सम्पर्क

विचार

ऐतीहासीक दुगुनागढीमा पागुन १२मा दौड हुने

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको ऐतीहासीक पर्यटकीय स्थल दुगुना गढीमा फागुन १२ गते दौड प्रतियोगिता हुने भएको छ । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका स्थित वडा न ं ३ड्राइपोर्ट देखी लिस्तीकोट हुँदै दुगुनागढी सम्म २४.५किलोमिटर दौड प्रतियोगिता हुने भएको हो । श्री इन्द्रध्वज गणको आयोजनामा सिन्धुपाल्चोक जिल्लाको ऐतीहासिक स्थलहरुको पहीचान दिलाउँन,पर्यटन प्रबर्धनमा टेवा पुर्याउँनका साथै ऐतिहासिक संरचनाको संरक्षण तथा शाहसिक खेलकुद बिकास र सैनिक,नागरिक सम्बन्धलाइ अझ प्रगाढ गर्दै लैजाने उद्धेश्यले यो दौड प्रतियोगिताको आयोजना गरिएको सेनानी अनिल कुमार बस्नेतले जानकारी दिनु भयो । Brouchers १उँहाका अनुसार फागुन १२ गते हुने चौथो लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस प्रतियोगिताका लागी भोटेकोशी गाँउपालिकाले प्रायोजन गर्ने भएको छ । कार्यक्रम अनुसार दौड प्रतियोगितामा भाग लिन माघ २५ गते भित्र नाम दर्ता गरिसक्नु ...

श्री स्वस्थानी व्रत कथा प्रारम्भ । माघ स्नान । पूर्णिमा व्रत

#, ब्रेकिङ न्युज १, विचार, समाचार, साहित्य, स्वास्थ्य
श्री गणेशाय नमः ।। श्री सरश्वत्यै नमः ।। श्री स्वस्थानी परमेश्वर्यै नमः ।। स्वस्थानी व्रत कथा पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु सनातन कालदेखि धार्मिक रूपले अति महत्त्वपूर्ण मानिने श्री स्वस्थानी व्रत आज सुरु हुँदै छ । आजदेखि माघ महात्मैअन्तर्गत ‘श्री स्वस्थानी व्रत कथा’ को व्रतारम्भ हुन्छ । स्वस्थानी व्रत र कथा पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु हुन्छ। हिन्दु धर्मालम्बीहरुले चोखो रही घर–घरमा श्री स्वस्थानी कथा वाचन गर्छन् । एक महिनाभर व्रत कथाका ३१ अध्यायहरू पाठ गरिन्छन् ।यो क्रम एक महिनाभर निरन्तर रहन्छ ।माघ शुक्ल पूर्णिमाका दिन व्रत र कथा समापन हुन्छ । महिला–पुरुष दुवैले समान रूपमा यो स्वस्थानी कथा श्रवण गर्छन् । श्री स्वस्थानी माताप्रति आस्था राख्नेहरूले महिनाभरि व्रत लिन्छन् । यसरी व्रत लिँदा एक छाक चोखो गरेर खाने र अर्को छाक कन्दमूल या फलफूल सेवन गर्ने प्रचलन छ ।स्वस्थानी व्रत र क...

जनजागृतीको बार्षिक उत्सव सम्पन्न

ब्रेकिङ न्युज २, विचार, समाचार
मेलम्ची नगरपालिका ११ स्थित जनजागृति माध्यमिक विद्यालयको ५५औं बार्षिक उत्सव तथा १४ औं अभिभावक भेला सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि चन्द्रबहादुर तामाङले शिक्षालाई गुणस्तरिय बनाउनका लागी वडा बाट गर्न पर्ने सम्पुर्णकाम गर्न तत्पर रहेको बताउनुभयो । उहाँले नगरपालिका संग गर्नुपर्ने पहलका लागी आफु सधैं तयार रहेको बताउनुभयो । कार्यक्रममा इन्द्रावती बहुमुखी क्याम्पसका प्रमुख राधाकृष्ण श्रेष्ठले सामुदायिक विद्यालय हरुको गुणस्तर वृद्धिको लागी निरन्तर लागिपर्ने बताउनुभयो । शिक्षा शाखाका सुनिल कुमार भण्डारीले नगरपालिकाले शिक्षा क्षेत्रमा गरेका कामको बारेमा जानकारी दिनुभयो ।पुर्व बिद्यार्थी चौलागाईंले गुणस्तरीय र ब्यबहारिक शिक्षामा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले अङ्ग्रेजी बोल्दैमा गुणस्तरीय नहुने भन्दै के के कुरामा गुणस्तर दिने भन्नेमा जनप्रतिनिधि,अभिभावक र शिक्षक चनाखो हुनपर्नेमा जोड दिनुभय...

