सामुदायिक वन दिवस २०८२ को उपलक्ष्यमा ,“समयमै कार्ययोजना नविकरण गरौं,सामुदायिक वनलाइ प्रगतिशील बनाऔं ।“भन्ने मुल नाराका साथ सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सिन्धुपाल्चोकको आयोजनामा “वातावरण संरक्षणका लागि सम्बृद्व वन व्यवस्थापनमा हाम्रो भुमिका “ विषयक चौतारा सांगाचोक गढि नगरपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम गरेको छ ।
नगरपालिकाको वडा नं ८मा रहेको श्री इर्खु माध्यमिक बिद्यालयइर्खुमा नगरपालिका भित्रका २४ माध्यमिक विद्यालयहरु मध्य १८ वटा बिधालयको प्रतियोगितामा सहभागीता रहेको थियो । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने श्री सेतिदेवी मा. वि.को छात्रा रेनुका तामाङ , दोस्रो स्थान श्री डडुवा भवानी शंकर मा. वि. को छात्रा अश्मिता यादव , तेस्रो हुने श्री कालिदेवी मा. वि. को छात्र अभिषेक भुजेल र सान्त्वना स्थान हासिल गर्ने श्री इर्खु मा. वि. को छात्रा अश्मिता तामाङ रहनु भएको छ ।
उँहाहरुलाइ लाई हार्दिक बधाई तथा शुभकामना र सहभागि हुने सम्पुर्ण बिधालयका बिद्यार्थीहरुलाई धन्यवाद दिनु हुँदै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जनक गिरीले आगामी दिनमा पनी यस्तै कार्यक्रम गरेर बन संरक्षणमा लागी।हन पर्ने बताउँनु भयो ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल केन्द्रीय कोषाध्यक्ष शान्ता न्यौपानेको प्रमुख आतिथ्यता, ८ नम्बर वडाका वडा अध्यक्ष अमृत बहादुर दंगालको विशेष आतिथ्यता भएको उक्त कार्यक्रममा डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत मदन कंडेल, केन्द्रिय सदस्य, प्रदेश महासंघका सदस्यहरु स्थानीय महासंघका ऋषि राम नेपाल र हेलम्बु गाउँपालिका स्थानीय गंगा नाथ भण्डारी लगायत माध्यमिक बिधालयका प्रधानाध्यापक तथा प्रतिनिधि शिक्षक विद्यार्थीहरु सामुदायिक वन उपभोक्ता समुहको अध्यक्ष प्रतिनिधिहरु स्थानीय महासंघका अध्यक्ष, सचीव, प्रहरी, स्थानीय संघ संस्थाका प्रतिनिधि, उपभोक्ताहरु को उपस्थिती रहेको थियो ।
