मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौरको वडा कार्यालय उद्घाटन तथा स्वास्थ्य चौकी भवन शिलान्यास सम्पन्न मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौरको वडा कार्यालय भवन उद्घाटन गरिएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले भवनको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन गर्दै नगर प्रमुख तामाङले गुणस्तरीय भवन बनेको भन्दै अब सेवापनि गुणस्तरीय हुनेकुरामा ढुक्क हुन आग्रह गर्नुभयो । हामी सबैको साझा भवन भएकाले यसको संरक्षण गर्नुपर्ने बताउनुभयो । नगर प्रमुख तामाङले मुख्य सडक बाट वडा कार्यालय सम्म आउने सडक,वडा कार्यालय अगाडिको वाल लगायत संरचनाको मर्मतका लागी नगरपालिकाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । नगरपालिकाको वडा नम्बर ४ र १२ को प्रशासनिक भवन निर्माणाधीन रहेकाले लगभग सबै वडाको प्रशासनिक भवन निर्माण सम्पन्न हुन लागेको बताउनुभयो । मेलम्ची दुवाचौर शेर्माथाङ र फट्टे धार्ना मोटरबाटोको स्तर उन्नतिको लागी संघीय सरकारलाई पठाएको बताउनुभयो । उहाँले यहीँ महिनाको अन्तिम सम्ममा फट्टेमा बन्ने पुलको टेण्डर आह्वान गर्ने उद्घोष गर्नुभयो ।
नगर प्रमुख तामाङले खानेपानी,सिंचाइ,पर्यटन लगायतका क्षेत्रमा नगरपालिकाले योजना सहित बजेटको ब्यबस्था गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । उहाँले सामुदायिक भवन,मठमन्दिर,गुम्बा बनाउने कुरामा स्थानीयको आवश्यकता अनुसार विकास गर्दै समृद्ध बनाउने कुरामा नगरपालिका सकारात्मक रहेको बताउनुभयो । उहाँले बाटो र भवन मात्र बनेर नहुने भन्दै पर्यटकीय र धार्मिक स्थल निर्माणमा अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रमका सभापति एवम् वडा अध्यक्ष पासाङ तामाङले जग्गा दातालाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भवन निर्माणमा सहयोग पुर्याउने सम्पुर्णमा आभार प्रकट गर्दै आगामी दिनमा पनि सल्लाह सुझावको लागी आग्रह गर्नुभयो । 
वडामा गर्नपर्ने विकस निर्माणको कामको बारेमा अवगत गराउदै अध्यक्ष तामाङले आवश्यक सहयोगका लागी नगर प्रमुखको ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा मेलम्ची नगरपालिका वडा नम्बर २ का अध्यक्ष नगेन्द्रप्रसाद खतिवडा,मेलम्ची ७ का निवर्तमान वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ लगायतले स्वागत मन्तव्य राख्नुभएको थियो भने वडा सदस्य श्रीकृष्ण श्रेष्ठले स्वागत मन्तव्य राख्नुभयो । वडा कार्यालय उद्घाटन समारोहमा जग्गादाताहरु स्वर्गीय बिष्णुप्रसाद सुवेदी,ढाटोदत्त सुवेदी,लिलानाथ सुवेदीका परिवार र भिमबहादुर श्रेष्ठ लगायत लाई प्रमाणपत्रले सम्मान गरिएको थियो । त्यस्तै इन्जिनियर राजु दंगाल,सब इन्जिनियर सन्तोष थापा,पुर्व कर्मचारीहरु ईश्वरी तिमल्सिना ,भुपेन्द्र कुलुङ र कृष्ण ढुंगानालाई सम्मान गरिएको थियो ।
यसैबीच मेलम्ची ७ मा आजै दुवाचौर स्वास्थ्य चौकीको भवन समेत शिलान्यास गरिएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ,मेलम्ची ७ का वडा अध्यक्ष पासाङ तामाङ,पुर्व वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले संयुक्त रुपमा स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको हो ।
१ करोड ६२ बजेटमा निर्माण हुने भवनको आगामी साउन भित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । निर्माणको जिम्मा केदार /शान्ति एण्ड अश्विन /भुजन जेबि प्रालिले पाएको छ । नगर प्रमुख तामाङले समयमै गुणस्तरीय काम गर्न निर्देशन दिनुभयो । निर्धारित समय अगावै भवन सम्पन्न गर्ने निर्माण ब्यबशायी सोमराज घ्लानले प्रतिबद्धता जनाउनुभयो ।