सम्पर्क

विचार

डडुवा बचत तथा ऋण सहकारीको १५औं बार्षीक साधरणसभा सम्पन्न

#, कृषि, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ मा रहेको डडुवा बचत तथा ऋण सहकारी संस्थाको १५औ बार्षिक साधरणसभा एक समारोहका बिच शनिबार सम्पन्न भएको छ संस्थाका अध्यक्ष केशव प्रसाद नेपालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिका–१४ का वडा अध्यक्ष उद्धव प्रसाद नेपालले उद्घाटन गर्दै सहकारीताको माध्यमबाट गरेका काम सबै सफलता हुने भएकोले सहकारीताको माध्यमबाट काम गर्नेलाई स्थानिय सरकारले पनि प्रोत्साहन गरिने बताउनु भयो ।उहाँले डडुवाका रहेका सहकारि मध्य डडुवा बचत तथा ऋण सहकारि संस्थाले वडाबासीको साना–साना समस्या समधान गर्न अग्रणी भुमिका निर्बाह गरेकोमा विशेष धन्यबाद दिनुभयो । उहाँले युवाशक्ति बिदेसिने क्रम बढेको र घरमा बुढाबुढी मात्र बस्ने गरेको प्रती दुखेसो पोख्दै उत्पादनमुखी र रोजगारमुखी काममा सहकारीहरुले प्रोत्साहन दिनपर्ने बताउँनु भयो । उहाँले १४ न...

त्रिपुरासुन्दरीमा मुटु रोगीलाई निःशुल्क औषधी बितरण

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाले अध्यक्षसँग जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत गाउँमै बसोबास गरेका मुटुका रोगीहरुलाई निःशुल्क औषधि वितरण कार्यक्रम सुरु गरेको छ । शुक्रबार गाउँपालिकाले त्रिपुरासुन्दरी –३ धुस्कुनबाट सो कार्यको औपचारिक सुरुआत गरेको हो । गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहोराले कार्यक्रमको शुभारम्भ गर्दै जनप्रतिनिधीले सबैभन्दा पहिले आफ्ना नागरिकहरुको समस्या पहिचान गरी समस्या समाधान गर्नका लागी पहल गर्नुपर्छ, त्यसमा पनी स्वास्थ्य, खानेपानी, शिक्षा गर्दै सहयोग गर्नुपर्छ भन्नुभयो । उहाँले नागरिकलाई स्वस्थ राख्न सक्यो भने मात्र नागरकिले आयआर्जन अनि बिकास काममा सहयोग गर्न सक्छन भन्दै उहाँले पालिकाबासी सबैले पहिले आफ्नो स्वास्थ्यमा ख्याल राख्न पर्ने बताउँनु भयो । उहाँले गाउँपालिका अन्तर्गत गाउँमा नै बसोबास गरेका गाउँपालिका मुटु रोगीहरुलाई वडा नं. ३ धुस्कुनबाट निःशुल्...

जुगलबाट सामुदायिक बिद्यालयले सिक्नुपर्छ – उपप्रमुख थापा

ब्रेकिङ न्युज २, विचार, समाचार
निर्मल बस्नेत –चौतारा त्रिभुवन विश्वबिद्यालय (टियु) मा बिद्याबारिधी गरेपछि गरिने दिक्षान्तको झल्को दिनेगरि सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा रहेको जु्गल बोर्डिङ हाईस्कुलले प्री प्राईमरीका बिद्यार्थीहरुलाई एक कार्यक्रमका बिच दिक्षित गरेको छ ।बुधबार जुगल बोर्डिङ हाईस्कुलको कक्षा युकेजीबाट कक्षा एकमा प्रबेश गर्ने ४२ जना बिद्यार्थीहरुलाई गाउन र दिक्षान्त टोपीमा सजाएर कक्षाबृद्धिको कुरा उल्ललेख गर्दै फोटोसहितको मायाको चिनो र मार्कसिट प्रदान गरि दिक्षित गरेको छ । उँहाहरुलाई चौतारा साँगाचोकगढी नगरपासलकाका उपप्रमुख सीता थापाले दिक्षीत गर्नू भएको हो । साथै कक्षा नर्सरीबाट एलकजी ३६ र एलकेजीबाट युकेजीमा ५१ जना बिद्यार्थी कक्षाबृद्धि गराएको छ ।कार्यक्रमका प्रमुख आतिथी नगर उपप्रमुख सीता थापाले दिक्षान्त समारोहमा बोल्दै जुगल बोर्डिङले पछिल्लो समयमा सिकाई उपलब्धीको संगै भौतिक, शैक्षिक व्यवस्थापन...

