख थापाले कानुनसम्बन्धी आधारभूत जानकारीका अभावले व्यक्तिलाई विभिन्न समस्या र अन्यायको सामना गर्न बाध्य बनाउने बताउनुभयो । उहाँले आफ्नो अधिकार, कर्तव्यप्रति सचेत नागरिक निर्माण गर्न वि...
पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

#, कृषि, ब्रेकिङ न्युज १, विचार, समाचार
मुग्लिन (चितवन), २९ जेठः चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित गर्न अनुदान कार्यक्रम सञ्चालन गरेको छ । वडा नं ४ का किसानलाई भैँसीपालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत अनुदानमा दुहुना भैँसी हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिनुभयो । बागमती प्रदेश र इच्छाकामना गाउँपालिकाको सशर्त अनुदानमा सञ्चालित कार्यक्रमअन्तर्गत निर्माण भएका गोठ तथा खरिद गरिएका दुहुना भैँसीको अनुगमन समेत गरिएको छ । गाउँपालिकाका अनुसार भैँसी प्रवर्द्धन कार्यक्रमअन्तर्गत अनुदानका लागि गोठ निर्माणका लागि २० जना र दुहुना भैँसी खरिदका लागि गर्ने ३५ जना किसानले निवेदन दिएका थिए । जसमध्ये हालसम्म २० जना किसानले दुहुना भैँसी खरिद गरिसकेका छन् । ती भैँसी गोठमै पुगी अनुमगन गर्नुका साथै भैँसी हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ । अध्यक्ष गुरुङका अनुसार ५० प्रतिशत अनुदानअन्...
अध्ययन भिसा सिफारिस प्रकरणमा छानबिन गर्न समिति गठन

अध्ययन भिसा सिफारिस प्रकरणमा छानबिन गर्न समिति गठन

#, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, शिक्षा, समाचार
काठमाडौँ, २९ जेठ: शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका विषयमा कर्मचारीको संलग्नताका सम्बन्धमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । अध्ययन भिसा सिफारिसका सम्बन्धमा पेस गरिएका पत्र तथा कागजात नक्कली भएको बारेमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न मन्त्रीस्तरीय निर्णयअनुसार समिति गठन गरिएको जनाइएको छ । मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिका सदस्यमा मन्त्रालयकै उपसचिव (कानुन) गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई रहनुभएको छ । समितिलाई घटनासँग सम्बन्धित मन्त्रालयका कर्मचारीहरूको भूमिका तथा जिम्मेवारीबारे आवश्यक अनुसन्धान गरी सात दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ । अध्ययन भिसा सिफारिस प्रक्रियामा कर्मचारीहरूको संलग्नता, कागजात प्रमाणीकरणको अवस्था तथा प्रक्रियागत कमजोरीबारे...
काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना ः७ जनाको मृत्यु, १५ जना घाईते

काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना ः७ जनाको मृत्यु, १५ जना घाईते

#, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
.   काभ्रेपलाञ्चोक जिल्लाको बुच्चाकोट क्षेत्रमा यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । बिपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका –२ स्थित बुच्चाकोटमा भएको उक्त दुर्घटनामा १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुर्घटनापछि घाईतेहरुलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाईएको छ । मृतकहरुको पहिचान तथा दुर्घटनाको विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बनेपाबाट रोशी गाउँपालिका हुँदै खार्पाचोक –सुङ्गुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुल्न बाँकी रहेकाले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ...
त्रिपुरासुन्दरी  गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषित

त्रिपुरासुन्दरी  गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषित

#, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
  सिन्धुपाल्चोक– सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकालाई पालिकास्तरीय पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा आयोजित एक विशेष कार्यक्रमकम बीच यो महत्वपूर्ण घोषणा गरिएको हो । कार्यक्रममा गााउँपालिकाले खोप कार्यक्रमलाई आगामी दिनमा अझ प्रभावकारी, व्यवस्थित र निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । गाँउपालिकाका अध्यक्ष भक्तध्वज बोहराको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष गिताकुमारी नेपालको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुनिल नेपाली , जनस्वास्थ्य कार्यालयका प्रतिनिधि ,निसान सापकोटा तथा विभिन्न वडाका अध्यक्षहरु सिताराम थापा , रमेश राउत, शिव कुमार कार्की , टेक बहादुर गुभाजु, यादप श्रेष्ठ र रमेश बोहराको उपस्थिति रहेको थियो । कार्यक्रममा रमेश बोहरा लगायतका स्थानीय प्रतिनिधिहर...
सार्वजनिक जग्गा अतिक्रमण  भएको दाबी गर्दै स्थानीयद्धारा छानबिनको माग

