शब्द सारथिमा कविताद्वारा भानुको सम्झना
चौतारा । २९, असार
सिन्धुपाल्चोकको चौतारामा हरेक शुक्रबार सञ्चालन हुँदै आएको शब्द सारथिको सुन्ने सुनाउने शृङ्खलामा यसपटक आदिकवि भानुभक्त आचार्यलाई सम्झना गरिएको छ ।
नियमित साहित्य सिर्जना सुन्ने सुनाउने साप्ताहिक शृङ्खला सञ्चालन गर्दै आएको शब्द सारथिले आचार्यको २१०औँ जन्मजयन्ती अवसरमा ‘१ सय ४७औं भानु विशेष शृङ्खला’ सञ्चालन गरेको हो । चौताराको शहीदचोक स्थित कञ्चन स्मृतिग्राम पुस्तकालय सञ्चालन गरिएको शृङ्खलामा स्रष्टाहरुले आदिकवि भानुभक्तलाई समर्पित गर्दै कविता वाचन गरेका थिए ।
‘नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ’, शृङ्खला सञ्चालनको सुभारम्भ गर्दै शब्द सारथिका सचिव सुन्दर शिरीषले भने– ‘भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उनको सम्मान गर्नुपर्ने र उनका विचारका बारेमा उ...