नगर प्रमुख तामाङद्धारा चुनावमा गरेको प्रतिवद्धता पुरा गर्न आग्रह

ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, विचार, समाचार
देवराज सुवेदी मेलम्ची — ज्यामिरे— गुफाडाँडा —पर्यटन मार्ग स्तरोन्नतिको शिलान्यास गरिएको छ । बुधबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले पर्यटन मार्ग अन्तर्गत मेलम्ची १० को जिरो पोइन्टबाट स्तरोन्नतिको शिलान्यास गर्नुभएको हो । मेलम्ची नगरपालिकाको २ करोड ५९ लाख रुपैयाको लागतमा गेहेन्द्रलक्ष्मी निमार्ण सेवा तथा जुगल हिमशिखर जेभीेले सडक कालो पत्रे, ढलान लगायतको काम गर्न लागेको हो । शिलान्यास कार्यक्रममा वडा नं. ९ र १० का वडाअध्यक्षहरु किरणदिप खड्का र अमृत खनाल तथा वडा नं. १० का पूर्व वडाअध्यक्ष भक्तबहादुर खड्का लगायतको सहभागिता थियो । जलवायु सम्मेलन भएको पर्यटकीय क्षेत्र गुफाडाँडा जोड्ने सडकमा संघीय सरकारको ध्यान नपुगेपछि नगरपालिकाको बजेट बाट सडक स्तरोन्नतिको काम गर्न लागेको नगर प्रमुख तामाङले बताउनुभयो । उहाँले संघ तथा प्रदेश सरकारले मेलम्चीको विकासमा ध्यान नदिएको भन्दै चुनावमा गरेको प...

लोककल्याणकारी विज्ञापनको रकम दोब्बर गर्न काउन्सिलको सुझाव

ब्रेकिङ न्युज १, विचार, समाचार
प्रेस काउन्सिल नेपालले पत्रपत्रिकाले पाउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम दोब्बर वृद्धि गर्न सरकारलाई सुझाव दिएको छ । काउन्सिलले मङ्गलबार एक विज्ञप्ति जारी गरी हालै बसेको बोर्ड बैठकबाट लोककल्याणकारी विज्ञापनबापतको रकम लामो समयसम्म वृद्धि नभएको र टिकाइरहन कठिनाइ भएको भन्दै रकम दोब्बर गर्न सुझाव दिने निर्णय गरेको जनाएको हो ।काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दिपक खनालद्वारा जारी विज्ञप्तिमा छापा माध्यमलाई टिकाइराख्न समस्या आइरहेको सन्दर्भमा प्रादेशिक र स्थानीय निकायका विज्ञापन/सूचना तत् तत् स्थानका पत्रपत्रिकाले नपाएको विषयमा समेत काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । ‘बैठकले स्थानीय र प्रदेश स्तरका सरकारी विज्ञापन/सूचना प्रकाशनका लागि स्थानीय र प्रदेश स्तरका पत्रपत्रिकालाई प्राथमिकताका साथ उपलब्ध गराउन सम्बन्धित निकायमा लेखी पठाउने निर्णय गरेको छ ।’ विज्ञप्तिमा भनिएको छ ।खरिदसम...

भव्यताका साथ ज्ञानमन्दिर माविले मनायो ४८ औं वार्षिकोत्सव

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
चौतारा साँगाचोकगढी नगरपालिका– ७ मेलचौर स्थित ज्ञानमन्दिर नमुना माध्यामिक विद्यायलले साच्चैको नमुनाकै रुपमा आफ्नो ४८ औं वार्षिकोत्सव कार्यक्रम मनाएको छ । शनिबार वार्षिकोत्सव, २८ औं अभिभावक सम्मेलन तथा भुतपुर्व विद्यार्थी पुर्नमिलन समारोह समेत रहेको ज्ञानमन्दिरको उक्त कार्यक्रमको प्रमुख अतिथि तथा चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटाले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सापकोटाले बिद्यालयको नाम मात्र ज्ञान मन्दिर होइन, भौतिक संरचना तथा वाताबरण अत्यन्त सुन्दर भएको बताउँनु भयो । उहाँले बिद्यालयको भौतीक अबस्था मात्र राम्रो भएर राम्रो हुने होइन, त्यहाँबाट पाएको ज्ञान राम्रो भयो भने मात्र शिक्षा सिकाइले साथर्तकता पाउँने बताउँनु भयो । उँहाले आफु पनी काममा बिश्वास गर्ने भएकाले ज्ञानमन्दिर माविले पनी काम गरेर देखाएकोले यसप्रती बढी बिश्वास जागेको बताउँनु ...

इन्द्रेश्वरी माविका ५ विद्यार्थीलाई बिनोद नेपाल स्मृति फाउण्डेसनद्वारा पुर्ण छात्रवृत्ति

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
    सिन्धुपाल्चोक जिल्ला का इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्चीका इन्जिनियरिङ विषय अध्ययनरत ५ जना विद्यार्थीले पाएका छन । बिनोद नेपाल स्मृति फाउण्डेसनले इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्चीका ५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको हो । बिहिबार एक कार्यक्रमका बिच फाउण्डेसनका सल्लाहकार तथा इन्द्रावती गाउँपालिकाका पुर्व अध्यक्ष वंशलाल तामाङ र फाउण्डेसनका अध्यक्ष डा. गंगादत्त नेपालले विद्यालयका प्रधानाध्यापक देवि श्रेष्ठलाई सो छात्रवृत्ति सहयोग हस्तान्तरण गर्नुभएको हो । कक्षा ९, १० र ११ मा सिभिल इन्जिनियरिङ विषय अध्ययनरत ५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिएको हो । छात्रवृत्ति प्राप्त गर्नेहरूमा कक्षा ११ का निरूता आचार्य र राजु दनुवार, कक्षा १० को मानवी पुरी, कक्षा ९ को हिमानी चालिसे र सन्दिप गिरी रहेका छन ।फाउण्डेसनले ५ जनालाई स्टेसनरी वापत जनही ...

त्रिपुरामा निःशुल्क आँखा जाँच कार्यक्रम हुदै

जिबनशैली, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाको विभिन्न स्वास्थ्य चौकीहरुमा निःशुल्क रुपमा आँखा जाँच सेवा दिने भएको छ । डाक फाउण्डेशन ,नेत्रज्योति संघ, कीर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्र र त्रिपुरासुन्दरी गा.पा. को संयुक्त आयोजनामा माघ ०५ शुक्रबारदेखि माघ ११ बिहीवारसम्म निःशुल्क आँखा शिवीर सञ्चालन गर्न लागीएको गाँउपालिका स्वास्थ्य संयोजक चन्द्र नारायण शाहले जानकारी दिनुभयो । उाहँक अनुसार शिविरबाट सल्यक्रीया गर्न पर्ने देखा परेका बिरामीहरुलाइ २०८० माघ ९ गतेदेखि ११ गतेसम्म पिस्कर स्वास्थ्य चौकीमा निःशुल्क शल्यक्रिया समेत गरिनेछ ।...

भूमि समस्या बारे ध्यानाकर्षण

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
भूमि अधिकार तथा श्रमिक संगठन, सिन्धुपाल्चोकले भूमि सम्बन्धी समस्याहरुको निकाश दिन ध्यानाकर्षण गराएको । मंगलबार जिल्ला सदरमुकाम चौतारामा संगठनले मालपोत कार्यालय, नापी कार्यालय सँगै प्रमुख जिल्ला अधिकारी समक्ष समग्र भूमि समबन्धि समस्या वारे ध्यानाकर्षण गराएको हो । भूमि सम्बन्धी समस्या क्रमिक रुपमा थप हुँदै जाने क्रमको चिन्ता सहित समाधानमा केन्द्रीत हुन सरकार समक्ष संगठनले जोडदार माग गरेको छ । वर्षौ देखि गुठी समस्याले थलिएको गुठी पीडित किसानहरुलाई तिरो बृद्धि गरी थप मारमा परेकोमा आपत्ति जनाएको छ । किसानले तिर्न नसक्ने गरी मालपोत शुल्क बढाईएको, तिरो तिर्न स्थानीय तहमा ब्यवस्था नगरी जिल्ला सदरमुकाम सम्म आउजाउ गर्न समस्या भएको, हचुवाको भरमा घरजग्गाको मुल्यांकन गरिएको, मोही जग्गा बाँडफाँड तथा नामसारीको निवेदनको सम्वोधन गरी जग्गाधनि प्रमाण पुर्जा उपलब्ध गराउन माग गरिएको छ । त्यस्तै भूमिहीन तथा सुम...

सात धारा महादेव मन्दिरमा बाेम्बाे (झाँक्री ) सम्मेलन तथा वृहत सांस्कृतिक कार्यक्रम

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
पाण्डव अधिकारी बोम्बो ( झाँक्री ) सम्मेलन तथा वृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।    आज मेलम्ची नगरपालिका वडा नं. ९ ज्यामिरे स्थित सातधारा दुप्चेश्वर मन्दिरमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङसहित नेपाल झाँक्री संघका अध्यक्ष चेतबहादुर थिङको नेतृत्वको टोली, मनोत्र तामाङको नेतृत्वको टोली, छिमेकी पालिका र नगर भित्रका विभिन्न वडाबाट र स्थानीय स्थानीय झाँक्रीहरूले प्रदर्शन गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि आइतमान तामाङले आफू परम्परा,संस्कृति र मूल्य मान्यता अनुसार झाँकी भएको बताउनुभयो । उहाँले नेपाली संस्कृतिलाई भुलेर पराइको संस्कृतिलाई आँखा चिल्लेर पछ्याउने विकृतिबाट मुक्त पार्न सबै जातजाति, भाषाभाषी र धर्मावलम्बीहरुले आ-आफ्नो रीतिरिवाजमा जागरण पैदा गर्नुपर्नेमा जोड दिनुभयो । "नेपालमा अनेक जाति र तिनका भाषा, वेश र परम्परा छन्। ती सबैका...