राष्ट्रिय बाल नाटक मेलाको सम्पूर्ण तयारी पुरा

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
  काठमाडौं । बालबालिकामा अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित राष्ट्रिय बाल नाटक मेलाको दोश्रो संस्करण यही फागुन १८ गतेदेखि हुने भएको छ । नाट्यकर्मी महासंघ नेपालको आयोजनामा हुन गइरहेको बाल नाटक मेलाको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।२ महिना अगाडीबाट देशभरबाट आएका नाटकहरु मध्ये उत्कृष्ट नाटकहरु छनौट गरी फाइनल चरणका नाटकहरु छनौट गरिएको आयोजक नाट्यकर्मी महासंघका केन्द्रीय अध्यक्ष राजेन्द्र रिमालले बताउँनु भयो । ‘दोश्रो चरणको बाल नाटक मेलाको सम्पूर्ण तयारी पुरा भएको छ । हामीले देशभर खुल्ला आब्हान गरी नाटकहरु माग गरेकोमा उत्कृष्ट ११ वटा नाटक फाइनलका लागि छनौट गरेका छौं ।’ अध्यक्ष रिमालले विद्यालय स्तरबाटै बालबालिकाहरुलाई नाट्य क्षेत्रमा अग्रसर हुन प्रेरित गर्ने उद्देश्यले बाल नाटक मेला हुन लागेको बताउँनु भयो ।मेलामा कक्षा ८ देखि माथि अध्ययनरत विद्यार्थीहरुले ...

बालसुधार माध्यमिक विद्यालय दुवाचौरको ६६औं बार्षिकोत्स सम्पन्न

ब्रेकिङ न्युज २, विचार, समाचार
श्री बालसुधार माध्यमिक विद्यालय मेलम्ची -७ दुवाचौरको ६६औं बार्षिकोत्सव , २४औं अभिभावक दिवस तथा पुर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम सोमबार सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन गर्नुहुँदै मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले मेलम्ची नगरपालिकाले पुर्वाधार भन्दा पछि शिक्षामा लगानी गरेको बताउदै थप दर्बन्दी हरु न्युनतम दर्बन्दी भएको ठाउँमा शिक्षक पठाइएको बताउनुभयो ।बालमैत्री वडा घोषणा भइ सकेको बताउँदै अन्य वडा पनि क्रमस बालमैत्री वडा घोषणा गरिने प्रधानले बताउनुभयो । उहाँले बालमैत्री वडालाई आवस्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । भुतपुर्व विद्यार्थीहरुले गरेका कामको प्रशंसा गर्दै उहाँले शिक्षाको विकासको लागि गरेको कामको निरंतरताको कामना गर्नुभयो । विद्यालयको नाम अनुसार शिक्षा गुणस्तर सुधारका लागि अझै प्रयास गर्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो ।विद्यालय क्यान्टिनका लागि यहि बर्ष नभएमा अर्को...

