सम्पर्क

चौतारा साँगाचोकगढी नपाद्धारा स्वास्थ्यकर्मीलाई तालिम

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाले नगर भित्रका स्वास्थ्य कर्मीहरुलाई ६ दिने आधारभुत तालिम दिएको छ । समुदायमा आधारित नवजात शिशु तथा बालरोग एकीकृत व्यवस्थापन सम्बन्धी स्वास्थकर्मीहरुका लागि गत जेठ ३ गते विहिबारदेखि तालिम दिइएको नगर स्वास्थ्य शाखा प्रमुख शिव पुरीले जानकारी दिनुभयो ।     उहाँका अनुसार जेष्ठ ३ गते नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा उपप्रमुख सिता थापा, प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछाने लगाएतको बिशेष उपस्थितीमा सुरु भएको तालिम ८ गते मगंलबार समापन हुने भएको छ ।
सहभागी स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षण दिदै राष्ट्रिय प्रशिक्षक विर बहादुर बोहोराले ५ बर्ष मुनीका बालबालिकाहरुको मृत्युदर कम गर्न, स्वास्थ्य कर्मीहरुको ज्ञान र सिपलाई अध्यावधिक गर्न विरामी परेका बालवालिकाहरुलाई राष्ट्रिय निर्देशिका (परिमार्जित २०७८ं) बमोजिम उपचार र प्रेषण गर्नका लागि र पालिकाको ५ बर्ष मुनीका बालबालिकाहरुको तथ्याङ्क चुस्त र दुरुस्त राख्ने कामका लागि यो प्रशिक्षण कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताउँनु भयो ।अर्का प्रशिक्षक चौतारा अस्पतालका डा. अमर दिप कुमार शाहले स्वास्थ्यकर्मीहरुको लागि यो तालिम अति महत्वपुर्ण भएकाले स्थानीय सरकारले यसरी स्वास्थ्यकर्मीहरुका लागि तालिमको व्यवस्थापन गरेकोमा खुशी व्यक्त गर्दै नगरपालिकालाई बिशेष धन्यवाद दिनुभयो । चौतारा साँगाचोकगढी नगरपालिकामा ठुलोसिरुवारी र साँगाचोकमा गरी २ वटा बर्थीङ सेण्टर र २० वटा स्वास्थ्यसंस्थाहरु गरी ३४ जना स्वास्थ्यकर्मीहरुले तालिम लिइरहेको नगर स्वास्थ्य शाखा प्रमुख शिब पुरीले बताउँनु भयो ।
नगरपालिकाको आन्तरिक बजेटबाट नगर स्वास्थ्य शाखाको आयोजनामा भएको यो तालिमले स्वास्थ्यकर्मीहरुलाई थप सहज भएको समेत पुरीले बताउँनु भयो । तालिममा सहभागी डडुवा सामुदायक स्वास्थ्य इकाइका अ.हे.ब. निर्जना नेपालले चौतारा साँगाचोकगढी नगरपालिकाले हामी स्वास्थ्यकर्मीहरुलाई यसरी तालिम दिएकोमा आफुहरुले थप ज्ञान हासिल गर्न समेत प्रेरणा मिलेको बताउँनु भयो ।