सम्पर्क

विचार

सूचना प्रविधिसँगै ‘कटुवाल प्रथा’

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
गलेश्वर (म्याग्दी), २७ असोज (रासस) : म्याग्दीको बेनी नगरपालिका- ९ घतानका ६० वर्षीय दिलबहादुर दमाई र बेनी नगरपालिका-२ ज्यामरुककोटका ७१ वर्षिय भीमबहादुर विक दुई दशकदेखि गाउँका अग्ला डाँडाबाट कर्नाल फुक्दै गाउँलेलाई सूचना सुनाउँदै आउनुभएको छ । गाउँमा कोही नयाँ पाहुनाको उपस्थित हुँदा होस् या भेला बैठक र सरसफाइको ‘झारा’ लगाउने कार्यक्रम किन नहोस्, दुवै जना गाउँभर सूचना पु¥याउन डाँडा उक्लिहाल्नुहुन्छ । सदरमुकामसँगै जोडिएकोले यो गाउँ सूचनाको पहुँचबाट भने टाढा छैन । गाउँमा इन्टरनेट, विद्युत्, मोबाइल, टेलिभिजन, पत्रपत्रिका, रेडियोलगायत सञ्चारसाधनको राम्रो पहुँच छ तर चलिआएको परम्परागत कटुवाल प्रथा कायमै रहँदा भीमबहादुरलाई भ्याइनभ्याइ छ । उहाँ विशेषगरी गाउँको सरसफाइका लागि प्रत्येक हप्ताको शनिबार समुदायलाई जुटाउनका लागि कलुवाल कराउनुहुन्छ । यसैगरी गाउँमा पाहुना आउने खबर र भेला बैठकका लागि पनि समुदायल...

देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको छः सञ्चारमञ्त्री गुरुङ

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
लमजुङ, २६ असोजः सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको बताउनुभएको छ । क्व्होलासोथर गाउँपालिका–९ टक्सारमा आज टक्सार बाबा र आमा समूहले संयुक्त रूपमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य,पर्यटन र कृषि क्षेत्रको विकास, रोजगारीका सृजनालाई पहिलो प्राथमिकता दिएको बताउनुभयो । सरकारका प्रवक्तासमेत रहनु भएका मन्त्री गुरूङले शिक्षा, स्वास्थ्य, यातायातलगायत सुविधा गाउँमा पुगे पनि गाउँका घर खाली हुँदै तथा जमिन बाँझो रहेकामा चिन्ता व्यक्त गर्नुभयो । गाउँबाट सहर पस्ने र सहरबाटै विदेश जाने प्रवृत्ति रोक्न सरकारले हरसम्भव प्रयत्न गरिरहेको उहाँले बताउनुभयो । गण्डकी प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारीमा रहँदा आफूले लमजुङ र समग्र गण्डकी प्रदेशको विकासका लागि सक्रियतापूर्वक काम गरेको उहाँले ...

विचार: मिथिलाञ्चलको विजयादशमी ‘मातृशक्तिको उपासना’

#, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, २५ असोज (रासस): प्राचीन मिथिलाको राजधानी जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्र धार्मिक तथा सांस्कृतिक रूपले पञ्चदेवोपासकहरूको भूमि हो । शास्त्रमा ब्रह्मा, विष्णु, महेश, गणेश र सूर्यलाई पञ्चदेव भनिएको छ तर मिथिलाञ्चलमा ब्रह्मालाई नभई भगवतीको पूजा गर्ने चलन छ । अतः विष्णु, महेश, गणेश, सूर्य र भगवती मिथिलाञ्चलका पञ्चदेवता हुन् । यहाँ एउटै व्यक्ति शिवपूजकका रुपमा निधारमा भष्म त्रिपुण्ड लगाउँछन् र शक्तिको प्रतीक रातो टीका लगाएर शाक्तका रुपमा पनि प्रस्तुत हुन्छन् । सीता जन्मभूमि जनकपुरधाममा सीतालाई चेलीबेटीका रूपमा माया गर्ने चलन छ । मिथिलाञ्चलवासी उमेरअनुसार सीतालाई छोरी, दिदी, बहिनी, फुवा आदि मातृ रुपमा माया र स्नेह गर्छन् । माइत आएकी चेलीलाई बेटीजस्तै आदर सत्कार गर्छन् । विजयादशमीमा पूजा गरिने दुर्गा, काली आदि सीताकै भिन्न रूप भएको मान्यता छ । अतः मिथिलावासी देवीका विभिन्न स्वरू...