सिन्धुपाल्चोकमा दादुरा–रुबेला विरुद्ध खोप अभियान को पहीलो दिनमा ४०६८

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
  सिन्धुपाल्चोक जिल्लामा दादुरा–रुबेला विरुद्ध खोप अभियान को पहीलो दिनमा ४०६८ले खोप लगाएका छन । जिल्ला स्वास्थ्य प्रमुख डा दुर्गा बजाइका अनुसार २०७७पुरष बालक र १९९१महीला बालीकाले खोपलगाएका छन । अभियानको सुरुको दिनमा जिल्लन्मा रहेको १२वटा पालिकामा गरि जम्मा ४०६८ले खोप लगाएका हुन । यसै गरी जिल्लाको सदरमुकाम चौतारामा अभियानको पहिलो दिन सोमबार नगरभित्रका ८ सय ८५ जना बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप दिएको चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखाप्रमुख शिब पुरीले जानकारी दिनु भयो ।९ महिनादेखि ५ वर्षभित्रका उमेरसमूहलाई लक्षित गर्दै सञ्चालन गरेको अभियानमा ४२१ जना बालिका र ४६४ जना बालक रहेको स्वास्थ्य शाखा प्रमुख शिव पुरीले जानकारी दिनुभयो ।शाखाप्रमुख पुरीका अनुसार १४गते बाट १७ गतेसम्म नगरको १४ वटै वडामा अभियान सञ्चालन हुने छ । वडाका ४० खोप केन्द्रभित्र पायक पर्ने ठाउँमा खोपकार्...

दोलालघाटमा ३ संस्थाको सयुक्त वार्षिक साधारण सभा

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार
एकराज श्रेष्ठ,         भुम्लु गाउपालिका काभ्रेका अध्यक्ष प्रेम बहादुर भुजेल लेदोलालघाटको पर्यटन बिकासको लागी एक करोड रकम बिनियोजित गर्नुको साथमा दुइ वटा नदिमा केहि लगाणी कर्ताहरु संग मिलेर मोटर वोट संचालनको लागी दश लाख लगानी गर्ने बताउँनु भएको छ । उँहाले फागुन ११ मा एकै थलोमा एकै साथ सयुक्त रुपमा सम्पन्न ३ वटा संस्थाको बार्षिक साधारण सभाकोउद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो । दोलालघाट उधोग बाणिज्य संघको तेस्रो,दुलाललेश्वर बातावरणिय तथा समाज सेवा क्लवको २९ औ र समृद्ध टोल बिकास समितीको पहिलो बार्षिक साधारण सभामा प्रमुख अतिथीको रुपमा बोल्दै अध्यक्ष भुजेलले भुम्लुको मेरु दण्ड तथा अन्तराष्ट्रिय मार्गको बिन्दु रहेको दोलालघाटलाइ पर्यटनको प्रमुख गन्तब्य स्थान बनाउने परिकल्पना भएकोले यस कार्यमा दोलालघाटमा रहेका संघ संस्थाको साथ आवश्यकता भएको बताउँनु भयो । उँहाले उधोग बाणिज्य संघलाइ इंकित गर्दै स्र...

अर्काे लोकप्रिय काम गर्दै मेलम्ची नगरपालिका

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले नगरबासीहरुको चाहाना अनुरुप बिकासका कामहरु गरेर लोकप्रियता कमाइ रहेको छ । यसरी लोकप्रियता कमाइ रहँदा सरकारको कार्यमुल्याङ्कनमा सिन्धुपाल्चोक जिल्लाको पहीलो र देसभरीको तेश्रो स्थानमा परेर लोकप्रियाता हासिल गरे लगत्तै अनधिकृत संरचना हटाउन शुरु गरेर अर्को लोकप्रियता काम गर्न शुरुगर्न लागेकोमा नगर बासी खुशी भएका छन । नगरपालिकाले मेलम्ची बजारमा सडक पेटी मिचेर बनाइएका संरचना हटाएको छ । शनिबार बिहान मेलम्ची नगरपालिका–११ स्थित सडकपेटी मिचेर बनाइएका संरचना हटाउन नगरपालिकाले डोजर चलाएको छ ।नगरप्रमुख आइतमान तामाङले नगर पालिका सबैको हो । सावैजनकि सम्पती सबैको हो जो नगर प्रमुख भए पनी नियम कानुन मिचेर गरेको कामलाइ प्रोत्साहन दिन हुँदैन भन्दै आफुले ३५ दिने सूचना जारी गरेर हटाउन भनिए पनि नहटाइएपछि नगरपालिकाले डोजर लगाएर हटाएको बताउँनु भयो । उँहाले मेलम्ची बजारमा स...

