सम्पर्क

विचार

पत्रकार इन्द्र बानियामाथि ज्यान मार्ने धम्की प्रति काठमाडौं शाखाका सचिव बोहोराको कडा आपत्ति

पत्रकार इन्द्र बानियामाथि ज्यान मार्ने धम्की प्रति काठमाडौं शाखाका सचिव बोहोराको कडा आपत्ति

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौं । आर्थिकन्युजका प्रबन्ध सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य पत्रकार इन्द्र बानियामाथि राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत एक महिला कर्मचारीले हातखुट्टा भाँच्ने र ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले कडा आपत्ति जनाएको छ ।शाखाका सचिव रमेश कुमार बोहोराले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा पत्रकारमाथि अपशब्द प्रयोग, गालीगलौज, अभद्र व्यवहार र प्रत्यक्ष ज्यान मार्ने धम्की जस्तो गम्भीर कार्य कुनै पनि दृष्टिले स्वीकार्य नभएको स्पष्ट पारेका छन् ।प्राप्त विवरणअनुसार पत्रकार बानियाले आफ्नो पेशागत दायित्वअनुसार आर्थिकन्युज डटकममार्फत साउन २९ गते ‘राष्ट्रिय ट्रमा सेन्टरमा आर्थिक लेनदेनमा दर्जनौं कर्मचारी नियुक्ति, प्रमुखलाई कारवाही र निलम्बनको उजुरी प्रति स्वास्थ्यमन्त्री मौन’ शीर्षकको समाचार प्रकाशन गरेका थिए । समाचारमा आर्थिक पारदर्शिता, ...

बागमती प्रदेसको सरकारले पायो पूर्णता,

#, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
बागमती प्रदेस सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज मन्त्रिपरिषद्लाई पूर्णता दिनु भएको छ । नेपाली कांग्रेसको भागमा परेका ५ मन्त्रालये १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेर सरकारलाइ पुर्णता दिनु भएको हो । बहादुर सिंह लामाले सिफारिस गरेका ३ मन्त्रीलाई भने बानियाँले सूचीमा राख्नु भएको छैन । नेकपा एमालेबाट ६ मन्त्री यसअघि नै नियुक्त हुनु भएको छ साउन २० गते मुख्यमन्त्री बन्नु भएको ा बानियाँले साउन २७ गते विश्वासको मत लिनु भएको थियो । बागमती मन्त्रिपरिषद्का सदस्य एवं कार्यविभाजनइन्द्रबहादुर बानियाँ मुख्यमन्त्री – मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधुसूधन पौडेल मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, शिवराज अधिकारी मन्त्री, आन्तरिक मामिला तथा कानून मन्त्रालय,किरण थापामगर मन्त्री, स्वास्थ्य मन्त्रालय,उर्मिला नेपाल मन्त्री, युवा तथा खेलकुद मन्त्रालय, कन्चन चन्द्र वादे मन्त्री, साम...

अन्तर्राष्ट्रिय तेक्वान्दोमा मेलम्ची ७का ११ वर्षीय ससाङ लाई सिल्वर मेडल

खेलकुद, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक — मेलम्ची नगरपालिका–७ का ११ वर्षीय ससाङ तामाङले थाइल्यान्डमा सम्पन्न हिरोस तेक्वान्दो इन्टरनेशनल च्याम्पियनसिप (पाँचौं ग्रुप) मा उत्कृष्ट प्रदर्शन गर्दै सिल्वर मेडल जितेका छन्। श्रेय अभि तामाङ र लाक्पा दिकि शेर्पाका छोरा ससाङले छोटो समयमै न्यु तेक्वान्दो गोकर्णेश्वर एकेडेमीबाट प्रशिक्षण लिएर अन्तर्राष्ट्रिय स्तरमा आफ्नो परिचय बनाउन सफल भएका हुन्। प्रतियोगितामा २८ देशका करिब ३८ सयभन्दा बढी खेलाडीबीच प्रतिस्पर्धा भएको थियो। कोच मुना मगरको मार्गदर्शनमा खेलेका ससाङले उत्कृष्ट प्रदर्शन गर्दै दोश्रो स्थान हासिल गरे। जितपछि उनले थाइल्यान्डमा नेपालको राष्ट्रिय झण्डा फहराउँदै गौरवपूर्ण क्षण बाँडेका थिए। ससाङको यो उपलब्धिप्रति उनका परिवार, मेलम्ची नगरवासी तथा सम्पूर्ण नेपालीले खुसी व्यक्त गरेका छन्।...