आश्विन शुक्ल नवमी : सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, २५ असोज : आश्विन शुक्ल नवमीका दिन आज दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । यस वर्ष आज एकैदिन आश्विन शुक्ल अष्टमी र नवमी पर्व परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । बिहान पहिले आश्विन शुक्ल अष्टमीका दिन गरिने कर्म गरेर केही समयको विश्रामपछि आश्विन शुक्ल नवमीका दिन गर्ने कर्म गर्नुपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । नवरात्रको पहिलो दिन असोज १७ गते बिहीबार दसैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो । ...

गोरखा दरबारको दसैँघरमा फूलपाती भित्र्याइयो

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
गोरखा, २४ असोज : गोरखा दरबारस्थित दसैँघरमा परम्पराअनुसार आज विधिपूर्वक फूलपाती भित्र्याइयो छ । साँझको शुभ साइतमा हर्ष बढाइँका साथ गोरखा दरबारमा फूलपाती भ्यिाइएको गोरखाकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिनुभयो । आज गोरखा दरबारबाट निस्किएको लावा लस्करसहितको टोलीले तल्लोकोटस्थित फूलपाती चौतारबाट लगिएको फूलपाती दरबारको दसैँघरमा भ्यिाइएको उहाँले बताउनुभयो । गोरखा दरबारका सुसारेले जङ्गलबाट जम्मा गरेको फूलपाती लिन दसैँघरदेखि दरबारका सुसारे, नेपाली सेना, नेपाल प्रहरी, सरकारी कर्मचारी, स्थानीयवासीलगायत टोली लावा लस्करसहित तल्लोकोट सतिपिपल डाँडामा पुगेका थिए । ‘‘गए राति जङ्गलबाट ल्याएको दारिक, बेलको पात, उखुको बोट, केराको पात, अदुवाको बोट र मौसमी फलफूललाई फूलपातीको रूपमा परम्पराअनुसार दसैँघरमा भ्यिाइएको हो”, मूलपुजारी भट्टराईले भन्नुभयो । फूलपाती भ्यिाउनु पूर्व गोरखा दरबारदेखि मङ...

क्षत्री समाजको सागिंतिक प्रस्तुतिका लागि चर्चित दोहोरी गायिका सम्झना भन्डारी कतारमा 

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार
दर्शन सुनार / कतार क्षत्री समाज नेपाल "कतार शाखाले आयोजनामा  शुक्रबार हुन लागेको "बृहत् साँस्कृतिक कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिन नेपालबाट आमन्त्रित अतिथी कलाकार दोहा आईपुग्न भएको छ ।शुक्रबार सनैयामा अवस्थित फुलवारी रेष्टुरेन्टको सभाहलमा दिउसो १२ बजे सुचारु हुने बृहत् साँस्कृतिक कार्यक्रमका लागि चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी बुधबार राती कतार आईपुग्नु भएको हो ।अतिथि कलाकारलाई स्वागत गर्नको लागि समाजका अध्यक्ष महासचिव,कार्यक्रम संयोजक लगायत अन्य लगायत अन्य ब्यक्तित्वहरु हमद अन्तर्राष्ट्रिय विमान स्थल पुग्नु भएको थियो ।" राष्ट्रिय अखण्डता र जातिय सद्भावका निम्ति क्षत्री एकता आजको आवश्यकता" भन्ने मुल नाराका साथ क्षत्री दिवस बिजयादशमी शुभ दिपावली साथै छठ पर्वको शुभकामना प्रदान तथा बृहत् साँस्कृतिक कार्यक्रम  "राष्ट्रिय आविस्कार केन्द्र नेपाललाई सहयोग्रार्थ" गर्न...

लार्चा र लिपिङ खोलामा बेली ब्रिच निर्माण हुने बस्नेतलाइ शेर्पाको धन्यबाद

#, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहन बहादुर बस्नेतको आग्रह अनुसार चीन जोड्ने कोदारी राजमार्गस्थित लार्चा र लिपिङ खोलामा छिट्टै बेली ब्रिच निर्माण हुने भएको छ।हालैको बाढीबाट क्षति भएको भौतिक पूर्वाधारको निरीक्षण गर्न मंगलबार सिन्धुपाल्चोक आउनु भएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले उक्त जानकारी दिनुभएको हो। उहाँले तातोपानीमा चाँडो बेलीब्रिज ल्याउने तयारी भइरहेको बताउनुभयो।“सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने तयारी गरेको छ । हालैको बाढीपहिरोबाट क्षतिग्रस्त पुलहरुमा वैकल्पिक व्यवस्था गर्न भारतबाट बेलीब्रिज ल्याउने तयारी सरकारले गरेको हो ।” उहाँले भन्नुभयो। सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन संघीय सरकारका तीन मन्त्री मंगलबार सदरमुकाम चौतारा पुग्नुभएको थियो । गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथ...

