सम्पर्क

गाउँपालिकाको गाडी दुर्घटना हुँदा प्रमुख प्रशासकीय अधिकृतसहित ५ जना घाइते

सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकाको टाटा मोवायल हाइलेक्स गाडी लागर्चेमा दुर्घटना हुँदा प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जना घाइते भएका छन् ।
दुर्घटनामा परी घाइते हुनेहरुमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइकेल, राम प्रसाद न्यौपाने, कान्छा तामाङ, शारदा उप्रेती, सरिता गौतम र दीपा कुमारी धमला रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरिक्षक निरन्जन भट्टराईले जानकारी दिनुभयो ।
उहाँको अनुसार गाउँपालिकाबाट काठमाडौं आउँदै गरेको बा १ झ ६३०३ नं. को टाटा मोवायल हाइलेक्स गाडी अनियन्त्रित भई सडकबाट करिब १ किलोमिटर तल खसेको थियो ।
घाईते ६ जनामध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।