जेन्जी आन्दोलनका सहिदको सम्मानमा सालिक अनावरण
जानकी (बाँके), १९ वैशाखः गत भदौ २३ गते जेन्जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका बाँके, नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बौझीका इन्जिनियर सुलभराज श्रेष्ठ र आयुष थापाको सालिक अनावरण गरिएको छ । सहिदद्वयको सोही वडामा अर्धकदको सालिक स्थापना गरी अनावरण गरिएको हो । त्यस अवसरमा सहिद परिवारको तर्फबाट आयुष थापाका बुवा सुशील थापा र आमा पुनम थापाले माल्यार्पण गर्नुभयो । सहिदका परिवारजनसँगै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट, वडा नम्बर १ का वडाध्यक्ष प्रमोद रिजाललगायत विभिन्न व्यक्तित्वहरूले दीप प्रज्वलन तथा माल्यार्पण गरेर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । नगरप्रमुख बिष्टले भन्नुभयो, “सुशासन, भ्रष्टाचार नियन्त्रण र समृद्ध नेपालको लागि उहाँहरूले देखेको सपना पूरा गर्न सके मात्रै सच्चा श्रद्धाञ्जली हुनेछ ।” नगरप्रमुख बिष्टले सहिद सुलभराज श्रेष्ठ र आयुष थापाको नाममा विशालनगर क्षेत्रमा प्रव...