गृहमन्त्री लेखकद्धारा राहत बितरणमा ढिलाई नगर्न निर्देशन

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
गृहमन्त्री माननीय रमेश लेखकले बिपद कतिखेर आउँछ थाहा हुँदैन, बिपदबाट पर्न सक्ने असरलाई रोकथाम गर्न र कुनै ठाउँमा परेको बिपदका कारण समस्यामा परेकालाई तत्काल उद्धार गरि राहतमा ढिलाई नगर्न मातहतकालाई निर्देशन दिनुभएको छ । सिन्धुपाल्चोकको बाढि प्रभावित क्षेत्रको अवस्थामा बारेमा जानकारी लिन सिन्धुपाल्चोक आइपुग्नु भएका मन्त्री लेखकले जिल्ला बिपद व्यवस्थापन समितीको बैठकलाई सम्बोधन गर्देै यस्तो बताउँनु भएको हो । मन्त्री लेखकले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकालाई मात्र बिपद ग्रस्त पालिका घोषणा भएको भएपनि अरु गाउँपालिकाहरुमा पनि बिपदका कारण धेरै क्षती भएकाले अरु पालिकालाई पनि सिफरिस भई आए अनुसार घोषणा गर्ने प्रकृया अगाडी बढाउँने बताउँनु भयो । गृहमन्त्री लेखकले सरकार नागरिकको अभिभावक पनि भएकाले सोहीअनुसार अभिभावकत्व निर्वाह गर्न प्रतिबद्ध रहेको हुँदा “पुनः निर्माण र पुनः स्थापनाका लागि सरकारले छिट्...

सर्लाही प्रवासी समाज कतारको “११ औ अधिवेशन”शुक्रबार हुने

ब्रेकिङ न्युज २, विचार, समाचार
दर्शन सुनार कतार, सर्लाही प्रवासी सेवा समाज कतारले आगामी शुक्रबार "११ औ अधिवेशन गर्ने भएको छ । "सर्लाही प्रवासीहरुको चाहाना,सभ्य र समृद्ध समाजको स्थापना" भन्ने मुल नाराका साथ अधिवेशन सगै "१६ औ स्थापना दिवसको साथमा वडा दशै तिहार र छठ पर्वको शुभकामना आदान-प्रदान सहित विविध साँस्कृतिक कार्यक्रम हुने भएको हो ।बैदेशिक रोजगारीको शिलशिलामा कतारमा रहेका सर्लाही बासीहरुलाई समाजमा जोडिन आग्रह गर्दै "एघारौं अधिबेशन  तथा "१६ औ स्थापना दिवस र  बिविध साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको समाजका अध्यक्ष प्रकाश आले मगरले जानकारी दिनु भयो ।ग्रान्ड मलमा अवस्थित वेलफेयर रेष्टुरेन्टको सभाहलमा बिहान ११:३० बजे देखि कार्यक्रम सुचारु हुने कार्यतालिका रहेको छ । कतारमा स्थापित विभिन्न संघ संस्था, बुद्धिजीवी व्यावसायी, सामाजिक अभियान्ता कलाकार,पत्रकार लगायत सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई...

नेपाली राजदूतावास कतारको पहलमा करिब २५० जना नेपाली श्रमिकले म्याद सकिएको राहदानीको  नवीकरण गरे

बिदेश, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
दर्शन सुनार/ कतार पछिल्लो केही महिना देखि कतारमा रहेका नेपाली श्रमिकहरुले राहदानी नविकरणको लागि  दूतावासबाट खोलिने "स्लट" न पाएर बढी मात्रामा जनगुनासो आएपछी राहदानी र कतारी आईडीको  पनि म्याद सकिएर समस्यामा परेका नेपालीहरुका लागी राहदानी र स्लटका बिषयमा गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र नेपाली राजदूतावास कतार फुलवारि रेष्टुरेन्टको सभाहलमा र नेपाली राजदूतावासको हलमा दुई पटक सम्म छलफलमा बसेको थियो ।२९ सेप्टेम्बर २०२४ आईतवारका दिन नेपाली राजदूतावास कतारले कतारी आईडी तथा राहदानीको म्याद सकिएर राहदानी नविकरणका लागी अन्लाईन नियुक्ति न पाएर समस्यामा परेका नेपाली श्रमिकहरुको लागि एक सुचना जारी गरेको थियो ।  उक्त सुचनालाई सुचिकृत गर्दै शुक्रबारनेपालीराजदूतावासकतरलेदूतावासकाकर्मचारीकोसहयतामाराहदानीकोम्यादसकिएका करिब २५० जना नेपाली श्रमिकहरुले राहदानी नविकरण गरेका छन ।नेपाली राजदूताव...