सम्पर्क

पत्रकारिता किन र कसका लागी ?

हाम्रो देश नेपालमा १९९५ श्रावण महिनाबाट पत्रकारिताको सुरुवात भएको पाईन्छ । सुरुमा सुधासागर साहित्यक पत्रिकाबाट सुरु भएको पत्रकारिता पेशा अहिले आइपुग्दासम्म राजनितीक दलका शुभेच्छीक सँस्थाहरुसँग आबद्ध हुन थालेपछी यस पेशामा लागेको देखाउँन लहर चलेको जस्तो देखिन्छ । नेपाल सरकारले वास्तविक पत्रकारीता कसले गर्छ ? किन गर्छ ? भन्ने भन्दा पनि सञ्चार गृहको सिफारिसमा केही मापदण्ड पुरा गरेपछी सुचना बिभागबाट पाइने प्रेसपास अनि राजनीतिक दलको शुभेच्छुक सँस्थाहरुको भाग बण्डामा पाइने पत्रकार महासंघको सदस्यताका कारण वास्तविक स्वतन्त्र पत्रकारहरु ओझेलोमा परेको देखिन्छ । खाशगरी सिन्धुपाल्चोकको पत्रकारिता गर्ने वास्तविक पत्रकार कति छन् र कसरी गरिरहेका छन् यो त पाठकले मुल्याङ्कन गरेकै होलान तर मेरो बिचारमा सिन्धुपाल्चोकमा पत्रकारिता गर्नका लागि महासंघका सदस्यता लिएका धेरै ब्यक्तिहरु स्थानीय सरकारसँग आबद्ध छन् । त्यसैगरी प्रेस काउन्सिलबाट बर्गीकृत भएका भनिएका केही पत्रिकाहरु लोकल्याणकारी बिज्ञापनका लागी मात्र पत्रिका निकालेका छन् । व्यापार व्यवसायीहरु छन्, यो पत्रकारिताको मर्म अनुसार छ की छैन । यो बिषयमा यहाँ चर्चा गर्नुभन्दा पनी पत्रकारिता किन र कसका लागी गर्ने भन्ने बिषयमा मैले देखेका कुरा यहाँ पस्कन चाहान्छु खाशगरी पत्रकारीता पेशा जोखीम र सँधै समस्यासँग जुधेर काम गर्न पर्ने पेशा हो र यो मर्यादित र अनुशासित हुन पर्ने पेशा हो । दिनरात घामपानी जस्तो सुकै अबस्थामा पनी स्थानीय घटना बिबरण सङ्कलन गरी प्रकाशन तथा प्रशारण गर्नु, स्थानीय नागरिकको समस्या सम्बन्धित निकायमा लाने सरकारको निती निर्णय नागरिक समक्ष लैजानु अनी बिशेष गरि भ्रष्टाचार अनियमितता, मानव अधिकार हनन, लगाएतका बिषयहरुमा आबज बुलन्द गर्नु नै हो जस्तो लाग्छ तर अहिलेको यो अबस्थामा आफु आबद्ध राजनीतिक दलका नेताहरुले गरेका गल्तीहरुका बिषयमा आवाज नउठाउँने ढाकछोप गर्ने बिपक्षहरुले गरेका सानातिना कुरालाई पहाड बनाउँने खालका काम भइरहेको अनुभव भएको देखिन्छ । पत्रकारीता पेशामा लागेकाहरु स्वतन्त्र र निष्पक्ष हुनपर्छ यसमा कसैको दुइमत नहोला । तर अहिले त्यसो हुन सकिरहेको छैन त्यसका कारण हो राजनीतिक दलको प्रचारप्रसार गर्नु अनि राजनितीक दलहरुले पनि आफ्ना कार्यकतालाई मात्र पत्रकार बनाउँन खोज्नु । पछिल्लो समयमा सुचना बिभागबाट प्रदान गरिने परिचय पत्र र पत्रकार महासंघले दिने परिचयपत्र बोकेर मात्र पत्रकार हो भन्नेहरुको भिड लागेको जस्तो देखिन्छ । नेपाल पत्रकार महासंघले यहि समस्याका समाधान गर्न सदस्यता सुद्धिकरण अभियान ल्यायो तर त्यो पनि सिन्धुपाल्चोकको पत्रकारितामा रहेर वास्तविकतामा रहन सकेन । किनभने पत्रकार महासंघकमा आबद्ध केही ब्यक्तिहरु राजनितीक सल्लाहाकार हुनुहुन्छ, केही ब्यक्तिहरु स्थानीय सरकारको तलबखाने कर्मचारी हुनुहुन्छ, केहि व्यापारी तर पत्रकारिता पेशा मात्र गर्नेलाई सदस्यता दिदा भाग वण्डा गरिन्छ । अनि कसले कसलाई सहयोग गर्याे त्यसलाई सदस्यता दिइन्छ पत्रकार महासंघको सदस्यता लिनका लागी मापदण्ड भएपनी भागबण्डाका कारण लागु गर्न सकिएको छैन । मैले यहाँ भन्न खोजेका कुराहरु भनेको पत्रकार भनेको जहिले पनि स्वतन्त्र हुनपर्छ अनि स्थानीय, प्रदेस ,संघीय सबै सरकारले राजनीती दलसँग आबद्ध भन्दापनी स्वतन्त्र मिडियाहरुलाई प्रोत्साहन दिनपर्छ । सूचना बिभागको परिचयपत्र भएका जुन सञ्चार गृहले सिफारिस गरेको छ, त्यही सञ्चार गृहको समाचार लेखेका आधारमा सदस्यता दिने नवीकरण गर्दापनी कुन संस्थाको सिफारिसमा सदस्यता लिएको हो सोही संस्था वा संस्था परिवर्तन गरेको भए प्रमाण सहित सोही संस्थाको सिफारिसमा परिचय पत्र नबीकरण गर्नु पर्छ । यँहा अहीले महासघकै सदस्यता लिनका लागी र सरकारी सुबिधा लिनैका लागी मात्र प्रकाशित पत्रिकाहरु बजारमा देखिदैन यसमा राज्यकोष दुरुपयोग भएकै छ । यसतर्फ पनी यो निती अबलम्बन गर्न सकेको अबस्थामा दुरुपयोग रोकिन सक्छ । पत्रकार महासघंको सदस्य सुद्धिकरण भनि राख्नै परेन यहाँ मन्त्री बनेकाहरुलाई सदस्यता, सरकारी सुबिधा लिनेलाई सदस्यता, अनी चन्दा दातालाई सदस्यता, आफन्तलाई सदस्यता, सञ्चार गृह दर्ता गर्ने बित्तिकै सदस्यता अनी राजनिती दलसँग आबद्ध पत्रकारका संस्थाहरुको भाग बण्डामा सदस्यता दिने महासंघको निती बन्द गर्न सके मात्र वास्तविक पत्रकारिता पेशाको संरक्षण हुन सक्छ । यो बन्द नभए सम्म सुद्धिकरणको अर्थ रहँदैन । महासंघको नेतृत्व लिएको ब्यक्तिहरुको इतिहास रहन्छ । यहाँ त वास्तविक पत्रकारिता गर्ने सञ्चार गृहमा समाचार लेख्ने र नियमित सञ्चार गृहमा काम गर्नेको सदस्यता छैन । सिन्धुपाल्चोकको कुरा गर्ने हो भने पनि धेरै साथीहरु सरकारी सुबिधा लिने हुनुहुन्छ । मैले यो बिचार राखि राख्दा त्यस्ता केहि साथीहरुलाई रिस डाँहा हुन सक्छ तर छातीमा हात राखेर धर्म सम्झेर भन्न सक्नु पर्छ । आफु को हो र कहाँ छु भन्न सक्नु पर्यो । अनि आफुले पेशा रोज्न सक्नु पर्याे सरकारी सुबिधा खाने अरु व्यवसाय गर्ने की पत्रकारिता गर्ने यस तर्फ रोज्न जरुरी छ । अनि महासंघ पनि वास्तविक पत्रकारको छाता सङ्गठन भएको ठहर्छ । नत्र भने विस्तारै महासंघ व्यापारी, सरकारी सुबिधाभोगीहरुको हातमा जाने छ । वास्तविक पत्रकारिता पेशा ओझेलोमा पर्ने छ । त्यसैका लागि हामीले पत्रकारिता गरिरहँदा यो कसका लागी र किन गर्दै छौ भन्ने बुझ्न जरुरी छ । यसो भनी रहँदा धेरै साथीहरुको मन दुखेके होला अनी मैले काम गरिरहेको सञ्चार गृहलाई तपाइहरुहरुबाट असहयोग होला यसमा मलाई कुनै दुखेसो पनी छैन तर पनी म बिशेषज्ञ होइन मैले मेरो बिचार पस्केको मात्रै हो यसो भनी रहँदा पत्रकारिताको धर्म र मर्यादा बिपरित काम गर्नेलाई सदस्यता दिइरहन पर्छ भन्ने मान्यतालाई अन्त गर्दै जुन सञ्चार गृहबाट सदस्यता लिएको छ त्यसले काम छोडी सकेपछी पनी सदस्यता नवीकरण गरिरहने व्यवस्था हुनु र पुर्ब मन्त्रीहरुलाई नवीकरण गरिरहेर मन्त्री बनाउँनु एउटै हो जस्तो लाग्छ मेरो बिचारमा । यहाँ नियमित पत्रीका सञ्चालन गर्नका लागी बैङ्कको कर्जाको व्याज तिर्न समस्या छ तर पाबकतारिताको नाममा समाचारै लेख्दै नलेख्नेले क्यामारा तेर्सयाएकै भरमा बिज्ञापनका लागी मात्रै पत्रीका प्रकाशन गरेको भरमा पत्रकार बन्नेहरुलाई लाज लाग्नै पर्ने हो तर लाज पचाएपछी महासंघले पनी यस तर्फ ध्यान दिनपर्ने हो पत्रकारिता किन र कसका लागी भन्ने कुराको ख्याल समेत राख्न नसक्नेलाई सदस्यता नवीकरण गरिरहन पर्छ भन्ने छैन । त्यसैले महासंघले यस तर्फ समयमा नै ध्यान दिन जरुरी देखिन्छ ।