धर्म, संस्कृति र आफ्नोपनलाई जाेगाओैं – मन्त्री बस्नेत

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार, साहित्य, स्वास्थ्य
 सिन्धुपाल्चोक/ १२ फागुन, स्वास्थ्य तथा जनसंख्या मन्त्री माेहनबहादुर बस्नेतले धर्म, संस्कृति र आफ्नोपनलाई जाेगाओैं भन्ने सन्देश व्यक्त गर्नुभएको छ । बाह्रबिसे नगरपालिकासहित विभिन्न संघसंस्थाकाे संयुक्त आयाेजनामा आज वडा नं. ३ खाेर्सानीबारीमा भएको २८६० ओैं डुक साेनाम ल्हाेछार कार्यक्रममा मन्तव्य राख्नुहुँदै मन्त्री बस्नेतले धर्म,संस्कृति लगायतका पर्वहरुले नेपाल र नेपालीलाई अक्षुण राख्दै एकताबद्ध बनाउन महत्त्वपूर्ण काम गरेको प्रष्ट पार्नुहुँदै एक सुत्रमा बाँध्न यस्ता कार्यक्रमहरुले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको हाे । "हाम्रोमा हरेक माैलिक चाडपर्व र संस्कृतिहरु छन्, हिन्दु, बाैद्ध सबै एकआपसमा राष्ट्रिय तथा स्थानीय चाडपर्वहरु मनाउने परम्परा रही आएकाे छ । हामीलाई एक सुत्रमा बाँध्न यस्ता कार्यक्रमहरुले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे छ । त्यसकारण हामी सबै मिलेर हाम्रा धर्म, संस्...

१४ गतेबाट दादुरा–रुबेला विरुद्ध खोप शुरु हुने

कृषि, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धपाल्चोक जिल्लामा यस बर्ष २०८०साल फागुन १४ गतेबाट दादुरा–रुबेला विरुद्ध खोप अभियान सञ्चालन हुने भएको छ । बुधबार भएको जिल्लास्तरिय खोप समन्वय समिति, सरोकारवाला र सञ्चारकर्मीबीच बुधबार भएको अन्तरक्रिया स्वास्थ्य कार्यलय सिन्धुपाल्चोक प्रमुख डा दर्गा बजगाइले उक्त कुराको जानकारी दिनु भएको हो । स्वास्थ्य कार्यलय सिन्धुपाल्चोकको आयोजनामा जिल्ला सम्मन्वय प्रमुख बालकृष्ण श्रेष्ठको सभापतीवमा जिल्ल सम्मन्वय सभाहलमा भएको कार्यक्रममा खोप कार्यक्रमबारे जानकारी दिदै डा बजगाइले ९ महिनादेखि ५ वर्ष उमेरसमूहलाई लक्षित गरि सञ्चालन हुने यो अभियानका लागि जिल्लाको १०३ वटै वडाका २५३ खोप केन्द्र व्यवस्थापन गरिएको जानकारी दिनु भयो। उँहाले यस अबधीमा १५ हजार ६ सय ६८ जना बालबालिकाहरुलाई खोप दिने लक्ष्य लिइएको जानकारी दिनु भयो ।राष्ट्रिय कार्यक्रम अनुसार नै जिल्लामा पनि यो अभियान सञ्चालन हुन लागेको बताउँदै दादुरा–...