सम्पर्क

विचार

नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन चाहन्छौँः अध्यक्ष दाहाल

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, १० कात्तिकः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताले प्राप्त गरेको अधिकारको रक्षा र थप विकासका लागि आफ्नो पार्टीले निरन्तर अभियान चलाउने बताउनुभएको छ । माओवादी केन्द्रको वाग्मती प्रदेश समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले आफ्नो पार्टी जनअधिकार संरक्षण गर्न लागिपरेको र थप अधिकार प्रदान गर्न उद्यत रहेको उल्लेख गर्नुभयो । उहाँले पूर्ववर्ती सरकारले विद्युत् व्यापार सम्झौता गरेको, आर्थिक विकास एवं सुशासनका पक्षमा प्रतिबद्ध भएर अभियान सञ्चालन गरेको तथा चीन र भारतसँग सुदृढ सम्बन्धको विकास गरी मुलुकको हितमा काम गरेको स्मरण गर्नुभयो । पूर्वप्रधानमन्त्री दाहालले कुशासन र अनियमितताका विरुद्धमा निर्मम भएर प्रस्तुत हुन सरकारलाई आग्रह गर्नुभयो । आगामी निर्वाचनमा माओवादी एक्लै जाने स्पष्ट पार्दै उहाँले पहिलो पार्टी भएर देखाउने दाबी...

सरकार परिवर्तनको कुरा हल्ला मात्रै हो ः गृहमन्त्री लेखक

ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौं । गृहमन्त्री माननीय रमेश लेखकले सरकार परिवर्तनको हल्ला गरेर अनाबश्यक भ्रम मात्रै फैलाएको बताउँनु भएको छ । मन्त्री लेखकले सरकार परिबर्तन हुने कुनै कुरै नभएको बताउँनु भयो । उँहाले सरकारले गरेका कामहरु लोकप्रियता हँुदै गएको हुँदा राम्रा काम गरेको देख्न नचाहने केही तत्वहरुले च्रम फैलाएको बताउँनु भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री लेखकले सरकार बदलिने कुरा निरर्थक हल्ला र भ्रमपूर्ण हल्ला भएको बताउनुभएको हो ।गृहमन्त्री लेखकले यस प्रकारको हल्लाका पछाडि कुनै तर्क र अर्थ नभएको बताउनुभयो । उहाँले वर्तमान सरकार बहुमतका साथ अगाडी बढिरहेको भन्दै त्यस प्रकारको भ्रममा नपर्न आग्रह समेत गर्नुभयो ।गृहमन्त्री लेखकले भन्नुभयो – ‘एउटा निरर्थक हल्ला, भ्रमपूर्ण हल्ला अब यो सरकार बदलिन्छ । आज बदलिन्छ । भोलि...

तिहार नजीकीदै गर्दा बजार अनुगमन अखाद्य बस्तु नष्ट

ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको साहयक प्रजीको रुपमा गणेश नेपालीले कार्यभार सम्हाले लगत्तै उद्योग तथा वाणिज्य कार्यालयमा पनी कार्यलय प्रमुख फेरीएको छ । नँया कार्यलय प्रमुखका रुपमा कार्य बहाली गरे सँगै कार्यालयप्रमुख त्रिपुरारी बख्रेलले बजारमा देखीने अखाद्य बस्तुकै कारण मानीसको स्वास्थ्यमा अशर परीरहेको र कालाबजारीहरुको बिगबिगी हुने गरेको बिशेष गरी उपत्यकामा भन्दा गाँउमा गुणस्तरहिन सामान हरु बिक्रीहुने गरेको हुन सक्ने भएकोले यस तर्फ अनुगमन गरी कार्बही अगाडी बढाउँन लाग्नु भएको छ । यसै सन्धर्भमा बिहीबार मात्रै ११००० भन्दा बढीका सामानहरु नष्ट गरिएको उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकका मुख्य प्रशिक्षक प्रबिन बस्नेतले जानकारी दिनु भयो । उँहाका अनुसारसहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीको संयोजकत्वमा २०८१कार्तीक ८ गते बसेको जिल्ला बजार अनुगमन समितिको बैठकबाट निर्णय भए बमोजिम सोही दिन उद्योग तथा व...

सरकारविरुद्ध विपक्षी दलहरूको घेराबन्दी

राजनिती, विचार
आरपी गैरे प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बनेको बर्तमान सरकारले सय दिन पुरा गरेको छ । सय दिनका अवधीमा सरकारले के कस्ता काम गरेर जनतालाई देखायो यो बिषयमा यतिबेला गम्भिर बहस र छलफलहरु चलिरहेका छन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गत ३१ असारमा प्रधानमन्त्री बनेका थिए । एमाले र माओवादीको गठबन्धनको सरकार एकाएक भत्किएर नयाँ सरकार बनेको हो । नेपाली कांग्रेस र एमाले एक ठाउँमा उभिनु कुनै नौलो कुरा थिएन । नेपालको राजनीतिमा यस्तै भइरहेको छ । एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउन नेपाली कांग्रेसले समर्थन गरेको थियो । अरु केही साना दलको समेत यो सरकारलाई समर्थन छ । कांग्रेस–एमालेबीच गत १७ असारमा ७ बुँदे सहमति बमोजिम यो सरकार बनेको हो । प्रतिनिधि सभाको पहिलो र दोस्रो दल मिलेर बिरलै सरकार बन्छन । नेपालको संसदीय प्रणालीमा यो अभ्यास कम मात्रमा भएको पाइन्छ । संसदीय अभ्यास, मान्यता र संवै...

कानुनी शासन र मानव अधिकार संरक्षणमा चुनौती थपिँदै

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
काठमाडौँ, ६ कात्तिकः कानुनको शासन र मानव अधिकार संरक्षणमा विश्वव्यापी रुपमा चुनौती थपिँदै गएको सरोकार भएकाहरुले बताउनुभएको छ ।अन्तर्राष्ट्रिय बार एशोसिएसनसँगको सहकार्यमा नेपाल कानुन समाजले सोमबार यहाँ आयोजना गरेको ‘कानुनको शासन र मानव अधिकार’ विषयक कार्यक्रमका सहभागीहरुले कानुनी शासन र मानव अधिकार संरक्षणमा विश्वव्यापी रुपमा चुनौती थपिँदै गएको बताउनुभएको हो ।पूर्वप्रधानन्यायाधीश एवं संविधान निगरानी समूहका अध्यक्ष कल्याण श्रेष्ठले विधिको शासन र मानवअधिकार लोकतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यसको परिपालना र प्रवर्द्धनमा अहिले विश्वव्यापी रुपमा चुनौती देखिँदै आएको बताउनुभयो । उहाँले नेपालको संविधान २०७२ को मौलिक हकमा व्यवस्था गरिएको विषय कतिको कार्यान्वयनमा गएको छ भनेर समीक्षा गर्नेबेला आएको उल्लेख गर्नुभयो ।पूर्वप्रधानन्यायाधीश श्रेष्ठले अदालतले दिएको आदेश कार्यान्वयनमा समस्या खडा ...

उद्धारको पर्खाइमै मर्छन् लोपोन्मूख वन्यजन्तु

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
घोडाघोडी (कैलाली), ५ कात्तिक : गत बुधबार बिहान कैलालीको जानकी गाउँपालिका–६ स्थित कैलाशेश्वर सामुदायिक वनभित्र पासोमा परेको अवस्थामा चितुवा फेला प¥यो । उद्धार टोलीलाई खबर पनि गरियो । टोली आइपुग्न ६ घण्टा लाग्यो । उद्धारको केही घण्टामै चितुवाको मृत्यु भयो । विसं २०७८ चैत १७ गते घोडाघोडी नगरपालिका–१० तुल्सीपुर सामुदायिक वनमा पासोमा परेको चितुवाको उद्धार नहुँदै मृत्यु भएको । विसं २०७६ वैशाख १५ गते घोडाघोडी नगरपालिका–३ नारायणपुरस्थित थाह्रा र मोहन्याल सामुदायिक वनको सिमानामा चितुवा पासोमा परेको अवस्थामा फेला प-यो । डिभिजन वन कार्यालय नपुरसँग उद्धार गर्ने दक्ष जनशक्ति नभएपछि बर्दिया राष्ट्रिय निकुञ्जको उद्धार टोलीलाई खबर गरियो । उद्धार टोली घटनास्थल पुग्न नपाइ चितुवाको मृत्यु भयो । कैलालीमा पछिल्लो केही वर्षयता पासोमा परेर विश्वकै लोपोन्मुख प्रजातिका पाटे बाघ र चितुवाको मृत्यु भइरहेको डिभिजन वन ...

पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला प्रथम

ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक, २ कात्तिकः ‘पाँचपोखरी महिला ट्रेल रेस’मा खोटाङकी निर्मला राईले दुई घण्टा २८ मिनेटमा दौड पूरा गर्दै प्रथम हुनुभएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको पाँचपोखरी कुण्डबाट सुरु भएको सो प्रतियोगितामा उहाँले २८ किलोमिटरको दूरी दुई घण्टा २८ मिनेटमा पूरा गर्नुभएको थियो । दुई घण्टा ४९ मा ओखलढुङ्गाकी लाक्पा निङ्मा शेर्पा र दुई घण्टा ५८ मा सिन्धुपाल्चोक हेलम्बुकी नितु तामाङले दूरी पार गर्दै क्रमशः दोस्रो र तेस्रो स्थान प्राप्त गर्नुभएको थियो ।यसअघि २०७६ सालमा सम्पन्न सोही रुटको पाँचपोखरी दौडमा महिलातर्फ मञ्जु रावतले दुई घण्टा ५२ मिनेटमा पार गर्नुभएको थियो । आज सम्पन्न दौडमा प्रथम र दोस्रो हुने दुवैले सो समय भन्दा अगाडि नै दौड पूरा गरेका छन् । महिलाको क्षमता विकासका लागि यो ट्रेल रेस आयोजना गरिएको आयोजक विश्व समावेशी साहसी संस्थाकी माया गुरुङले बताउनुभयो । प्रतियोगितामा सिन्धुपाल्चोक मे...

विपद् प्रभावित स्थानीय तहलाई राहत उपलब्ध गराइने

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, १ कात्तिक : विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन कार्यकारी समितिको २७औँ बैठकले गत असोज १० गतेदेखि असोज १३ सम्म भारी वर्षापछिको बाढीपहिरो तथा डुबान प्रभावित स्थानीय तहलई राहत रकम उपलब्ध गराइने भएको छ । क्षतिको आधारमा अति प्रभावित, प्रभावित र सामान्य प्रभावित स्थानीय तहलाई वर्गीकरण गरी तत्काल राहत रकम उपलब्ध गराउने निर्णय गरिएको छ । सिंहदरबारस्थित विपद् प्राधिकरणको कार्यालयमा आज गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् व्यवस्थापन कार्यकारी समितिको २७औँ बैठकले विपद्बाट प्रभावित मुलुकका ७१ स्थानीय तहलाई राहत रकम दिने निर्णय गरेको छ । प्रभावित स्थानीय तहलाई तीन भागका वर्गीकरण गरी राहत रकमस्वरुप प्रत्येक स्थानीय तहलाई रु ५० लाखदेखि रु एक करोडसम्म उपलब्ध गराउने निर्णय गरिएको प्राधिकरणका सहसचिव वसन्त अधिकारीले जानकारी दिनुभयो । त्यसका साथै जिल्ला विपद् व्यवस्थापन समितिमार्...

चौथो संस्करणको मालिकादेवी कप मेलचौरमा १५५५५५ को तैयारी

#, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ७ मेलचौरमा १५५५५५ को राषी पुरस्कार भएको खेलको तैयारी अन्तिम चरणमा पुगेको छ । मेलचौर युवा जागरण समाजको अयोजनामा हुने चौथो संस्करणको मालिका देवी कप खुला सेभेन ‘ए’ साइड फुटबल प्रतियोगितामा विजेतालाई एक लाख ५५ हजार ५ सय ५५ तथा उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र दिने गरी सुरु हुन लागेको फुटबल प्रतियोगिताको तैयारी अन्तिम चरणमा पुगेको छ । मेलचौर युवा जागरण समाजको अयोजनामा हुने चौथो संस्करणको मालिका देवीकप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको लागि कार्तिक ३ गतेसम्म टिम दर्ता गरिने छ भने ५ गते उद्घाटन सहित खेल सुरु हुने कार्यक्रम रहेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं. ७ मेलचौर खेल मैदानमा हुने प्रतियोगिताको लागि तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले जानकारी दिनुभयो । प्रतियो...

बिभिन्न कार्यक्रम सहित मनायो प्रहरीले ६९औं दिवस

बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
नेपाल प्रहरीले बिभिन्न कार्यक्रम गर्र्दै देसैभर आफ्नो स्थापना दिबस मनाएको छ । सिन्धुपाल्चोक जिल्ला प्रहरीले पनि विविध कार्यक्रम गरि ६९ औँ प्रहरी दिवस मनाइएको छ । ६९औं प्रहरी दिवस २०८१ का अवसरमा नेपाल प्रहरी प्रधान कार्यलयमा पुनर्मिलन कार्यक्रम भएको छ । उक्त अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी नायव उपरीक्षक जयश्वर रिमालको शब्द संकलन, वीरेन्द्र भाट ‘विपिन’ को सम्पादन तथा टंक बुढाथोकी र सदीक्षा कट्टेलको स्वरमा रहेको “हामी प्रहरी–जनताका पहरेदार” बोलको गित सार्वजनिकीकरण गर्नुभएको हो । साथै उहाँले ६९औं प्रहरी दिवस २०८१ अन्तर्गतका विविध कार्यक्रम उत्कृष्ट ढंगले प्रस्तुत गर्नुहुने महानुभावहरूलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभयो । विविध गीत, संगीत र नाटकसहितको साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको उक्त कार्यक्रममा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त मह...