राष्ट्रिय परिचयपत्र बनाउन बिहान ८ बजेदेखि सेवा

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
चण्डीका नेपाली राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा लिने सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सेवा समय विस्तार गरेको छ । प्रशासनले यही साउन २७ गतेदेखि सामाजिक सुरक्षा भत्ताका लागि योग्य लाभग्राहीहरूले सार्वजनिक बिदाका दिनमा बाहेक अन्य दिनमा बिहान ८ः०० बजेदेखि र अन्य सेवाग्राहीका लागि बिहान १०ः०० बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रदान गरिने जनाएको छ । राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा लिन सेवाग्राहीको दैनिक भीड लाग्न थालेपछि सेवाको समय परिमार्जन गरिएको हो । परिचयपत्र सेवाका लागि एकैपटक ठुलो सङ्ख्यामा सेवाग्राहीहरू कार्यालयमा उपस्थित हुँदा कार्यालयमा चाप परेकाले सहज ढङ्गबाट सेवा प्रवाहका र सुविधाका लागि समय विस्तार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण तथा लाभग्राही सूचीकरण हु...

राष्टिय परिचय पत्रकोमारमा नागरिकहरु २घण्टा थप काम गर्ने प्रशासन कार्यलय

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
सरकारले सामाजिक सुरक्षा भत्ताको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा अशक्त असहाय वृद्ध जेष्ठ नागरिकहरुको ठुलो भिड लागेको छ । जिल्ला प्रशासन कार्यलयले टोकन प्रणाली लागु गरेको भएता पनी यो प्रणाली समेत पारदर्शी नहुँदा जिल्लाका टाढा टाढा देखि आएका जेष्ठ नागरिकले ज्यादै दुख पाएका छन् । यसरी दुख मात्र होइन बिहान आउँदा गाडी रिजर्भ गरेर आएका हुन्छन समयमा काम नहुँदा गाडी भाडा पनी खर्च पनी अनी चौतारमा बास बस्न पर्ने पनी भएकाले आर्थीक समस्यामा परेर भोकै बस्न पर्ने बाध्यता भएको छ । बाठा पहुँचवालाहरुले छिटो काम सम्पन्न गरे पनी लेखपढ नभएका असशाय, अशक्त अपाङ्गता भएका ब्यक्तीहरुलाइ भने ठुलै समस्या परेको छ । सहभागीहरुले आक्रोस पोख्दै न मरी जानु न गरि खानु अझकल्टो अबस्थामा पारेर सरकार रमीते बन्यो भनेका छन । यसरी भिड बढे पछी जिल्ला प्रशासन कार्यलयले बुधबार देखी ब...

इर्खुमाबीमा भएको वक्तृत्वकलामा सेतीदेबीको रेणुका प्रथम

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
सामुदायिक वन दिवस २०८२ को उपलक्ष्यमा ,“समयमै कार्ययोजना नविकरण गरौं,सामुदायिक वनलाइ प्रगतिशील बनाऔं ।“भन्ने मुल नाराका साथ सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सिन्धुपाल्चोकको आयोजनामा “वातावरण संरक्षणका लागि सम्बृद्व वन व्यवस्थापनमा हाम्रो भुमिका “ विषयक चौतारा सांगाचोक गढि नगरपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम गरेको छ । नगरपालिकाको वडा नं ८मा रहेको श्री इर्खु माध्यमिक बिद्यालयइर्खुमा नगरपालिका भित्रका २४ माध्यमिक विद्यालयहरु मध्य १८ वटा बिधालयको प्रतियोगितामा सहभागीता रहेको थियो । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने श्री सेतिदेवी मा. वि.को छात्रा रेनुका तामाङ , दोस्रो स्थान श्री डडुवा भवानी शंकर मा. वि. को छात्रा अश्मिता यादव , तेस्रो हुने श्री कालिदेवी मा. वि. को छात्र अभिषेक भुजेल र सान्त्वना स्थान हासिल गर्ने श्री इर्खु मा. वि. को छात्रा अश्मिता तामाङ रहनु भ...

कर्मचारी संगठन, सिन्धुपाल्चोकद्धारा बौद्धिक अपांगता बालबालीकालाइ सहयोग

कृषि, जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
लोकप्रियसमाचार चौतारा नेपाल निजामती कर्मचारी संगठन, सिन्धुपाल्चोकले बौद्धिक अपांगताका अभिभावक संघद्वारा सञ्चालित आवास गृहका बालबालिकाहरुको लागि लत्ताकपडा, खाद्यान्न, र फलफूल वितरण गरेको छ ।  सहिद मनोज( झपेन्द्र) सुरेन्द्र स्मृति दिवसको अवसरमा जिल्ला सदरमुकाम चौतारास्थित बौद्धिक अपांगताका अभिभावक संघद्वारा सञ्चालित आवास गृहका बालबालिकाहरुको लागि लत्ताकपडा, खाद्यान्न, र फलफूल वितरण कार्यक्रम गरेको सङ्गठनका उपाध्यक्ष पुनम भण्डारीले बताउँनु भयो । नेपाल निजामती कर्मचारी संगठन, सिन्धुपाल्चोकले उक्त स्मृति दिवसको अवसर पारी ती बालबालिकाहरुलाई टिसर्ट ट्राउजर १० सेट, चामल २ बोरा, केही दाल, तेल र फलफुलहरु वितरण गरेको हो । उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय सचिवालय सदस्य एवं सिन्धुपाल्चोक जिल्ला ईन्चार्ज मेघराज भट्टराईले नेपाल निजामती कर्मचारी संगठनले आम निजामती कर्...