सार्वजनिक जग्गा अतिक्रमण भएको दाबी गर्दै स्थानीयद्धारा छानबिनको माग

#, ब्रेकिङ न्युज १, विचार, समाचार
काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–४ का स्थानीय बासिन्दाले सार्वजनिक जग्गा संरक्षणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। उनीहरूले आफूहरूले यसअघि विभिन्न सरकारी निकायमा दिएको उजुरीमाथि प्रभावकारी पहल नभएको दाबी गर्दै प्रधानमन्त्री तथा अन्य सरोकारवाला निकायसँग हस्तक्षेपको माग गरेका छन्। स्थानीयका अनुसार साविक मेथिनकोट गाविस–२ (हाल नमोबुद्ध नगरपालिका–४) अन्तर्गत रहेको कित्ता नम्बर ३०४ को ११–११–२–० क्षेत्रफल भएको जग्गा विगतदेखि गौचरण तथा वन क्षेत्रका रूपमा परिचित रहेको थियो। सोही जग्गा व्यक्तिगत नाममा दर्ता गरी किनबेच गरिएको र त्यसबाट ठूलो आर्थिक लाभ लिइएको दाबी उनीहरूको छ। उक्त विषयमा स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, वन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक लगायतका निकायमा उजुरी दिएका थिए। उजुरीमा जग्गा दर्ता तथा किनबेच प्रक्रियामा केही...
आलेख : मानव–वन्यजन्तु द्वन्द्व बढ्दो चुनौती

आलेख : मानव–वन्यजन्तु द्वन्द्व बढ्दो चुनौती

#, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, समाचार
काठमाडौँ, २८ जेठ : पछिल्लो समय संरक्षित क्षेत्र वरपर बढ्दो जनघनत्व एवं अव्यवस्थित भू–उपयोगका कारण वन्यजन्तुको वासस्थानमा भएको क्षयीकरण एवं सङ्कुचनले गर्दा वन्यजन्तुहरुले आफ्नो वासस्थान छाडी गाउँ बस्तीमा पस्ने गरेका छन् । यसबाट संरक्षित क्षेत्रभित्र तथा यसको वरिपरी बसोबास गर्ने समुदायको वन्यजन्तुबाट मानवीय तथा आर्थिक क्षति हुँदै आएको छ । खासगरी हात्ती, बाघ, गैंडा, हिउँचितुवा, हिमाली कालो भालु, काठे भालुलगायतका वन्यजन्तुको आक्रमणबाट मानिसको मृत्यु तथा घाइतेका साथै बालीनाली, घर, गोठको क्षति हुने गरेको छ । अर्काेतिर बाँदर, बँदेल, नीलगाई र दुम्सीबाट कृषि बालीमा हुने क्षति मुलुकभर बढ्दो छ । यसले गाउँबस्ती नै विस्थापित हुने अवस्था सिर्जना भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार पछिल्ला वर्षहरुमा मानव–वन्यजन्तु द्वन्द्व एक टड्कारो समस्याको रुपमा देखा परेको छ । आर्थिक वर्ष २०८१÷८२ मा मात्...
सुनसरीमा ‘सुरक्षित सिटी सफारी चालक अभियान’ सुरु

सुनसरीमा ‘सुरक्षित सिटी सफारी चालक अभियान’ सुरु

ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
धरान (सुनसरी), २८ जेठः सिटी सफारी सञ्चालनलाई व्यवस्थित, सुरक्षित र जिम्मेवार बनाउन सुनसरीमा सुरक्षित सिटी सफारी चालक अभियान सुरु गरिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले बुधबार क्युआर कोडसहितको ‘सुरक्षित चालक पोसाक’ वितरण गर्दै अभियानको औपचारिक शुभारम्भ गरेको हो ।  कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले इटहरीमा आयोजित कार्यक्रममा ३०० जना सिटी सफारी चालकलाई उक्त पोसाक वितरण गर्नुभयो । पछिल्ला वर्षहरूमा इटहरी, धरान, विराटनगरलगायत पूर्वका प्रमुख सहरमा ई–रिक्सा (सिटी सफारी) को सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । तर, दर्ता, रुट निर्धारण तथा सञ्चालनसम्बन्धी स्पष्ट कानुनी र नीतिगत व्यवस्था नहुँदा यसको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । प्रहरीका अनुसार चालकको पहिचान सुनिश्चित गर्ने, यात्रुमा विश्वास अभिवृद्धि गर्ने तथा दु...
विभेदकारी विज्ञापन नीतिविरुद्ध सिन्धुपाल्चोकमा धर्नासहित दबाबमूलक आन्दोलन, ज्ञापनपत्र बुझाइयो

विभेदकारी विज्ञापन नीतिविरुद्ध सिन्धुपाल्चोकमा धर्नासहित दबाबमूलक आन्दोलन, ज्ञापनपत्र बुझाइयो

#, ब्रेकिङ न्युज २, विचार, समाचार
चौतारा, सिन्धुपाल्चोक। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना तथा विज्ञापन वितरणसम्बन्धी गरेको विभेदकारी तथा स्वेच्छाचारी निर्णयको विरोधमा नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोक शाखाको आयोजनामा धर्नासहित दबाबमूलक आन्दोलन कार्यक्रम सम्पन्न गरिएको छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी संवैधानिक हकको संरक्षण, सञ्चारमाध्यममाथिको विभेद अन्त्य तथा नागरिकको निर्वाध सूचना प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न माग गर्दै जिल्लाका पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय परिसरमा धर्ना दिएका थिए। धर्नापछि पत्रकारहरूले हस्ताक्षरसहितको ज्ञापनपत्र सरकारसमक्ष पठाउन जिल्ला प्रशासन कार्यालयमार्फत बुझाएका हुन्। नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोक शाखाका अध्यक्ष ध्रुव दङ्गालको नेतृत्वमा सम्पन्न कार्यक्रममा जिल्लामा क्रियाशील विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको ...