सम्पर्क

राष्टिय परिचय पत्रकोमारमा नागरिकहरु २घण्टा थप काम गर्ने प्रशासन कार्यलय

सरकारले सामाजिक सुरक्षा भत्ताको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा अशक्त असहाय वृद्ध जेष्ठ नागरिकहरुको ठुलो भिड लागेको छ । जिल्ला प्रशासन कार्यलयले टोकन प्रणाली लागु गरेको भएता पनी यो प्रणाली समेत पारदर्शी नहुँदा जिल्लाका टाढा टाढा देखि आएका जेष्ठ नागरिकले ज्यादै दुख पाएका छन् । यसरी दुख मात्र होइन बिहान आउँदा गाडी रिजर्भ गरेर आएका हुन्छन समयमा काम नहुँदा गाडी भाडा पनी खर्च पनी अनी चौतारमा बास बस्न पर्ने पनी भएकाले आर्थीक समस्यामा परेर भोकै बस्न पर्ने बाध्यता भएको छ । बाठा पहुँचवालाहरुले छिटो काम सम्पन्न गरे पनी लेखपढ नभएका असशाय, अशक्त अपाङ्गता भएका ब्यक्तीहरुलाइ भने ठुलै समस्या परेको छ । सहभागीहरुले आक्रोस पोख्दै न मरी जानु न गरि खानु अझकल्टो अबस्थामा पारेर सरकार रमीते बन्यो भनेका छन । यसरी भिड बढे पछी जिल्ला प्रशासन कार्यलयले बुधबार देखी बिहान ८बजे नै कार्यलय खोलेर सेवा दिने जनाएको छ ।