बुद्धको देश नेपाल’ विमोचन

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार
महाकाव्यकार खेमनाथ दाहालको राष्ट्रिय भावको गीत ‘बुद्धको देश नेपाल’ विमोचन गरिएको छ । काठमाडौंमा आइतबार एक विशेष समारोहबीच नेपाल संस्कृत विश्वविद्यालयका कुलपति प्राडा.कुलप्रसाद कोइरालको प्रमुख आतिथ्यता र वरिष्ठ पत्रकार, साहित्यकार एवं हिमालय टाइम्स दैनिकका प्रधान सम्पादक पुरुषोत्तम दाहालको सभापतित्वमा उक्त गीतको भिडियो स्विच अन गरेर विमोचन गरिएको हो ।कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको स्वर र संगीत रहेको यो गीत महाकाव्यकार दाहालको ‘श्वेतपत्र’ महाकाव्यबाट साभार गरिएको हो । राजु कार्कीको संगीत संयोजन, एसबी मुस्कानको संगीत सञ्चयक, प्रकाश मिश्रको संगीत सम्पादक रहेको गीतलाई अकस्टिक स्टुडियोमा रेकर्डिङ गरिएको हो । राजन खरेलको छायांकन एवं दृश्य सम्पादन रहेको गीतको भिडियोमा खेमनाथ दाहाल, उषा दाहाल, सन्तोष श्रेष्ठ र कृष्ण भुसाललाई फिचरिङ गरिएको छ । गीतको दृश्य सम्पादन कक्ष कलिउड हव रहेको छ । गीतको ...
नेपालको शिक्षामा स्तर नै छैन विजुक्छें,

नेपालको शिक्षामा स्तर नै छैन विजुक्छें,

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
सन्जिब दुलाल भक्तपुर । प्राध्यापक डाक्टर रजितभक्त प्रधानाङ्ग र सोमकान्त भण्डारीको फौजदारी कानुन र फौजदारी न्याय नामक पुस्तक विमोचन भएको छ । शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रममा प्राध्यापक डाक्टर प्रधानाङ्ग र भण्डारीको लेखहरूको सँगालो समेटिएको नेपालको फौजदारी कानुन र फौजदारी न्याय नामक पुस्तक विमोचन भएको हो । पुस्तक विमोचन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले हालको शिक्षामा स्तर नै नभएको बताउनुभएको थियो । उहाँले हालको शिक्षामा स्तर नभएको बताउँदै आज भन्दा २५ वर्ष अगाडी नै वल्ड बैङ्कले नेपालका मुख्य मुख्य शिक्षा विद्धहरूलाई लिएर उच्च शिक्षा गरिबहरूलाई आवश्यक छैन भनी सिकाएर पठाएको आरोप लगाउनुभयो । उहाँले गर्मीमा कोक फ्यान्टा पैसा भएकाले मात्र खान सक्छन् त्यस्तै उच्च शिक्षा पनि पैसा भएका धनीले मात्र लिन सक्ने व्यवस्था लागु गराउन सरकारी कलेजहरूमा सरकारले लगानी कमी गर...

चौसागढीनपा १०र१४को शिबीरमा कपीलबस्तु,दोलखा,ओखलढुङ्गा सहीत १६६ले पाए सेवा

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १० र १४ले सञ्चालन गरेकोे शिबीरमा ओखलढुङ्गा,कपिलबस्तु र दोलखा, सिन्धुपाल्चोक जिल्ला सहितका गरी १६५ जना सेवाग्रहीले सेवा लिएको समाचार प्राप्त भएको छ । चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४का वडा अध्यक्ष उद्धब नेपालका अनुसार श्रावण २१ गते कोटेश्वरबाट सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाँउपालिका ,जुगलगाँउपालिका र चौतारासाँगाचोकगढी नगरपालिका गरी ३७जना, २२गते कपनमा ओखल ढुङ्गा जिल्ला सिद्धीचरण नगरपालिका वडा नं ४का १जना सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिकाकाको १जना सहीत जम्मा ३३ जनाले सेवा प्राप्त गरेका छन । यसै गरी २३र २४ गते मुलपानीमा भएको शिबीरमा कपिल बस्तु जिल्ला दोलखा जिल्ला र सिन्धुपाल्चोक जिल्ला गरी ९६जनाले सेवा लिएका छन । शिबीरमा जन्म दर्ता,नागरिकताको प्रमाण पत्र प्रतिलिपी , नँया नागरिकता सिफारिस , सामाजिक सुरक्षा भत्ता परिचयपत्र नबी...